रोटरी क्लब र रोट्¥याक्ट क्लबहरुले गरे बोलबम धाममा सरसफाई
सारांश
- बुटवल, १९ साउन ।
- बुटवलका विभिन्न रोटरी क्लब र रोट्¥याक्ट क्लबहरुले रुपन्देहीको सैनामैना स्थीत पर्रोहा परमेश्वर बोलबम धाममा सरसफाई गरेका छन् ।
- श्रावणी मेला शुरु भएसंगै बोलबम धाममा जलार्पणको लागि दैनिक रुपमा जाने श्रद्धालु भक्तजनले लैजाने फुल प्रसादको कारण फोहोर बढ्न नदिन सरसफाई गरिएको हो ।
बुटवल, १९ साउन । बुटवलका विभिन्न रोटरी क्लब र रोट्¥याक्ट क्लबहरुले रुपन्देहीको सैनामैना स्थीत पर्रोहा परमेश्वर बोलबम धाममा सरसफाई गरेका छन् । श्रावणी मेला शुरु भएसंगै बोलबम धाममा जलार्पणको लागि दैनिक रुपमा जाने श्रद्धालु भक्तजनले लैजाने फुल प्रसादको कारण फोहोर बढ्न नदिन सरसफाई गरिएको हो ।बुटवलका रोटरी क्लब अफ बुटवल डाउनटाउन, रोट्¥याक्ट क्लब अफ बुटवल डाउनटाउन, रोट्¥याक्ट क्लब अफ बुटवल रामापिथेकस, रोट्¥याक्ट क्लब अफ बुटवल सिनर्जी र ईनरव्हील क्लब अफ रुपन्देहीले बोलबम धाम परिसरमा सरसफाई गरेका हुन् ।
कार्यक्रममा क्लबका पदाधिकारी तथा सदस्यहरुको बाक्लो उपस्तिथि रहेको थियो । सरसफाई संगै क्लबहरुले बोलबम धामलाई फोहोर संकलनको लागि १२ वटा डस्टविन समेत उपलब्ध गराएका छन् । कार्यक्रममा बोल्दै रोटरी क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष पिताम्बर ज्ञवालीले श्रद्धालुहरुको चाप बढ्दा फोहोर पनि बढ्ने र फोहोरका कारण वातावरण प्रदुषित नहोस् भनेर धाम परिसरमा सरसफाई आयोजना गरिएको बताए । क्लबहरुले बिगतका बर्ष हरु देखि नै त्यस धाममा बोलबमको समयमा विभिन्न कार्यक्रम हरु सन्चालन गर्दै आएको र यश बर्ष निरन्तरता पनि दिएको बताए ।
कार्यक्रममा रोटरी क्लब अफ बुटवल डाउनटाउनका सचिव शिव ज्ञवाली, रोट्¥याक्ट क्लब अफ रामापिथेकसका अध्यक्ष साजन भण्डारी, रोट्¥याक्ट क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष अजित घताने लगायतले मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको संयोजन रोट्¥याक्ट क्लब अफ बुटवल डाउनटाउनकि सबिना न्यौपानेले गरेकी थिइन ।
प्रतिक्रिया