मेलम्ची आयोजनालाई लिएर मेरो चरित्र हत्या गर्न खोजियो : खानेपानी मन्त्री

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, चैत्र १५, २०७५
|
|
५० पटक हेरिएको
Shares
मेलम्ची आयोजनालाई लिएर मेरो चरित्र हत्या गर्न खोजियो : खानेपानी मन्त्री

सारांश

  • काठमाडौं ।
  • मेलम्ची खानेपानी आयोजनाको विषयलाई जोडेर खानेपानी मन्त्री बिना मगर विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रञ्जु दर्शनाले गरेको उजुरीका सम्बन्धमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ ।
  • खानेपानी मन्त्रीद्वारा जारी गर्नुभएको प्रेस विज्ञप्तिमा आफू विरुद्ध आधारहीन, विना प्रमाण राजनीतिक पूर्वाग्रह राखेर चरित्र हत्या गर्ने उद्देश्यले अख्तियारमा उजुरी दायर गरिएको बताउनुभएको छ ।
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको विषयलाई जोडेर खानेपानी मन्त्री बिना मगर विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रञ्जु दर्शनाले गरेको उजुरीका सम्बन्धमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ ।
खानेपानी मन्त्रीद्वारा जारी गर्नुभएको प्रेस विज्ञप्तिमा आफू विरुद्ध आधारहीन, विना प्रमाण राजनीतिक पूर्वाग्रह राखेर चरित्र हत्या गर्ने उद्देश्यले अख्तियारमा उजुरी दायर गरिएको बताउनुभएको छ ।
आयोजना आम नेपालीको प्रतीक्षा, प्रतिष्ठा र गौरवको आयोजना भएको भन्दै मन्त्री मगरले गलत मनसायका साथ गरिने प्रचारप्रति समेत दुःख व्यक्त गर्नुभएको छ ।
आफ्नो  कार्यकालमा नै आयोजनाको सुरुङ निर्माण सम्पन्न भएको तथा अधिकाशं काम सम्पन्न भएपनि केही काम बाँकी रहेको अवस्थामा इटालियन ठेकेदार कम्पनी सिएमसीले केही महिना पहिले हात झिक्दा समस्या आएको मन्त्रीको प्रष्टोक्ति छ ।
ठेकेदार कम्पनी आर्थिक रुपमा समस्यामा पर्दा आयोजनामा समस्या आएको जानकारी आएको भन्दै उहाँले आयोजना निर्माणको आफ्नै मान्यता हुने र त्यस विपरित गएर मन्त्री वा कुनै पनि अधिकारीले निर्णय गर्ने अवस्था समेत नभएको मन्त्री मगरको भनाइ छ ।
कानूनी मान्यता नाघेर कुनै अवैधानिक निर्णय लिन नसक्नेमा जोड दिँदै उहाँले राज्यद्वारा निर्देशित ऐन, कानूनप्रतिको प्रतिवद्धता र सुशासनप्रतिको सङ्कल्पलाई अक्षुण राख्न प्रतिवद्ध रहेको स्पष्ट पार्नुभएको छ ।
उहाँले मेलम्ची खानेपानी विकास समिति आफैमा स्वायत्त, अधिकारसम्पन्न सरकारी निकाय भएकाले आयोजनाको कुनै पनि निर्णयमा मन्त्रीको हस्ताक्षर नचल्ने र  मन्त्रालयका सचिव अध्यक्ष रहने आयोजनामा सञ्चालक समितिको निर्णय नै अन्तिम हुने जानकारी दिनुभएको छ ।
आयोजनाको कुनै प्रस्ताव मन्त्रीपरिषदमा लैजाने परिस्थितिमा मात्र मन्त्रीको माध्यम हुँदै पेश हुने प्रक्रिया उल्लेख गर्दै उहाँले प्रसंग नै नभएको विषयमा मन्त्रीलाई जोड्न खोज्नु राजनीतिक पूर्वाग्रह र बेइमानी भएको उल्लेख गर्नुभयो ।
 मेलम्ची खानेपानी आयोजना आम नेपालीको प्रतीक्षा, प्रतिष्ठा र गौरवको आयोजना भएकाले आफूले मन्त्रीको जिम्मेवारी सम्हाले लगत्तै आयोजनाको निर्माण कार्य द्रुत गतिमा अघि बढेको उहाँले स्पष्ट पार्नुभयो । ठेकेदार कम्पनिले हात झिक्नुको पछाडिको मूख्य कारण सिएमसी कम्पनि नै आर्थिक रुपमा टाट पल्टनु रहेको र आर्थिक रुपमा टाट पल्टिएपछि मेलम्ची आयोजनाको काम छाडेर ठेकेदार कम्पनीले सम्झौता रद्द गरेको उहाँले विज्ञप्तिमा भन्नुभयो ।
