युरोपा लिग फुटबलमा चेल्सी विजयी
सारांश
- काठमाडौं, २९ चैत ।
- युरोपा लिग फुटबलको क्वाटरफाइनल पहिलो लेगका खेलमा चेल्सी र आर्सनल विजयी भएका छन् ।
- इंग्लिस क्लब चेल्सीले गएराति चेक गणतन्त्रको स्लाभिया प्रागलाई १–० ले हरायो ।
काठमाडौं, २९ चैत । युरोपा लिग फुटबलको क्वाटरफाइनल पहिलो लेगका खेलमा चेल्सी र आर्सनल विजयी भएका छन् । इंग्लिस क्लब चेल्सीले गएराति चेक गणतन्त्रको स्लाभिया प्रागलाई १–० ले हरायो । चेल्सीका लागि स्पेनिस डिफेन्डर मार्कस अलन्सोले निर्णायक गोल गरे ।
गएराति भएको अर्को खेलमा आर्सनलले ईटालीको नापोलीमाथि २–० को जित निकाल्यो । आफ्नै मैदानमा आर्सनललाई विजयी गराउन आरोन राम्सेले एक गोल गर्दा नापोलीका डिफेन्डर कालिदु काउलीबालीले एक आत्मघाती गोल गरे ।
युरोपा लिग क्वाटरफाइनल पहिलो लेगका अन्य खेलमा स्पेनको भ्यालेन्सियाले आफ्नै देशको भियारियाललाई ३–१ ले हराउँदा पोर्चुगलको बेनिफिकाले जर्मनीको आईन्त्राच फ्र्याङ्कफर्टलाई ४–२ ले पाखा लगायो ।
प्रतिक्रिया