बाह्र ग्राम खैरो हिरोइनसहित तीन जना पक्राउ

Abhiyanpost Abhiyanpost
|
सोमबार, फाल्गुन २०, २०७५
|
|
५६ पटक हेरिएको
Shares
बाह्र ग्राम खैरो हिरोइनसहित तीन जना पक्राउ

सारांश

  • बनियानी, २० फागुन , झापामा दुई दिनमा १२ ग्राम लागुऔषध खैरो हिरोइनसहित तीन जना पक्राउ परेका छन् ।
  • झापाको अर्जुनधारा नगरपालिकाबाट शनिबार राति दुई जना पक्राउ परेलगत्तै आइतबार दिउँसो मेचीनगरबाट थप एक जना पक्राउ परेका छन् ।
  • इलाका प्रहरी कार्यालय अनारमनीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले अर्जुनधारा–९ स्थित गोलधाममा पूर्वबाट पश्चिम आउँदै गरेको मे ८ प ९४२५ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका–८ का घनश्याम साहको साथबाट छ ग्राम ब्राउन सुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

बनियानी, २० फागुन , झापामा दुई दिनमा १२ ग्राम लागुऔषध खैरो हिरोइनसहित तीन जना पक्राउ परेका छन् ।

झापाको अर्जुनधारा नगरपालिकाबाट शनिबार राति दुई जना पक्राउ परेलगत्तै आइतबार दिउँसो मेचीनगरबाट थप एक जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय अनारमनीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले अर्जुनधारा–९ स्थित गोलधाममा पूर्वबाट पश्चिम आउँदै गरेको मे ८ प ९४२५ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका–८ का घनश्याम साहको साथबाट छ ग्राम ब्राउन सुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

सोही मोटरसाइकलमा सवार अर्जुनधारा–८ का २१ वर्षीय प्रकाश राजवंशीको साथबाट लागुऔषध लुपिजेसिक २० थान, फेनारगन २० थान र डाइजेपाम २० एम्पुल फेला परेको उहाँले बताउनुभयो । लागुऔषधसहित पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको जनाइएको छ ।

यता, मेचीनगर नगरपालिका–६ भन्सार गेटबाट खैरो हिरोइनसहित आइतबार दिउँसो शिवसताक्षी नगरपालिका–३ का २६ वर्षीय विकास कार्कीलाई ६ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको छ । लागुऔषधसहित पक्राउ परेका कार्कीलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनको मूल्य लगातार ओरालो, बुधबार कतिमा कारोबार भइरहेको छ ?
सुनको मूल्य लगातार ओरालो, बुधबार कतिमा कारोबार भइरहेको छ ?
संघीय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा शीर्ष नेताहरु को कहाँबाट सिफारिस ?
संघीय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा शीर्ष नेताहरु को कहाँबाट सिफारिस ?
सरकारबाट बाहिरिने र समर्थन समेत फिर्ता लिने राप्रपाको निर्णय
सरकारबाट बाहिरिने र समर्थन समेत फिर्ता लिने राप्रपाको निर्णय
रुपन्देहीको अन्तिम परिणामः एमालेको पहिलो स्थान कायमै
रुपन्देहीको अन्तिम परिणामः एमालेको पहिलो स्थान कायमै
बन्दकर्ताले गरेको फोहर उठाउँदै भिक्टोरियाले गर्ने सरस्वती पूजा
बन्दकर्ताले गरेको फोहर उठाउँदै भिक्टोरियाले गर्ने सरस्वती पूजा
गजल गायक आनन्द कार्कीसँग प्रशन्नाको सांगेतिक कोशेली
गजल गायक आनन्द कार्कीसँग प्रशन्नाको सांगेतिक कोशेली
अयोग्य लडाकुलाई पैसा बाँड्ने विषय मलाई जानकारी छैन : अर्थमन्त्री महत
अयोग्य लडाकुलाई पैसा बाँड्ने विषय मलाई जानकारी छैन : अर्थमन्त्री महत
कांग्रेसका लागि उपसभामुख र उपराष्ट्रपति खाली छ : विष्णु रिजाल
कांग्रेसका लागि उपसभामुख र उपराष्ट्रपति खाली छ : विष्णु रिजाल
चलचित्र ‘पासवर्ड’को अफिसियल पोस्टर सार्वजनिक
चलचित्र ‘पासवर्ड’को अफिसियल पोस्टर सार्वजनिक
यही कात्तिक १५ देखि १७ गतेसम्म बस्ने भनिएको नेकपा केन्द्रीय कमिटी बैठक स्थगित्
यही कात्तिक १५ देखि १७ गतेसम्म बस्ने भनिएको नेकपा केन्द्रीय कमिटी बैठक स्थगित्

तपाईंले छुटाउनुभयो कि?