नेपाललाई पाँचौं सफलता बिनोदले लिए विकेट, युएईको एक सय ६३ रन
सारांश
- काठमाडौं– सुरुमा दवावमा रहेको युएईलाई सम्हालिरहेका चुन्दंगापोइल रिवाजलाई बिनोद भण्डारीले आउट गरेसँगै नेपाललाई पाँचौं सफलता हात लागेको छ ।
- ४५ रन बनाएका रिवाजलाई आउट गराउन नेपालले संघर्ष गर्नु पर्यो ।
- उनले साइमान अनवारसँग राम्रो पार्टनरसिप जमाए ।
काठमाडौं– सुरुमा दवावमा रहेको युएईलाई सम्हालिरहेका चुन्दंगापोइल रिवाजलाई बिनोद भण्डारीले आउट गरेसँगै नेपाललाई पाँचौं सफलता हात लागेको छ ।
४५ रन बनाएका रिवाजलाई आउट गराउन नेपालले संघर्ष गर्नु पर्यो । उनले साइमान अनवारसँग राम्रो पार्टनरसिप जमाए । साइमानले भने अर्धसतक पूरा गरिसकेका छन् ।
यसअघि नेपालका लागि सोमपाल कामी, करण केसी, पारस खड्का र सन्दीप लामिछानेले एक÷एक विकेट लिएका थिए ।
४३ ओभरको खेल सकिँदा युएईले ५ विकेटको क्षतिमा एक सय ६३ रन बनाएको छ । पहिलो खेलमा नपालले एक सय १३ र दोश्रो खेलमा दुई सय ४२ रन बनाएको थियो ।
पहिलो खेल हारेको नेपाल दोश्रो खेलमा एक सय ४५ रनले विजयी भयो । तीन एकदिवशीय सिरिज आफ्नो बनाउन नेपाल आजको खेल जित्नै पर्ने दवावमा छ ।
सुरुका दुई खेलमा पहिले ब्याटिङ गरेको नेपालले आज टस जितेर फिल्डिङ रोजेको हो।
प्रतिक्रिया