मन्त्रीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि आयोजना निर्माणको आफ्नै मान्यता हुन्छ । ती कानूनी मान्यता नाघेर हामीले कुनै अवैधानिक निर्णय लिन सक्दैनथ्यौं र लिएनौं पनि । यो हाम्रो नियत वा क्षमताको प्रश्न नभएर राज्यद्वारा निर्देशित ऐन, कानूनहरुप्रतिको प्रतिबद्धता र सुशासनप्रतिको सङ्कल्प हो । यसमा म दृढ छु, सधैं दृढ रहनेछु ।’
विज्ञप्तिमा थप भनिएको छ, ‘म आफै जनताको मुक्ति सुशासन, समृद्धि र विकासको आकाङ्क्षा पूरा गर्न कठोर सङ्घर्षबाट आएको व्यक्ति हुँ । न्याय, समानता, विकास, सुशासन र समृद्धिका लागि मैले पनि जेलनेल र कठोर यातनाको अनुभूति होइन, अनुभव गरेको छु । ‘राजनीति जनताका लागि, जनताको सेवाका लागि’ यो मेरो मुलमन्त्र हो र यसमा सधै अडिग रहन्छु ।’
उहाँले भन्नुभयो, ‘केही समयअघि रञ्जु दर्शनाले आफ्नो चरित्रहत्या भएको भन्दै गुनासो गरेकी थिइन् । मेलम्ची आयोजनामा मैले अनियमितता गरेको प्रमाणित भए म जुनसुकै सजाय भोग्न तयार छु । यदि अनियमितता प्रमाणित भएन भने मेरो चरित्रहत्या गरेको जिम्मेवारी लिन तपाई रञ्जु दर्शना तयार हुनुहुन्छ ? म प्रश्न गर्न चाहन्छु ।’ 
‘मेलम्ची खानेपानी आयोजनाको प्रगतिलाई म र मेरो परिवारमाथि आक्रमण गर्ने जुन राजनीतिक हतियार बनाइएको छ, त्यो निन्दनीय छ । मेलम्ची आयोजनामा मन्त्रीका हैसियतले अख्तियार दुरुपयोग गरेको हेर्ने सरकारी निकाय छन्, तिनको आफ्नै विधि र प्रक्रिया छ, म सधैं त्यसको पक्षमा छु र रहन्छु ।’ मन्त्रीद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा जनाईएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युट्युबमा भएको भिडियो हेर्दा महिलाकाे मृत्यु !
युट्युबमा भएको भिडियो हेर्दा महिलाकाे मृत्यु !
अन्तर्राष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो उद्घाटन
अन्तर्राष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो उद्घाटन
आज बडादशैंको पाँचौ दिन, स्कन्दमाता भगवतीको पूजा गरिंदै
आज बडादशैंको पाँचौ दिन, स्कन्दमाता भगवतीको पूजा गरिंदै
श्रीलङ्का आक्रमण: मृतकको सङ्ख्या २९० पुग्यो, प्रधानमन्त्रीद्वारा सुरक्षा निकाय माथि छानबिनको माग
श्रीलङ्का आक्रमण: मृतकको सङ्ख्या २९० पुग्यो, प्रधानमन्त्रीद्वारा सुरक्षा निकाय माथि छानबिनको माग
सुरक्षागार्डको हत्याको शंकामा १२ जनासहित एक ठेलाचालक पक्राउ,अनुसन्धानमा तीव्रता: डीआईजी रिजाल
सुरक्षागार्डको हत्याको शंकामा १२ जनासहित एक ठेलाचालक पक्राउ,अनुसन्धानमा तीव्रता: डीआईजी रिजाल
नयाँ सरकार दिन नसके पुनः संसद विघटन हुनसक्छ; कमल थापा
नयाँ सरकार दिन नसके पुनः संसद विघटन हुनसक्छ; कमल थापा
कर्णाली प्रदेशले ऊर्जा कार्यालय स्थापना गर्दै
कर्णाली प्रदेशले ऊर्जा कार्यालय स्थापना गर्दै
काँग्रेसले मात्रै देशलाई समृद्ध बनाउन सक्छ
काँग्रेसले मात्रै देशलाई समृद्ध बनाउन सक्छ
४४ हजार भूकम्पपीडित अझै बाँकी
४४ हजार भूकम्पपीडित अझै बाँकी
सुष्मा स्वराज भ्रमण–जसले चार दशकअघिको शीतल निवासमा बिहे सम्झायो
सुष्मा स्वराज भ्रमण–जसले चार दशकअघिको शीतल निवासमा बिहे सम्झायो

तपाईंले छुटाउनुभयो कि?