३२ अर्बका गाई

Abhiyanpost Abhiyanpost
|
शनिबार, फाल्गुन १८, २०७५
|
|
५० पटक हेरिएको
Shares
३२ अर्बका गाई

सारांश

  • काठमाडौं १८ फागुन ।
  • न सरकारको अनुदान र ऋण गरी ३२ अर्ब लगानीमा प्रदेश २, ३ र गण्डकीमा मोडेल गाई फार्म स्थापना हुने भएका छन् ।
  • प्रदेश ३ र गण्डकी सरकारसंँग शुक्रबार सम्झौतामा हस्ताक्षर भएसँगै चिनियाँ गाई नेपाल भित्र्याउने बाटो खुलेको छ ।

काठमाडौं १८ फागुन । न सरकारको अनुदान र ऋण गरी ३२ अर्ब लगानीमा प्रदेश २, ३ र गण्डकीमा मोडेल गाई फार्म स्थापना हुने भएका छन् । प्रदेश ३ र गण्डकी सरकारसंँग शुक्रबार सम्झौतामा हस्ताक्षर भएसँगै चिनियाँ गाई नेपाल भित्र्याउने बाटो खुलेको छ । प्रदेश २ मा शनिबार सम्झौता हुने कार्यक्रम छ ।

सार्वजनिक–निजी साझेदारी अवधारणाअनुसार सञ्चालन हुने फार्मबाट दूध तथा दुग्धजन्य पदार्थ, दाना र मल उद्योगसमेत स्थापना गरिनेछ ।

चीनको चाइना एकेडेमी अफ एग्रिकल्चर मेकानाइजेसन साइन्स (सीएएएमएस) र चाइना सीएएमसी इन्जिनियरिङ कम्पनीले डेरी विकासबाट ग्रामीण गरिबी निवारण गर्ने भन्दै विभिन्न प्रदेशमा फार्म सञ्चालन गर्न लागेका हुन् । गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव शरदचन्द्र श्रेष्ठ र सीएएएमएसका प्रमुख इन्जिनिर वु देछेङले शुक्रबार फार्म सञ्चालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।

डेरीको माध्यमबाट किसान उत्थानका लागि चीन सरकार कृषि क्षेत्रमा लगानी गर्न इच्छुक भएपछि प्रदेशहरूसँग सम्झौता भएको हो । ‘केन्द्रले भन्दा प्रदेशबाट काम गर्न सहज हुने भएकाले सम्झौता गरिएको हो,’ सचिव श्रेष्ठले भने, ‘फार्म प्रदेश दुग्ध विकास बोर्डमार्फत सञ्चालन हुनेछ । बोर्ड गठनका लागि विधेयक बनाएर प्रदेशसभाबाट पारित भइसकेको छ । छिट्टै बोर्डले पूर्णता पाएपछि कामफटाफट हुनेछ ।’

सम्झौताअनुसार ३ महिनाभित्र आवश्यक जग्गा पहिचान र डीपीआर तयार हुनेछ । पहिलो चरणमा ५ सय गाई ल्याइनेछ । दैनिक ३५ लिटर दूध दिने होलिस्टान फ्रिजन जातका गाई चीनबाटै ल्याइने श्रेष्ठले बताए । फार्म सञ्चालनका लागि गण्डकीमा २० हजार रोपनी जग्गा खोजी भइरहेको छ ।

गोरखा, लमजुङ र तनहुँका विभिन्न स्थान हेरिएको र केही दिनमै जग्गाको टुंगो लाग्ने भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुृर थापामगरले बताए । गण्डकीको फार्ममा ४ हजार गाई रहनेछन् । फार्ममा किसान पनि सेयरहोल्डर रहनेछन् । फार्मबाट दूध, दुग्धजन्य पदार्थ, घाँसबाट दाना र मलसमेत उत्पादन हुने सचिव श्रेष्ठले बताए । ‘योजना सफल हुने देखेर चीन इच्छुक भएको हो,’ उनले भने, ‘यहाँ दूध खपत नभए चीनले आफैं लैजानेछ ।’

जग्गा छनोट भएर डीपीआरसमेत बनेको ३ वर्षमा योजनाले पूर्णरूप पाउने उनको भनाइ छ । सरकारले सार्वजनिक–निजी साझेदारी कार्यक्रममा जान नमिल्ने भएपछि सचिव श्रेष्ठले बोर्डको सदस्यका रूपमा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

