दिल्लीसँग हारेर प्लेअफबाट बाहिरिएपछि कोहलीले बताए हारको कारण

Abhiyanpost Abhiyanpost
|
सोमबार, बैशाख १६, २०७६
|
|
५२ पटक हेरिएको
Shares
दिल्लीसँग हारेर प्लेअफबाट बाहिरिएपछि कोहलीले बताए हारको कारण

सारांश

  • काठमाडौं।
  • इण्डियन प्रिमियर लिगमा दिल्ली क्यापिटल्सले प्लेअफमा स्थान पक्का गरेको छ ।
  • भारतका पूर्वकप्तान महेन्द्र सिंह धोनीको टिम चेन्नइ सुपरकिंग्सपछि प्लेअफमा स्थान बनाउने दिल्ली दोस्रो टिम बनेको छ ।

काठमाडौं। इण्डियन प्रिमियर लिगमा दिल्ली क्यापिटल्सले प्लेअफमा स्थान पक्का गरेको छ । भारतका पूर्वकप्तान महेन्द्र सिंह धोनीको टिम चेन्नइ सुपरकिंग्सपछि प्लेअफमा स्थान बनाउने दिल्ली दोस्रो टिम बनेको छ । अहिले दिल्ली अंक तालिकाको शीर्ष स्थानमा छ । हिजो दिल्लीसँग हारेपछि भारतीय कप्तान विराट कोहलीको टिम रोयल च्यालेन्जर्स बैंगलोर भने प्लेअफ दौडबाट बाहिरिएको छ । अब बाँकी सबै खेलमा ९अरु टिमको खेलमा पनि० बैंगलोरको अनुकूल नतिजा आएमा बैंगलोर प्लेअफ पुग्ने गणितीय सम्भावना त छ तर सबै खेलमा त्यस्तो हुनु असम्भवजस्तै छ । दिल्ली क्यापिटल्समा नेपाली खेलाडी पनि रहेकोले दिल्ली प्लेअफमा पुग्दा नेपाली क्रिकेट फ्यान पनि खुसी छन् ।
हिजो दिल्लीसँग हारेपछि बैंगलोरका कप्तान विराट कोहलीले दिल्लीले मुश्किल अवस्थामा आफूहरुभन्दा राम्रो क्रिकेट खेलेको स्वीकार गरे । विराटले भने ‘हामीले ब्याटिङमा राम्रो सुरुवात गर्यौं । पावरप्ले शानदार थियो । म राम्रो खेलिरहेको थिएँ तर पछि म र एबी डिभिलियर्स यस्तो बलमा आउट भयौं जुन बलमा सामान्यतया हामी आउट हुँदैनथ्यौं । यहीँबाट खेल उल्टियो । दिल्लीका खेलाडीले मुश्किल अवस्थामा हामीभन्दा राम्रो क्रिकेट खेले ।’ कोहलीका अनुसार बैंगलोरले दिल्लीलाई २० रन धेरै बनाउन दिए यही कारण घरेलु टिमले आदर्श स्कोर बनायो । दिल्ली २०१२ पछि पहिलोपटक प्लेअफसम्मको यात्रा तय गरेको हो । २०१२ मा दिल्ली अंक तालिकाको शीर्षमा थियो तर उपाधि भने जित्न सकेन ।
कोहलीले अगाडि भने ‘हामीले टस हार्यौं जो खेलमा निकै अहम साबित भयो । यसका बाबजुद हामीले राम्रो बलिङ गर्यौं । बलरहरुले राम्रो भूमिका निभाए । तर खेल हाम्रो पकडबाट टाढा गयो । यो पिचमा १८५ रनको लक्ष्य हासिल गर्नु मुश्किल थियो त्यो पनि यस्तो अवस्थामा जहाँ दिल्लीको टिममा ३ ठूला स्पिनर थिए । हामीले सोचेका थियौं कि हामीलाई १६० देखि १६५ सम्मको लक्ष्य दिइएमा हामीसँग जित्ने मौका हुनेछ ।’
प्लेअफबाट बाहिरिएपछि बाँकी २ खेलको रणनीतिको विषयमा कोहलीले भने कि उनको टिम मैदानमा खेलको मजा लिन उत्रिनेछ । उनले भने ‘हामीले पहिले नै यही गर्ने फैसला गरेर मैदानमा उत्रिन थालेका थियौं र पछिल्ला ६ मध्ये ४ खेल जित्न सफल भयौं हामी आफूमाथि धेरै दबाब बनाउन चाहँदैनथ्यौं । खेलबाट ‘फ्यान फ्याक्टर’ कहिल्यै टाढा हुनु हुँदैन । हाम्रा २ खेल बाँकी छन् । हामी ती खेल जित्नको लागि कडा मेहनत गर्छौं । यी खेलमा हामी मैदानमा सकारात्मक क्रिकेट खेल्न उत्रिनेछौं ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विकसित देशले हिमाल बचाउने दायित्व लिनु पर्छ: ओली
विकसित देशले हिमाल बचाउने दायित्व लिनु पर्छ: ओली
विश्वमा इतिहासमा आजः रुसमा पुटिन राष्ट्रपतिदेखि इजरायल र इजिप्टबीच एतिहासिक सन्धि
विश्वमा इतिहासमा आजः रुसमा पुटिन राष्ट्रपतिदेखि इजरायल र इजिप्टबीच एतिहासिक सन्धि
शरणार्थी प्रकरण : गम्भीर छानबिन गर्न सांसदको माग
शरणार्थी प्रकरण : गम्भीर छानबिन गर्न सांसदको माग
नयाँ पुस्ताका आलुको बीउ उत्पादन
नयाँ पुस्ताका आलुको बीउ उत्पादन
सरकारद्वारा बाढीप्रभावित क्षेत्रमा आफूखुसी राहत वितरण गर्न रोक
सरकारद्वारा बाढीप्रभावित क्षेत्रमा आफूखुसी राहत वितरण गर्न रोक
रुस समर्थक पृथक्तावादी नियन्त्रित सहर डोनेट्स्कमा विस्फोट हुदा १३ जनाको मृत्यु
रुस समर्थक पृथक्तावादी नियन्त्रित सहर डोनेट्स्कमा विस्फोट हुदा १३ जनाको मृत्यु
विप्लव समूहद्वारा नेपाली सेनाका जवान अपहरित, किन गुपचुप राखियो ?
विप्लव समूहद्वारा नेपाली सेनाका जवान अपहरित, किन गुपचुप राखियो ?
रसुवा प्रदेशसभामा कांग्रेस विजयी
रसुवा प्रदेशसभामा कांग्रेस विजयी
त्रिशूली–३ ‘बी’ मा सेना र प्राविधिक टोली परिचालन: उच्च जोखिमबीच व्यवस्थित उद्धार कार्य तीव्र
त्रिशूली–३ ‘बी’ मा सेना र प्राविधिक टोली परिचालन: उच्च जोखिमबीच व्यवस्थित उद्धार कार्य तीव्र
स्थानीय र प्रदेश सरकार जोड्न स्तरीय सडक
स्थानीय र प्रदेश सरकार जोड्न स्तरीय सडक

तपाईंले छुटाउनुभयो कि?