विवाह पञ्चमी : जनकपुरधाममा आज राम-जानकी विवाहको विशेष उत्सव

Abhiyanpost Abhiyanpost
|
बुधबार, मंसिर २६, २०७५
|
|
५१ पटक हेरिएको
Shares
विवाह पञ्चमी : जनकपुरधाममा आज राम-जानकी विवाहको विशेष उत्सव

सारांश

  • जनकपुरधाममा आज भगवान् सीताराम विवाह पञ्चमी महोत्सव पौराणिक प्रचलनअनुसार मनाइँदै छ ।
  • जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासीले यसलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् ।
  • सो महोत्सवमा सहभागी हुन यस पटक लाखौँ श्रद्धालु यहाँ आएका छन् ।

जनकपुरधाममा आज भगवान् सीताराम विवाह पञ्चमी महोत्सव पौराणिक प्रचलनअनुसार मनाइँदै छ ।

जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासीले यसलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् ।

सो महोत्सवमा सहभागी हुन यस पटक लाखौँ श्रद्धालु यहाँ आएका छन् । सो क्रममा श्रद्धालुले जानकी मन्दिरलगायत यहाँस्थित देवालयमा आज बिहानैदेखि पूजाअर्चना गरिरहेका छन् ।

यस पटक भारतको अयोध्याबाट आएको जन्तीमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको सहभागिता रहने छ । मुख्यमन्त्री योगी लखनउबाट विशेष विमानमा जनकपुरधाम आई महोत्सवमा सहभागी हुने कार्यक्रम छ ।

सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्य रूपमा उपस्थित हुने विश्वासले हर्ष र उल्लासका साथ प्रतिछायाँ जन्तीको आगमनदेखि बिहेसम्ममा सहभागी हुने गरेका छन् ।

मैथिल संस्कृतिअनुसार विवाह महोत्सव मनाइने क्रममा राम मन्दिर र जानकी मन्दिरबाट राम सीताको प्रतिमालाई सुसज्जित डोलीमा राखी रङ्गभूमिमा लगी स्वयम्बर र परीक्षण विधि भएपछि जानकी मन्दिरमा ल्याई विवाह संस्कार सम्पन्न गरिन्छ ।

त्यस्तै सो अवसरमा निस्किने भगवान्को डोला शोभायात्रामा सहभागी हुनेले महोत्सव दैवी विवाह भएको अनुभव गर्दै आफूलाई धन्य सम्झन्छन् ।  रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्यार्थी सङ्गठनको नाम ‘अनेरास्ववियु’ हुने
विद्यार्थी सङ्गठनको नाम ‘अनेरास्ववियु’ हुने
भूमेलाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपमा उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउनुपर्छः सभामुख महरा
भूमेलाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपमा उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउनुपर्छः सभामुख महरा
रानीपोखरी पुनःनिर्माण नहुँदै २ करोड रुपैयाँ डुब्यो
रानीपोखरी पुनःनिर्माण नहुँदै २ करोड रुपैयाँ डुब्यो
आज फूलपाती भित्र्याइँदै
आज फूलपाती भित्र्याइँदै
सुनसान सडकमा पूर्वराजाको सवारी, झापाबाट बर्दिबाससम्म आफैले चलाए गाडी
सुनसान सडकमा पूर्वराजाको सवारी, झापाबाट बर्दिबाससम्म आफैले चलाए गाडी
लमजुङमा प्रतिनिधि र प्रदेशसभामा वाम गठबन्धनको अग्रता
लमजुङमा प्रतिनिधि र प्रदेशसभामा वाम गठबन्धनको अग्रता
मन्दिर व्यवस्थापन समिति र भूमाफिया काे‘सेटिङ’मा मनदिरकाे जग्गा बिक्री
मन्दिर व्यवस्थापन समिति र भूमाफिया काे‘सेटिङ’मा मनदिरकाे जग्गा बिक्री
परराष्ट्रमन्त्री पौड्यालसँ विभिन्न देशका राजदूतको भेटवार्ता, के भयाे कुराकानी ?
परराष्ट्रमन्त्री पौड्यालसँ विभिन्न देशका राजदूतको भेटवार्ता, के भयाे कुराकानी ?
बाढी पिडितका लागि सफ्टेक फाउन्डेसन  र हस्ति नेपालको नगद , जिन्सि र अौषधि सहयोग प्राप्त
बाढी पिडितका लागि सफ्टेक फाउन्डेसन र हस्ति नेपालको नगद , जिन्सि र अौषधि सहयोग प्राप्त
माछा लोप हुन थालेपछि करेन्टमा प्रतिबन्ध
माछा लोप हुन थालेपछि करेन्टमा प्रतिबन्ध

तपाईंले छुटाउनुभयो कि?