पहिरोले घर बगाउँदा तीन बेपत्ता

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आषाढ २७, २०७६
|
|
५३ पटक हेरिएको
Shares
पहिरोले घर बगाउँदा तीन बेपत्ता

सारांश

  • खोटाङ।
  • खोटेहाङ गाउँपालिका–२ बाप्लुखामा पहिरोले एउटा घर बगाउँदा एक व्यक्ति घाइते हुनाका साथै तीन बेपत्ता भएका छन्।
  • चार दिनदेखि लगातार परेको वर्षाका कारण आज बिहान झरेको पहिरोले घर बगाउँदा ३१ वर्षीय विष्णु राई घाइते भएका छन् भने उनकी श्रीमतीसहित एक छोरा र एक छोरी बेपत्ता भएका हुन्।

खोटाङ। खोटेहाङ गाउँपालिका–२ बाप्लुखामा पहिरोले एउटा घर बगाउँदा एक व्यक्ति घाइते हुनाका साथै तीन बेपत्ता भएका छन्। चार दिनदेखि लगातार परेको वर्षाका कारण आज बिहान झरेको पहिरोले घर बगाउँदा ३१ वर्षीय विष्णु राई घाइते भएका छन् भने उनकी श्रीमतीसहित एक छोरा र एक छोरी बेपत्ता भएका हुन्।

आज बिहान करीब ५ बजेतिर झरेको पहिरोले घरमा सुतिरहेका चारै जनालाई बगाएको विष्णुका दाजु श्यामले बताए। “पहिरोले घर बगाउनासाथ स्थानीयवासीले भाइ विष्णुलाई घाइते अवस्थामा उद्धार गरेका रहेछन्”, उनले भने, “अहिले बेपत्ताको उद्धारका लागि खोटाङ बजार इलाका प्रहरी कार्यालयबाट प्रहरीसहितको टोली घटनास्थलमा परिचालन भएका छन्।”

घटनास्थल जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बाप्लुखाको गोपिनीस्थित एकान्त ठाउँमा पर्दछ । घटनास्थल वरपर टेलिफोन तथा मोबाइल सेवासमेत उपलब्ध नहुँदा बेपत्ताबारे थप जानकारी पाउन नसकिएको प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताए।

घरदेखि करीब ४०० मिटरमाथिबाट पहिरो झरेको ठाउँमा अहिले पनि भारी वर्षा भइरहेकाले उद्धारमा समस्या हुनाका साथै लगातारको वर्षाले जिल्लाका अन्य ठाउँमा पनि क्षति पुगेको स्थानीयवासीले बताएका छन्।

जिल्लाका अन्य ठाउँमा भएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिल्लामा लगातारको वर्षासँगै चलेको हावाहुरीले गए रातिदेखि विद्युतसमेत अवरुद्ध भएको छ।

यो पनि पढ्नुस्
मा चौतर्फी दबाबपछि सरकारले सुर गर्यो विषादी परिक्षण
सर्वोच्च अदालतको आदेश र चौतर्फी जनदवावपछि सरकारले बिषादी परीक्षण शूरु गरेको छ । काठमाडौंको कालिमाटीदेखि भन्सार नाकामा बिषादी परीक्षण शूरु गरिएको छ । एक साताअघि भारत र तेस्रो मुलुकबाट आउने तरकारी तथा फलफुलको बिषादी परीक्षण सरकारले रोकेको थियो ।

बिषादी परीक्षण रोकेको भन्दै सर्वोच्च अदालतमा रिट समेत दायर भएको थियो । सडकदेखि सदन र सामाजिक सञ्जालमा सरकारको कडा विरोध भइरहेको छ । विरोधपछि प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमा विहीबार माफी पनि मागेका छन् ।

चौतर्फी विरोधपछि भैरहवाको बेलियानाकामा बुधवार साँझदेखि बिषादी परीक्षण शुरु गरिएको छ भने नेपालगञ्जको जमुना नाका र उत्तरिया नाकामा शुक्रवार साँझदेखि बिषादी परीक्षण शुरु गरिने प्रदेश ५ सरकारले जनाएको छ । प्रदेश ५ सरकारले आफ्नै कर्मचारी खटाएर परीक्षण शुरु गरेको छ ।

यता शुक्रवार विहानै कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनाल कालिमाटी तरकारी बजार पुगे । उनले त्यहाँ बिषादी परीक्षण प्रयोगशालाको अनुगमन गरे ।

तरकारी र फलफुल परीक्षणको रिपोर्ट तीन दिनभित्र दिने निर्देशन पनि दिएका छन् । कुन ठाउँबाट आएको तरकारीमा कति विषादी छ भन्ने थाहा पाउन तीन दिनभित्र रिपोट दिन मन्त्रीले निर्देशन दिएका छन् ।

मन्त्री लालबाबु पण्डितलाई हातपातको प्रयास
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई ललितपुरमा दुर्व्यवहारको प्रयास भएको छ । उनलाई एक कार्यक्रममा जाँदा कालोझण्डा देखाइएको हो । आदिवासी जनजाति युवा विद्यार्थीले ललितपुरको जावलाखेलमा मन्त्री पण्डितलाई कालोझण्डा देखाएका हुन् ।

शुक्रबार बिहान आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको १९ औं सञ्चालक परिषद् बैठकको अध्यक्षता गर्न मन्त्री पण्डित कार्यक्रमस्थलमा पुगेका थिए । लोकसेवाको विज्ञापन खारेज हुनुपर्ने लगायतका माग राख्दै मन्त्रीको विरोधमा नाराकाजी समेत भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?