दुबई बस दुर्घटना: सङ्केतचिह्नमा बस ठोकिँदा विभिन्न देशका १७ जनाको मृत्यु

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, जेठ २४, २०७६
|
|
५७ पटक हेरिएको
Shares
दुबई बस दुर्घटना: सङ्केतचिह्नमा बस ठोकिँदा विभिन्न देशका १७ जनाको मृत्यु

सारांश

  • बीबीसी।
  • दुबईमा एउटा यात्रुवाहक बस दुर्घटनाग्रस्त हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको र अरू व्यक्ति घाइते भएका छन्।
  • ओमानमा दर्ता भएको सो बसमा ३१ यात्रु सवार थिए।

बीबीसी। दुबईमा एउटा यात्रुवाहक बस दुर्घटनाग्रस्त हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको र अरू व्यक्ति घाइते भएका छन्।

ओमानमा दर्ता भएको सो बसमा ३१ यात्रु सवार थिए। शेख मोहम्मद बिन जाएन रोडमा राखिएको सङ्केतचिह्नमा बस ठोकिएको प्रहरीले जनाएको छ। मृत्यु हुने व्यक्ति विभिन्न देशका नागरिक भएको बताइएको छ।

भारतीय अधिकारीहरूका अनुसार दुर्घटनामा आठ भारतीय नागरिकको मृत्यु भएको छ। पचास वर्षआसपासका बसचालक घाइते भएका छन् र उनको उपचार हुँदैछ। दुर्घटनाबारे अनुसन्धान सुरु भएको छ।

दुबई प्रहरीले सामाजिक सञ्जाल ट्विटरमा दुर्घटनामा परेका मृत्यु भएका व्यक्तिका परिवारलाई समवेदना व्यक्त गरेको छ।

दुबई प्रहरीका प्रमुख अब्दुल्लाह खलिफा अल-मार्रीले सवारीसाधन चलाउँदा सानो गल्ती वा लापरबाही हुँदा नराम्रो परिणाम आउने बताएका छन्।

आधिकारिक रूपमा दुर्घटनाको कारणबारे र अन्य विवरण आएको छैन। स्थानीय सञ्चारमाध्यमका अनुसार उचाइको सीमितासम्बन्धी जानकारी दिन राखिएको सङ्केतचिह्न छल्न खोज्दा सो बसको दिशा अकस्मात् परिवर्तन भएको र छानो चिरिएको थियो।

दुबईस्थित भारतीय दूतावासले मृत्यु भएका भारतीय नागरिकको नाम सार्वजनिक गरेको छ। उसले मृतकका परिवारसँग आफ्नो सम्पर्क रहेको जनाएको छ।

दुर्घटनामा परेर घाइते भएका अरू भारतीय नागरिकको उपचार हुँदैछ। अरू मृतकबारे थप जानकारी प्राप्त भएको छैन।

ओमानी बस कम्पनी म्वासलातले घटनाप्रति दु:ख व्यक्त गर्दै मस्कट र दुबईबीच सञ्चालित आफ्नो बससेवा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बैङ्लोरबाट नेपाली विद्यार्थीको उद्धार
बैङ्लोरबाट नेपाली विद्यार्थीको उद्धार
काठमाडौंमा नेपाल भाषाको स्थानीय पाठ्यक्रम पढाइ हुने
काठमाडौंमा नेपाल भाषाको स्थानीय पाठ्यक्रम पढाइ हुने
त्रिशूलीमा फेरि बस खस्यो, आठजनाको जीवितै उद्धार, एकजनाको शव भेटियो
त्रिशूलीमा फेरि बस खस्यो, आठजनाको जीवितै उद्धार, एकजनाको शव भेटियो
सिके राउतसँगको सम्झौताबारे शङ्का गर्नुपर्दैन : अध्यक्ष प्रचण्ड
सिके राउतसँगको सम्झौताबारे शङ्का गर्नुपर्दैन : अध्यक्ष प्रचण्ड
देश र जनताका लागि उत्तरदायी हुनुपर्ने–मुख्यमन्त्री राई
देश र जनताका लागि उत्तरदायी हुनुपर्ने–मुख्यमन्त्री राई
दुलहीलाई दुलहाका साथीले तानेर नचाउन खोजेपछि विवाह नै रद्द
दुलहीलाई दुलहाका साथीले तानेर नचाउन खोजेपछि विवाह नै रद्द
ईन्डिया पाकिस्तान च्याम्पियन्स ट्रफी क्रिकेट फाइनलमा भारतको धेरै नमिठ्ठो हार : पाकिस्तानले १८० रनले भारतलाई हरायो
ईन्डिया पाकिस्तान च्याम्पियन्स ट्रफी क्रिकेट फाइनलमा भारतको धेरै नमिठ्ठो हार : पाकिस्तानले १८० रनले भारतलाई हरायो
Celebrity chef Anthony Bourdain found dead in France at 61
Celebrity chef Anthony Bourdain found dead in France at 61
सर्वोच्च अदालतको आदेश प्राप्त नै भएको छैन, प्रत्यक्षतर्फको मतपत्रको छपाइ शुरु भैसक्यो -प्रमुखनिर्वाचन आयुक्त यादव
सर्वोच्च अदालतको आदेश प्राप्त नै भएको छैन, प्रत्यक्षतर्फको मतपत्रको छपाइ शुरु भैसक्यो -प्रमुखनिर्वाचन आयुक्त यादव
पक्राउ परेका विप्लवका छोरा प्रकाश रिहा
पक्राउ परेका विप्लवका छोरा प्रकाश रिहा

तपाईंले छुटाउनुभयो कि?