प्रचण्डलाई साइजमा ल्याउन वामदेव गौतमलाई तिर बनाउँदै ओली

Abhiyanpost Abhiyanpost
|
मंगलबार, श्रावण २१, २०७६
|
|
५५ पटक हेरिएको
Shares
प्रचण्डलाई साइजमा ल्याउन वामदेव गौतमलाई तिर बनाउँदै ओली

सारांश

  • काठमाडौं, २१ साउन ।
  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र शक्ति आर्जनको लागि नयाँ गठबन्धन बन्नु र भत्किनु कुनै नौलो कुरा होईन ।
  • प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले अहिले अपत्यारिलो तरिकाले वामदेव गौतमसँग हिमचिम बढाएका छन् ।

काठमाडौं, २१ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र शक्ति आर्जनको लागि नयाँ गठबन्धन बन्नु र भत्किनु कुनै नौलो कुरा होईन । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले अहिले अपत्यारिलो तरिकाले वामदेव गौतमसँग हिमचिम बढाएका छन् ।

चुनाव ताकादेखि बिग्रिएको ओली र गौतमबीचको सम्बन्ध अहिले आएर केही सुध्रिएकोजस्तो देखिएको छ । यसको मुख्य कारण भनेको ओलीले आफूलाई कमजोर ठानेपछि वामदेवको साथ खोज्नु रहेको छ । पार्टीको महत्वपूर्ण जिम्मेवारीसमेत ओलीले वामदेवलाई दिएका छन् । नेकपाको संगठन परिचालनमा महत्त्वपूर्ण मानिने शक्तिशाली संगठन विभागको जिम्मेवारी गौतमलाई दिन ओली राजी हुनुले नै प्रष्ट देखाउँछ कि ओलीलाई अब वामदेवको साथ, सहयोग र खाँचो रहेको छ । यता, नेता गौतमपनि यो पदीय जिम्मेवारी पाउने भएकोमा निकै प्रशन्न छन् ।

सरकार गठन भएको सुरुवाती महिनामा नेता गौतमले ओलीको कार्यशैलीको सार्वजनिक रुपमै आलोचना गरेका थिए । कतिसम्म कि चुनावको बेला जनतासामु गरेका वाचासमेत पूरा गर्नेतर्फ सरकार अग्रसर नभएको भन्दै नेता गौतमले असन्तुष्ट पोखेका थिए । सामाजिक सञ्जालमार्फत नेता गौतमले सरकारका गलत कामकारबाहीको भण्डाफोर गर्दै आएका थिए । ओली र गौतमबीचको सम्बन्ध सुध्रिने सम्भावना देखिएका थिएन् । तर, ओली नेताहरुलाई रुझाउन सिपालु छन् ।

त्यही भएर होला, पछिल्लो समय ओलीले वामदेवलाई प्रधानमन्त्री निवास बालुवाटारमै बोलाएर पटक पटक एक्लाएक्लै भेटवार्ता तथा गहन छलफल गरेका थिए । एक्लाएक्लै भेटवार्तामा प्रधानमन्त्री ओलीले गौतमसामू मिलेर जाने प्रस्ताव राखेका थिए । उता गौतमले पनि आफूलाई सक्रिय भूमिका दिने भए सहकार्य गर्न सकिने भनेर खुलेरै कुरा राखेका थिए । त्यहीअनुसार ओली गौतमलाई संगठन विभागको नेतृत्व दिन राजी भएका हुन् ।

हुन त ओली सुरुवातमा यो विभागको जिम्मेवारी गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापा बादललाई दिन चाहन्थे । नेकपानिकट उच्च स्रोतले दिएको जानकारीअनुसार पूर्वएमालेको सन्तुलन नबिगार्नका लागि गौतमलाई नेतृत्व दिने निर्णयमा ओली पुगेका छन् ।

