काठमाडौंको तापक्रम शून्यमा

Abhiyanpost Abhiyanpost
|
सोमबार, पौष १६, २०७५
|
|
५३ पटक हेरिएको
Shares
काठमाडौंको तापक्रम शून्यमा

सारांश

  • काठमाडौं, १६ पुस ।
  • काठमाडौं उपत्यकाको न्युनतम तापक्रम शून्यमा झरेको छ ।
  • मौसम पूर्वानुमान महाशाखाले आज बिहान उपत्यकाको तापक्रम ० दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको जनाएको छ ।

काठमाडौं, १६ पुस । काठमाडौं उपत्यकाको न्युनतम तापक्रम शून्यमा झरेको छ । मौसम पूर्वानुमान महाशाखाले आज बिहान उपत्यकाको तापक्रम ० दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको जनाएको छ ।

महाशाखाका अनुसार तापक्रम घट्ने क्रम जारी रहकोले चिसो अझै बढ्ने छ । जुम्लाको न्यूनतम तापक्रम माइनस ५ दशमलव १ डिग्री सेल्सियस पुगेको छ ।

आज र भोली देशका केही स्थानमा पानी पर्न सक्ने अनुमान मौसमविदहरुले गरेका छन् । आज पश्चिमको पहाडी भेगका केहि स्थानमा आंशिकदेखि सामान्य बदली भई हल्का वर्षा हुने सम्भावना छ ।

भोली दिउँसो देशको पश्चिम तथा मध्य क्षेत्रका केही स्थानहरुमा हल्का वर्षा हुनेछ । उच्च हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपात पनि हुने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?