फार्मका लागि जग्गा दिने, वरपरका र इच्छाएका किसानलाई सेयर दिइनेछ । तीन वर्षपछि योजना बोर्डलाई हस्तान्तरण हुनेछ । मन्त्री थापामगरका अनुसार फार्म सञ्चालनका लागि बन्ने कार्यदलको सुझावअनुसार अघि बढिनेछ । सरकारले गठन गर्ने बोर्ड अध्यक्षमा प्रदेशका मन्त्री रहनेछन् भने उपाध्यक्ष बाहिरबाट नियुक्ति गरिनेछ । ‘तीन वर्षभित्र दूधमा प्रदेशलाई आत्मनिर्भर बनाउने सरकारको योजनालाई यो परियोजनाले पूरा गर्ने विश्वास लिएका छौं,’ उनले भने, ‘सरकारको रणनीतिअनुसार अघि बढेका हौं ।’ उनले पुँजी र प्रविधि भित्र्याउन चाहेको बताए । चिनियाँ इन्जिनियर वुले कृषि त्यसमा पनि डेरीका माध्यमबाट नेपाली ग्रामीण किसानको गरिबी निवारण गर्ने उद्देश्यसाथ आफूहरूले सहयोग गर्न लागेको बताए ।

पुष्पकमल दाहाल दोस्रो पटक प्रधानमन्त्री भएका बेला २०७३ मा चीनले कृषिमा लगानी गर्ने इच्छा राखेपछि फार्मको कुरा उठेको हो । त्यतिबेला अर्थ मन्त्रालयले स्वीकृति दिए पनि सरकार परिवर्तनसँगै यो विषय सेलाएको थियो । पछिल्लो सरकार गठनसँगै प्रक्रिया अघि बढेको हो । आर्थिक र प्राविधिक सहयोग चीनको हुनेछ भने जमिन, पानी, बिजुली र सडक प्रदेश सरकारले बनाइदिनुपर्ने छ । एक गाईबराबर ५ रोपनी जग्गा आवश्यक पर्ने भएकाले ४ हजार गाईका लागि २० हजार रोपनी जग्गा खोजिएको हो ।
कान्तिपुरबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजान प्रस्थान
राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजान प्रस्थान
सर्वोच्च अदालतको फैसलाविरुद्ध पूनरावलोकन गर्न प्रचण्ड सर्वोच्च अदालतमा
सर्वोच्च अदालतको फैसलाविरुद्ध पूनरावलोकन गर्न प्रचण्ड सर्वोच्च अदालतमा
पुजा शर्मालाई फेरी एकपटक बच्चा हुने रहर, बुढेसकाल रोलमा (भिडियोसहित)
पुजा शर्मालाई फेरी एकपटक बच्चा हुने रहर, बुढेसकाल रोलमा (भिडियोसहित)
उपत्यकाबासीलाई ढल मिसिएको पानी खुवाउँदै केयूकेएल
उपत्यकाबासीलाई ढल मिसिएको पानी खुवाउँदै केयूकेएल
पूर्व प्रधानमन्त्री खालिदा जियाको धरौटी सेप्टेम्बरसम्मका लागि थप !
पूर्व प्रधानमन्त्री खालिदा जियाको धरौटी सेप्टेम्बरसम्मका लागि थप !
काठमाडौं १ बाट प्रकाशमान विजयी, रवीन्द्र मिश्र पराजित !
सुन तस्करी र हत्याको अभियोगका आरोपी पाँचजनाको बयान सम्पन्न
सुन तस्करी र हत्याको अभियोगका आरोपी पाँचजनाको बयान सम्पन्न
सुन तस्करीका नाइके पौडेललाई माओवादीमा किन भित्र्याइयो ?
सुन तस्करीका नाइके पौडेललाई माओवादीमा किन भित्र्याइयो ?
चुनावमा हारेपनि कांग्रेस जन जनको मनमा बसेको छ : नेता सिंह
चुनावमा हारेपनि कांग्रेस जन जनको मनमा बसेको छ : नेता सिंह
नागदहमा एकै दिनमा एक लाख पर्यटक !
नागदहमा एकै दिनमा एक लाख पर्यटक !

तपाईंले छुटाउनुभयो कि?