प्रदेश २ का मुख्यमन्त्री भन्छन्–प्रधानमन्त्रीलाई संघीयता कसले बुझाउने ?

Abhiyanpost Abhiyanpost
|
सोमबार, जेठ २०, २०७६
|
|
५८ पटक हेरिएको
Shares
प्रदेश २ का मुख्यमन्त्री भन्छन्–प्रधानमन्त्रीलाई संघीयता कसले बुझाउने ?

सारांश

  • प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले संघीयतालाई बलियो बनाउनका लागि नै आफू केन्द्रित रहेकाले सोही अनुसार नीति तथा कार्यक्रम ल्याएको दावी गरेका छन् ।
  • नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै मुख्यमन्त्री राउतले संघीयता कार्यान्वयन र सामाजिक रुपान्तरणलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको बताएका हुन् ।
  • प्रदेश नम्बर २ को सरकारले आइतबार नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ।

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले संघीयतालाई बलियो बनाउनका लागि नै आफू केन्द्रित रहेकाले सोही अनुसार नीति तथा कार्यक्रम ल्याएको दावी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै मुख्यमन्त्री राउतले संघीयता कार्यान्वयन र सामाजिक रुपान्तरणलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको बताएका हुन् ।

प्रदेश नम्बर २ को सरकारले आइतबार नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। प्रदेशसभामा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले आर्थिक वर्ष २०७६÷०७७ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

संघीयतालाई कसरी मजबुत बनाउन सकिन्छ भनेर नै प्रहरी ऐन र लोकसेवा आयोग विधेयक बनाइएको पनि राउतले प्रष्ट पारे । त्यसैगरी प्रादेशिक निजामति सेवासम्बन्धी विधेयक पनि छिटै पास गराउने मुख्यमन्त्री राउतले बताए ।

“सबै विधेयक पास गराएर छिटै नै हामी प्रदेशको आफ्नो प्रहरी र आफ्नै कर्मचारी भर्ना गर्छौँ ।” मुख्यमन्त्री राउतले भने ।

संघले त्यो अधिकार दिएको छ र भन्ने धमलाको प्रश्नपछि राउतले भने– “उसले दिनुपर्छ र ? संघीय सरकार के हो र ? अहिले संघीयता भइसकेपछि पनि‘। प्रधानमन्त्री पनि संविधान र कानुनभन्दा माथि त छैनन् नि ।”

प्रदेश सरकारलाई प्रधानमन्त्रीले अधिकार दिने नभै संविधानले दिने भएकाले आफू संविधानअनुसार नै चल्ने राउतले स्पष्ट पारेका छन् ।

“देशको संविधानले के भन्छ त्यो मैले मान्ने हो, अरु कसले के भन्छ त्यो मान्न जरुरी छैन । प्रधानमन्त्रीले त संघीयता बुझेकै छैन, अब कसले बुझाउने ?” राउतले भने ।

प्रधानमन्त्री केपी ओली हिजोसम्म संघीयता विरोधी भएको तर अहिले त्यही संघीयता कार्यान्वयन गर्ने ठाउँमा पुगेकाले समस्या देखिएको राउतको भनाई छ ।

प्रधानमन्त्री ओलीले संघीयतामा भाँडभैलो सृजना गराउन खोजेको अरोप लगाउँदै राउतले पुरानै मानसिकताका कारण ओली संघीयता विरोधी जस्तो देखिएको जिकिर गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना त्रासः १ हजार आइसोलेटेड बेड तयारी अवस्थामा राखिने
कोरोना त्रासः १ हजार आइसोलेटेड बेड तयारी अवस्थामा राखिने
अमेरिकामा अचानक किन बढ्यो पोर्न फिल्मको व्यापार ?
अमेरिकामा अचानक किन बढ्यो पोर्न फिल्मको व्यापार ?
शिक्षासम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न सांसदको माग
शिक्षासम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न सांसदको माग
बिधुत समस्याबाट गाईघाट बासी रुष्ट,कर्मचारी फोन होल्डमा राखेर मस्त
बिधुत समस्याबाट गाईघाट बासी रुष्ट,कर्मचारी फोन होल्डमा राखेर मस्त
गाईमा चढेर आईन दुलही
गाईमा चढेर आईन दुलही
नमावली दर्तामा सास्ती भोग्नुपर्‍यो, ईन्टरनेटको जमाना छ ईन्टरनेटबाटै दर्ता गर्ने सुबिधा भए हुन्थ्यो भन्ने गुनासो…
नमावली दर्तामा सास्ती भोग्नुपर्‍यो, ईन्टरनेटको जमाना छ ईन्टरनेटबाटै दर्ता गर्ने सुबिधा भए हुन्थ्यो भन्ने गुनासो…
मदारबाबा मेलामा एकको मृत्यु
मदारबाबा मेलामा एकको मृत्यु
जीवनस्तर सुधारमा प्राथमिकता : मुख्यमन्त्री गुरुङ
जीवनस्तर सुधारमा प्राथमिकता : मुख्यमन्त्री गुरुङ
मधेस सरकारले पूर्णता नपाउँदा बजेट तयारी प्रभावित
मधेस सरकारले पूर्णता नपाउँदा बजेट तयारी प्रभावित
कोरियाले अमेरिकी सैन्य अखडामा आक्रमण गर्ने चर्चा,बढ्दै युद्दको खत्तरा……..
कोरियाले अमेरिकी सैन्य अखडामा आक्रमण गर्ने चर्चा,बढ्दै युद्दको खत्तरा……..

तपाईंले छुटाउनुभयो कि?