डडेल्धुरामा राति ९ बजेदेखि मतगणना सुरु हुने

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, मंसिर २२, २०७४
|
|
५८ पटक हेरिएको
Shares
डडेल्धुरामा राति ९ बजेदेखि मतगणना सुरु हुने

सारांश

  • डडेल्धुरा, मंसिर २२ – डडेल्धुरामा शुक्रबार राति ९ बजेदेखि मतगणना सुरु हुने भएको छ ।
  • मुख्य निर्वाचन अधिकृतको कार्यायलमा बसेको सर्वदलीय बैठकले मतगणना सुरु गर्ने निर्णय गरेको हो ।
  • सर्वदलीय बैठकले राति ९ बजेदेखि मतगणना सुरु गर्ने सहमति गरेको मुख्य निर्वाचन अधिकृत डा.

डडेल्धुरा, मंसिर २२ – डडेल्धुरामा शुक्रबार राति ९ बजेदेखि मतगणना सुरु हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यायलमा बसेको सर्वदलीय बैठकले मतगणना सुरु गर्ने निर्णय गरेको हो ।

सर्वदलीय बैठकले राति ९ बजेदेखि मतगणना सुरु गर्ने सहमति गरेको मुख्य निर्वाचन अधिकृत डा. रमेशप्रसाद रिजालले जानकारी दिनुभयो । जिल्लाको परशुराम नगरपालिका र आलिताल गाउँपालिकाका केही मतदान स्थलका मतपेटिकाहरु जिल्ला सदरमुकाम पुग्न ढिलो भएका कारण अहिलेसम्म मतगणना हुन नसकेको जनाइएको छ ।

मतपेटिका शुक्रबार बेलुका ५ बजेपछि मात्रै जिल्ला सदरमुकाम पुगेको थियो । भौगोलिक विकटता, कच्चीसडक र सुरक्षाका कारण बिहीबार राति नै मतपेटिका ल्याउन नसकिएको जनाइएको छ ।

डडेल्धुरामा प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ दुईओटा निर्वाचन क्षेत्र रहेको छ । मतगणनाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तारजाली, बत्ती सुरक्षाकर्मी लगायतको सबै तयारी पूरा भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपेन्द्र यादब सरकारमा जाने, यि मन्त्रालय पाउँदैछन !
उपेन्द्र यादब सरकारमा जाने, यि मन्त्रालय पाउँदैछन !
सिमलताल पहिरोः नारायणीमा भेटिएको शव बेपत्ता बसका यात्रु भएको पुष्टि
सिमलताल पहिरोः नारायणीमा भेटिएको शव बेपत्ता बसका यात्रु भएको पुष्टि
जापानी समुद्री तटमा देखिए मरेका लाखौं माछा
जापानी समुद्री तटमा देखिए मरेका लाखौं माछा
‘स्वीस बैंकमा प्रधानमन्त्रीको खाता र ५.५ मिलियन अमेरिकी डलर जम्मा रहेको भन्ने समाचार शतप्रतिशत गलत र कपोलकल्पित’
‘स्वीस बैंकमा प्रधानमन्त्रीको खाता र ५.५ मिलियन अमेरिकी डलर जम्मा रहेको भन्ने समाचार शतप्रतिशत गलत र कपोलकल्पित’
रुकुममा मतदाता तर्साउन बम विस्फोट गराइयो
रुकुममा मतदाता तर्साउन बम विस्फोट गराइयो
ओली प्रचण्ड मिल्लान भन्ने चिन्तामा देउवा
ओली प्रचण्ड मिल्लान भन्ने चिन्तामा देउवा
पनौती–७ मा काँग्रेस, मण्डन देउपुर–७ मा एमाले विजयी
पनौती–७ मा काँग्रेस, मण्डन देउपुर–७ मा एमाले विजयी
जब चिनियाँ राष्ट्रपति सी जिङपिङ माओको समाधिस्थलमा तीन पटक झुके
जब चिनियाँ राष्ट्रपति सी जिङपिङ माओको समाधिस्थलमा तीन पटक झुके
ओलीले गरे फोरमलाई प्रस्ताव – परराष्ट्र र सहरी विकास मन्त्रालय
नेप्से परिसूचक ६२ अङ्कले बढ्दा करिब साढे छ अर्बको कारोबार
नेप्से परिसूचक ६२ अङ्कले बढ्दा करिब साढे छ अर्बको कारोबार

तपाईंले छुटाउनुभयो कि?