इतिहास सम्झिदै प्रधानन्याायधीशले भने–न्याय पद्धतिको स्थापना गरौँ

Abhiyanpost Abhiyanpost
|
बिहिबार, बैशाख २६, २०७६
|
|
४५ पटक हेरिएको
Shares
इतिहास सम्झिदै प्रधानन्याायधीशले भने–न्याय पद्धतिको स्थापना गरौँ

सारांश

  • काठमाण्डौ, २६ वैशाख ।
  • आज कानुन दिवस, कानुन र न्याय क्षेत्रका संलग्नहरुले बिभिन्न कार्यक्रम गरी मनाउँदैछन् ।
  • नेपालमा विक्रम संवत् २००८ सालमा प्रधान न्यायालय ऐन जारी भएको थियो ।

काठमाण्डौ, २६ वैशाख । आज कानुन दिवस, कानुन र न्याय क्षेत्रका संलग्नहरुले बिभिन्न कार्यक्रम गरी मनाउँदैछन् । नेपालमा विक्रम संवत् २००८ सालमा प्रधान न्यायालय ऐन जारी भएको थियो । त्यसमा २००९ साल वैशाख २६ गते तत्कालीन राजा त्रिभुवनले लालमोहर लगाएर कार्यान्वयनमा ल्याएका थिए ।

सोही दिनको दिनको स्मरणमा हरेक वर्ष २६ वैशाखलाई कानून दिवसको रुपमा मनाइन्छ । दिवसको अवसरमा सर्वोच्च अदालत परिसरमा अपराह्न जलपान कार्यक्रम आयोजना गरिएको छ । यसै अवसरमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाले शुभकामना सन्देश दिँदै विधिको शासन सुनिश्चिताका लागि योगदान गर्ने प्रेरणा मिलोस् भनेका छन् ।

दिवसको अवसरमा प्रधानन्यायाधीश राणाले जनआस्थामा आधारित न्याय पद्धतिको स्थापना र विकास गर्न आजको दिनले थप हौसला प्रदान गर्ने विश्वाससमेत व्यक्त गरेका छन् । ‘स्वतन्त्र न्यायपालिका, विधिको शासन, संवैधानिक सर्वोच्चता एवम् लोकतान्त्रिक मूल्य मान्यताप्रति प्रतिबद्ध रहँदै निष्पक्ष र सक्षम न्यायपालिकाको प्रवर्द्धन र सहज पहुँचयुक्त एवम् जनआस्थामा आधारित न्याय पद्धतिको स्थापना र विकास गर्न आजको दिनले थप हौसला प्रदान गर्ने विश्वास समेत लिएको छु,’ प्रधानन्यायाधीश राणाको शुभकामना सन्देशमा लेखिएको छ ।

साथै उनले कानुन दिवस २०७६ ले समानता, न्याय र विधिको शासनको सुनिश्चितताका लागि आ(आफ्नो ठाउँबाट योगदान गर्ने सकारात्मक सोच, प्रेरणा र क्षमता सबैमा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।कानुनी क्षेत्रमा कानुन दिवस मनाइरहेको भएपनि सरकारले वेवास्ता गरेको नेपाल बार एशोसियसनका पूर्व अध्यक्ष शेरबहादुर केसीको आरोप छ ।

वर्तमान सरकारको पालामा न्यायालयमाथि कार्यपालिकाको हस्तक्षेप बढेको, दण्डहीनता बढेको, विधिको शासन कमजोर हुँदै गएको केसीको आरोप छ । नेपालमा स्वतन्त्र न्यायपालिकाको जग बसाल्ने श्रेय हरिप्रसाद प्रधानलाई दिइन्छ । हरिप्रसाद प्रधान नेपालको पहिलो प्रधानन्यायाधीश हुन् । नेपालका पछिल्ला प्रधानन्यायाधीशहरु भने राजनीतिबाट प्रभावित हुने गरेकाले विवादमा मुछिने गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनस्वास्थ्य र नागरिकको अधिकारका विषयमा सरकार गम्भीर : मन्त्री बाँस्कोटा
जनस्वास्थ्य र नागरिकको अधिकारका विषयमा सरकार गम्भीर : मन्त्री बाँस्कोटा
इन्टरनेटले मूल्य घटाउनुको साटो बढाएकोमा सरकार हस्तक्षेप गर्ने योजनामा-मन्त्री बास्कोटा
पोखरा विश्वविद्यालयले आफ्नै अस्पताल स्थापना गर्ने
पोखरा विश्वविद्यालयले आफ्नै अस्पताल स्थापना गर्ने
हेर्नुहोस राष्ट्रिय प्रजातन्त्र पर्टिको घोषणापत्र ” राजतन्त्र र हिन्दुराष्ट्र फर्काउने “(४० बुँदे संकल्पसहित)
हेर्नुहोस राष्ट्रिय प्रजातन्त्र पर्टिको घोषणापत्र ” राजतन्त्र र हिन्दुराष्ट्र फर्काउने “(४० बुँदे संकल्पसहित)
नेपाल इयूको कालो सूचीबाट छिट्टै हट्दै
नेपाल इयूको कालो सूचीबाट छिट्टै हट्दै
तरकारी खेतीमा रमाउँदै मुसहर
तरकारी खेतीमा रमाउँदै मुसहर
ला लिगा आजदेखि, उद्घाटन खेलमा बार्सिलोना र बिल्बाओ भिड्दै
ला लिगा आजदेखि, उद्घाटन खेलमा बार्सिलोना र बिल्बाओ भिड्दै
आज डलरको मुल्य कति ?
आज डलरको मुल्य कति ?
प्रधानमन्त्रीबाट ओलीलाई हटाउने तयारी !
प्रधानमन्त्रीबाट ओलीलाई हटाउने तयारी !
बाँकेमा प्रहरीको आक्रामक कानुनी डण्डा: २१६ मुद्दा दर्ता, ९२ फरार अपराधी पक्राउ
बाँकेमा प्रहरीको आक्रामक कानुनी डण्डा: २१६ मुद्दा दर्ता, ९२ फरार अपराधी पक्राउ

तपाईंले छुटाउनुभयो कि?