स्कुटर र मोटरसाइकल जुधेपछि एकजनाको मृत्यु दुई घाइते

Abhiyanpost Abhiyanpost
|
शनिबार, माघ ५, २०७५
|
|
६२ पटक हेरिएको
Shares
स्कुटर र मोटरसाइकल जुधेपछि एकजनाको मृत्यु दुई घाइते

सारांश

  • दमौली ।
  • पृथ्वीराजमार्गअन्तर्गत तनहुँमा शुक्रबार साँझ मोटरसाइकल र स्कुटर जुझ्दा मोटरसाइकल चालकको मृत्यु भएको अन्य दुईजना घाइते भएका छन् ।
  • तनहुँ आँबुखैरेनी गाउँपालिका–४ मा भएको दुर्घटनामा मोटरसाइकल चालक आँबुखैरेनी एक्लेफाँटका २३ वर्षीय निकेश गुरुङको उपचारका क्रममा मृत्यु भएको तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँमा शुक्रबार साँझ मोटरसाइकल र स्कुटर जुझ्दा मोटरसाइकल चालकको मृत्यु भएको अन्य दुईजना घाइते भएका छन् ।

तनहुँ आँबुखैरेनी गाउँपालिका–४ मा भएको दुर्घटनामा मोटरसाइकल चालक आँबुखैरेनी एक्लेफाँटका २३ वर्षीय निकेश गुरुङको उपचारका क्रममा मृत्यु भएको तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मोटरसाइकलमा सवार सोही ठाउँका २४ वर्षीय बुद्धिबहादुर गुरुङ र स्कुटर चालक आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटका २० वर्षीय नवीन थापा घाइते भएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

मुग्लिङबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ग१५प २५६३ नंको मोटरसाइकल र अर्कोतर्फबाट आउँदै गरेको ग१३प ४१६४ नंको स्कुटर जुझ्दा दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका निकेशको उपचारको क्रममा भरतपुर अस्पतालमा राति मृत्यु भएको हो । घाइतेहरुको आँबुखैरेनीस्थित छिम्केश्वरी अस्पतालमा उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कस्ले राख्यो टिचिङ अस्पतालमा रहेको ‘लकर’मा पेस्तोल ?
कस्ले राख्यो टिचिङ अस्पतालमा रहेको ‘लकर’मा पेस्तोल ?
बाढी-पहिरोबाट तीन दिनमा ६६ जनाको मृत्यु, ७९ जना बेपत्ता
बाढी-पहिरोबाट तीन दिनमा ६६ जनाको मृत्यु, ७९ जना बेपत्ता
औसत आर्थिक वृद्धिदर ६.५ प्रतिशत रहने विश्व बैङ्कको प्रक्षेपण
औसत आर्थिक वृद्धिदर ६.५ प्रतिशत रहने विश्व बैङ्कको प्रक्षेपण
मोदीले जनकपुर, काठमाडौं र मुक्तिनाथमा बेग्लाबेग्लै ‘सरप्राईज प्याकेज’ घोषणा गर्ने, कोशीदेखि कालुघाटसम्म जलमार्ग !
मोदीले जनकपुर, काठमाडौं र मुक्तिनाथमा बेग्लाबेग्लै ‘सरप्राईज प्याकेज’ घोषणा गर्ने, कोशीदेखि कालुघाटसम्म जलमार्ग !
सिन्डिकेटधारी समिती सम्पती लुकाउन मालपोतमा
सिन्डिकेटधारी समिती सम्पती लुकाउन मालपोतमा
कम्युनिष्ट सरकारको सरोकार : सामाजिक, सांस्कृतिक र भाषिक सुधार-निर्मल भट्टराई
कम्युनिष्ट सरकारको सरोकार : सामाजिक, सांस्कृतिक र भाषिक सुधार-निर्मल भट्टराई
दोषी पाइए जस्तो सुकै सजाय भोग्न तयार छु : महासचिव पौडेल
दोषी पाइए जस्तो सुकै सजाय भोग्न तयार छु : महासचिव पौडेल
Pakistan’s Sharif falls sick in jail, moving to hospital
Pakistan’s Sharif falls sick in jail, moving to hospital
कोहलपुरमा महावीर ओलीमाथि गोली प्रहार, मिस फायर भएकाले बाँच्न सफल
कोहलपुरमा महावीर ओलीमाथि गोली प्रहार, मिस फायर भएकाले बाँच्न सफल
प्रधानमन्त्री दाहाल र काँग्रेस नेता पौडेलबीच भेटवार्ता
प्रधानमन्त्री दाहाल र काँग्रेस नेता पौडेलबीच भेटवार्ता

तपाईंले छुटाउनुभयो कि?