ओलीले वामेदवलाई आफ्नो साथमा लिनुको अर्को उद्देश्य भनेको नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई साईजमा राख्नु हो । नेता गौतम र प्रचण्डबीच राम्रो सम्बन्ध रहेकोबारे जानकार रहेका ओली उनीहरुको समिकरण भत्काउन चाहन्छन् । पछिल्लो समय प्रचण्डका विश्वासपात्रका रुपमा चिनिएका बादलसमेत ओली पक्षका नेता मानिन्छन् । अब वामदेवलाई साथमा लिन सकियो भने प्रचण्डले आफूमाथि धावा बोल्न नसक्ने र कुनैपनि सहमति पालना गर्न नपर्ने निश्कर्षमा ओली पुगेका छन् ।

सूत्रहरुले दिएको जानकारी अनुसार यसपटक नेता गौतमलाई संसदमा ल्याउनुपर्छ भनेर ओलीले नै पहल गरिरहेका छन् । नेता गौतमलाई उनले रिक्त स्वर्गीय रविन्द्र अधिकारीको निर्वाचन क्षेत्रबाट चुनाव लडाउन ओलीले प्रस्ताव समेत गरिसकेका छन् । वामदेव पनि यसप्रति सकारात्मक रहेको बुझिएको छ । पछिल्लो समय ओली पार्टी्भित्र विरोधीलाई आफ्नो साथमा लिएर अघि बढिरहेका छन् ।

ओलीले आफ्नो रणनीति बदल्नुमा प्रचण्डलाई कमजोर बनाउनु रहेको एकथरी नेकपा नेताहरुको दाबी छ । आफूपछि प्रधानमन्त्रीको रुपमा तपाई नै हो भनेर ओलीले वामदेवलाई वचनसमेत दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लमजुङमा कृषि विकास बैंकले काट्यो भूकम्प पीडितको अनुदान
लमजुङमा कृषि विकास बैंकले काट्यो भूकम्प पीडितको अनुदान
खहरे खोला खोल्न काठमाडौं महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाका प्रतिनिधिबीच सहमति
खहरे खोला खोल्न काठमाडौं महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाका प्रतिनिधिबीच सहमति
दोस्रो हारसँगै नेपालको एएफसी कपमा छनोट हुने सम्भावना सकियो
दोस्रो हारसँगै नेपालको एएफसी कपमा छनोट हुने सम्भावना सकियो
‘यूपीएफ’बारे (नेकपा)को बैठकमा चर्काचर्की, माधव नेपालकाे प्रष्टीकरण : ‘नराम्रो संस्था होइन’
‘यूपीएफ’बारे (नेकपा)को बैठकमा चर्काचर्की, माधव नेपालकाे प्रष्टीकरण : ‘नराम्रो संस्था होइन’
बन्दै गरेको रङ्गशाला हेर्न आउनेको घुइँचो
बन्दै गरेको रङ्गशाला हेर्न आउनेको घुइँचो
बाजुरामा एक महीनामा दुई करोडको मदिरा कारोवार
बाजुरामा एक महीनामा दुई करोडको मदिरा कारोवार
प्रहरी नै भएपनि कारबाही गरेर छोड्छौँ: प्रहरी महानिरीक्षक खनाल
प्रहरी नै भएपनि कारबाही गरेर छोड्छौँ: प्रहरी महानिरीक्षक खनाल
नियन्त्रणमा लिइएको बाघ पर्सा पठाइयो
नियन्त्रणमा लिइएको बाघ पर्सा पठाइयो
बझाङमा भूकम्प जाने क्रम जारी, चार रेक्टर स्केलमाथिका ११ भूकम्प
बझाङमा भूकम्प जाने क्रम जारी, चार रेक्टर स्केलमाथिका ११ भूकम्प
यी कार्यालय खारेजी, पुनःसंरचना र हस्तान्तरण गर्ने सरकारको तयारी
यी कार्यालय खारेजी, पुनःसंरचना र हस्तान्तरण गर्ने सरकारको तयारी

तपाईंले छुटाउनुभयो कि?