दस हजार अस्थायी शिक्षक बिदाइ गरिने

Abhiyanpost Abhiyanpost
|
बुधबार, चैत्र १३, २०७५
|
|
६० पटक हेरिएको
Shares
दस हजार अस्थायी शिक्षक बिदाइ गरिने

सारांश

  • भक्तपुर।
  • स्थायी शिक्षकका लागि लिइएको लिखित परीक्षामा असफल भएका करिब १० हजार अस्थायी शिक्षकलाई उपदानसहित बिदाइ गरिने भएको छ।
  • शिक्षा तथा मानव स्रोत विकास केन्द्र (साविकको शिक्षा विभाग)ले ती शिक्षकलाई उपदान दिन पाँच अर्ब २५ करोड रुपियाँ राखेको छ।
भक्तपुर। स्थायी शिक्षकका लागि लिइएको लिखित परीक्षामा असफल भएका करिब १० हजार अस्थायी शिक्षकलाई उपदानसहित बिदाइ गरिने भएको छ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्र (साविकको शिक्षा विभाग)ले ती शिक्षकलाई उपदान दिन पाँच अर्ब २५ करोड रुपियाँ राखेको छ। केन्द्रले मङ्गलबार आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रका महानिर्देशक बाबुराम पौडेलले त्यस्ता शिक्षकहरू तत्कालै कक्षाकोठाबाट बाहिरिँदा समस्या पर्ने भएकाले आगामी असार मसान्तसम्म काममा लगाउन सकिने गरी व्यवस्था गर्न शिक्षा मन्त्रालयसँग आग्रह गरिएको जानकारी दिए।
सरकारले केही समयअघि गठन गरेको कार्यदलले देशभरिका सामुदायिक विद्यालयमा ४७ हजार १०२ शिक्षक अपुग भएको तथ्याङ्कसहितको प्रतिवेदन मन्त्रिपरिषद्मा बुझाएको थियो । शिक्षा नियमावलीले कायम गरेको शिक्षक अनुपातअनुसार अझै ३४ हजार ४०८ शिक्षक अपुग छन्। उनले मन्त्रिपरिषद्ले निर्णय गरिदिए आफूहरूले शिक्षक पदस्थापन र दरबन्दी मिलान तत्काल अगाडि बढाउने बताए।
कर्मचारी समायोजनमा ढिलाइ हुँदा काममा निकै समस्या परेको बताउँदैउहाँले शिक्षामा गरिएको लगानी र सम्पन्न भएका कार्यको विवरण सङ्कलन गर्न समस्या भएको गुनासो गरे। विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडीपी)अन्तर्गत विदेशी दाताले दिएको रकम खर्चका बारेमा नियमितरूपमा विवरण केन्द्रमा पठाउनुपर्ने र केन्द्रले दातृ निकायलाई दिनुपर्ने वाध्यात्मक व्यवस्था छ।
यसैगरी, सामुदायिक विद्यालयको सुधारका लागि सार्वजनिक शिक्षा रूपान्तरण अभियान नामक राष्ट्रिय सम्मेलनको आयोजना गरिने भएको छ । कमजोर विद्यालयका समस्या र राम्रो गरेका विद्यालयको अनुभव सुन्न चैतको अन्तिम सातामा सम्मेलनको आयोजना गर्न लागिएको छ ।
केन्द्रका उपमहानिर्देशक चुडामणि पौडेलले आगामी वैशाख १ गतेबाट सुरु हुने विद्यार्थी अभियानअन्तर्गत भर्ना कम भएका १५ जिल्ला र १३६ पालिकामा सघन कार्यक्रम सञ्चालन गरिने बताए। 
उनले बर्दियाको बाँसगढी नगरपालिकाले जीवनमा पहिलोपटक विद्यालय भर्ना हुन आएका सबै बालबालिकालाई पोशाक निःशुल्कमा उपलब्ध गराउनुका साथै सबैभन्दा बढी विद्यार्थी भर्ना गराउने विद्यालयलाई पोशाकको व्यवस्था गर्ने निर्णय गरेको बताए। उपमहानिर्देशक दीपक शर्माले केन्द्रले आयोजना गर्ने शैक्षिक सम्मेलनमा राम्रा काम गरिरहेका र राम्रो गर्न नसकेका विद्यालयहरूको अनुभव साटासाट गर्दा त्यसबाट शिक्षामा सुधारको प्रयास हुने बताए। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजधानीका पाँचतारे होटलमा पाँचखालको मासु र तरकारी
राजधानीका पाँचतारे होटलमा पाँचखालको मासु र तरकारी
साउदी अरबमाथि किन यस्तो भाषा प्रयोग गरे राष्ट्रपति ट्रम्पले ?
साउदी अरबमाथि किन यस्तो भाषा प्रयोग गरे राष्ट्रपति ट्रम्पले ?
महिला भलिबल टोली आज फर्किँदै, रात्रीभोजसहित भव्य स्वागत हुने
महिला भलिबल टोली आज फर्किँदै, रात्रीभोजसहित भव्य स्वागत हुने
पशुपतिनाथको ढोकैबाट दानपात्र चोरिएको घटनामा छानबिन समितिले गर्‍यो यस्तो शङ्का
पशुपतिनाथको ढोकैबाट दानपात्र चोरिएको घटनामा छानबिन समितिले गर्‍यो यस्तो शङ्का
कसले हत्याउला उपसभामुख ?
कसले हत्याउला उपसभामुख ?
सरसफाइ अभियानमा सप्ताहव्यापी कार्यक्रम शुरु
सरसफाइ अभियानमा सप्ताहव्यापी कार्यक्रम शुरु
प्रकाशमान पार्टी कब्जा गर्ने तयारीमा, गगन थापाले पनि सहयोग गर्ने
प्रकाशमान पार्टी कब्जा गर्ने तयारीमा, गगन थापाले पनि सहयोग गर्ने
उत्तरपुस्तिका हराएपछि परीक्षा दिएका सबै उतीर्ण
उत्तरपुस्तिका हराएपछि परीक्षा दिएका सबै उतीर्ण
निर्मला पन्त हत्या प्रकरण: ‘मानसिक अवस्था र यौन उत्तेजना’ सम्बन्धी प्रतिवेदनमा के छ?
निर्मला पन्त हत्या प्रकरण: ‘मानसिक अवस्था र यौन उत्तेजना’ सम्बन्धी प्रतिवेदनमा के छ?
स्वीस सरकारद्वारा दुई अर्ब दश करोड अनुदान
स्वीस सरकारद्वारा दुई अर्ब दश करोड अनुदान

तपाईंले छुटाउनुभयो कि?