मन्त्री अधिकारीसहित ७ जनाको शव काठमाडौँ ल्याइयो

Abhiyanpost Abhiyanpost
|
बिहिबार, फाल्गुन १६, २०७५
|
|
३६ पटक हेरिएको
Shares
मन्त्री अधिकारीसहित ७ जनाको शव काठमाडौँ ल्याइयो

सारांश

  • काठमाडौँ, १६ फागुन ।
  • ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको शव काठमाडौँ ल्याइएको छ ।
  • शव बोकेको सेनाको हेलिकप्टर भर्खरै काठमाडौँ बिमानस्थलमा अवतरण गरेको हो ।

काठमाडौँ, १६ फागुन । ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको शव काठमाडौँ ल्याइएको छ ।

शव बोकेको सेनाको हेलिकप्टर भर्खरै काठमाडौँ बिमानस्थलमा अवतरण गरेको हो । बिहानै शव काठमाडौँ ल्याउने प्रयास गरिए पनि मौसमको खराबीका कारण सम्भव भएको थिएन ।

बुधबार हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्रीसहितको शव ताप्लेजुङको सुकेटार विमानस्थबाट बिहीबार काठमाडौँ ल्याउन नेपाली सेनाको हेलिकप्टरमा राखिँदै । तस्वीरः नारायण ढुंगाना, रासस

शव पोस्टमार्टमको लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिनेछ । त्यसपछि श्रद्धाञ्जलीको लागि टुँडिखेल र पार्टी कार्यालयमा राखिने बताइएको छ।

मन्त्री अधिकारीको शव सम्भवतः आज नै गृहजिल्ला कास्की लगिने छ। कास्कीमै मन्त्री अधिकारीको अन्त्येष्टि गरिने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?