जिउँदै गाडिएको नवजात शिशुलाई कुकुरले निकालेर ल्याएपछि

Abhiyanpost Abhiyanpost
|
मंगलबार, जेठ ७, २०७६
|
|
५८ पटक हेरिएको
Shares
जिउँदै गाडिएको नवजात शिशुलाई कुकुरले निकालेर ल्याएपछि

सारांश

  • पन्ध्र वर्षीया एक स्थानीय किशोरीले बच्चा जन्माएर खेतमा गाडेको प्रहरीले जनाएको छ।
  • पान नोङ खाम गाउँमा रहेको खेतमा पिङ पोङ नाम गरेको सो कुकुर भुक्दै र भुइँ खन्दै गरेको उसको मालिकले देखेका थिए।
  • पछि बच्चाको खुट्टा भुइँबाट बाहिर निस्किएको देखियो।

पन्ध्र वर्षीया एक स्थानीय किशोरीले बच्चा जन्माएर खेतमा गाडेको प्रहरीले जनाएको छ।पान नोङ खाम गाउँमा रहेको खेतमा पिङ पोङ नाम गरेको सो कुकुर भुक्दै र भुइँ खन्दै गरेको उसको मालिकले देखेका थिए। पछि बच्चाको खुट्टा भुइँबाट बाहिर निस्किएको देखियो।

स्थानीय बासिन्दाहरूले त्यो नवजात शिशुलाई अस्पताल लगे।त्यहाँ चिकित्सकहरूले सफा गरिदिएर सो शिशुको स्वास्थ्य राम्रो रहेको बताए।पिङ पोङका मालिक उसा निसाइखाका अनुसार सो कुकुरलाई एउटा गाडीले हानेपछि उसको एउटा खुट्टा काम नलाग्ने भएको थियो।
उनलाई उद्धृत गर्दै खाओसोड पत्रिकाले लेखेको छ, ऊ बफादार र आज्ञाकारी भएकाले मैले उसलाई पालेँ। म खेतमा गाईवस्तु चराउन जाँदा ऊ सधैँ मलाई सघाउँछ। पूरै गाउँले उसलाई माया गर्छ।बच्चा जन्माएर त्यसरी फाल्ने किशोरीलाई बच्चा परित्याग र ज्यान मार्ने प्रयास गरेको अभियोग लगाइएको छ।

एक स्थानीय प्रहरी अधिकारीका अनुसार ती किशोरी अहिले उनका अभिभावक र मनोवैज्ञानको संरक्षणमा छिन्। उनले पछुतो मानेको प्रहरीले बताएको छ।ती किशोरीका आमाबुवाले त्यो बच्चाको अभिभावकत्व स्वीकार गरेका छन्।बीबीसी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?