कसले गर्यो काँक्रेविहारमा तोडफोड ?

Abhiyanpost Abhiyanpost
|
बिहिबार, श्रावण २३, २०७६
|
|
५४ पटक हेरिएको
Shares
कसले गर्यो काँक्रेविहारमा तोडफोड ?

सारांश

  • अज्ञात समूहले पछिल्लो समय लगातार पर्यटकीयस्थल काँक्रेविहारको तोडफोड गरेको छ ।
  • वीरेन्द्रनगर–९ लाटीकोइलीस्थित पुरातात्विक स्थल काँक्रेविहारको पुनर्निर्माण अन्तिम चरणमा पुगेका बेला रातिको समयमा लगातार अज्ञात समूहको निशाना परेको हो ।
  •  स्थानीय हेरालु सीता कार्कीले शनिबार, आइतबार र सोमबार राति तोडफोड गरेको बताउनुभयो ।

अज्ञात समूहले पछिल्लो समय लगातार पर्यटकीयस्थल काँक्रेविहारको तोडफोड गरेको छ । वीरेन्द्रनगर–९ लाटीकोइलीस्थित पुरातात्विक स्थल काँक्रेविहारको पुनर्निर्माण अन्तिम चरणमा पुगेका बेला रातिको समयमा लगातार अज्ञात समूहको निशाना परेको हो । स्थानीय हेरालु सीता कार्कीले शनिबार, आइतबार र सोमबार राति तोडफोड गरेको बताउनुभयो ।

“उच्छृङ्खल समूहले मूल गेट, सुरक्षा पर्खाल, टिकट काउन्टर तोडफोड गरेको छ”, उहाँले भन्नुभयो, “प्रवेशद्वारमा लगाइएको ताला पनि फोडिएको छ, टिकट काउन्टर, हात धुने बेसिन लगायतमा तोडफोड गरिएको छ ।” दक्षिणतर्फको गेटमाथिको गजुर पनि भाँचिएको अवस्थामा फेला परेको छ । हेरालु र टिकट व्यवस्थापक दिउँसो मात्र त्यहाँ बस्ने गर्दछन् । रातिको समयमा चौकीदार नहुँदा असुरक्षा बढेको स्थानीयवासी बताउँछन् ।

गजुर, ढोका र काउन्टर तोडफोडको सूचना सार्वजनिक भएपछि वीरेन्द्रनगर–९ को वडा कार्यालयले चासो दिएको छ । वडाध्यक्ष सुरेश मानन्धरले तोडफोडमा संलग्नको पहिचान गरी कारवाही गर्न जिल्ला प्रहरी कार्यालयलाई अनुरोध गरिएको बताउनुभयो । प्रहरीले मङ्गलबार घटनास्थल पुगेर मुचुल्का उठाएको छ ।

वडाध्यक्ष मानन्धरले काँक्रेविहार जङ्गल क्षेत्रमा भएकाले सुरक्षा चुनौती रहेको बताउनुभयो । “काँक्रेविहारमा अस्थायी प्रहरी पोष्ट राख्न पनि अनुरोध गरेका छौँ, प्रदेशकै प्रमुख पर्यटकीयस्थल हो, पर्यटकको भीडभाड हुने मध्येको एक स्थान हो”, उहाँले भन्नुभयो, “पुरातात्विक वस्तुहरु छरिएका छन्, भग्नावशेषको जीर्णोद्धार भइरहेको छ, त्यसैले अब चौकीदार र सुरक्षा पोष्टको आवश्यकता भइसकेको छ ।” पुरातत्व विभागले ०७२ सालदेखि भग्नावशेष सङ्कलन गर्दै पुरानै स्वरुपमा पुनर्निर्माण आयोजना सञ्चालन गरिरहेको छ । काँक्रेविहारमा २१ मिटर अग्लो कलात्मक शिखर शैलीको मन्दिर बन्दैछ ।

जिल्ला प्रहरी कार्यालयले वडा कार्यालयलाई काँक्रेविहार क्षेत्रमा विद्युत्, सिसिटिभी क्यामरा जडान र चौकीदार राख्न आग्रह गरेको छ । जिल्ला प्रहरी प्रमुख एसपी वसन्त रजौरेले घटना संलग्नहरुको खोजी भइरहेको बताउनुभयो । “प्रहरीले घटनामा संलग्नको खोजी कार्य तीव्र पारेको छ, रातिको समयमा निगरानी बढाएका छौँ”, उहाँले भन्नुभयो । प्रहरीले लागुऔषध सेवनकर्ताबाट तोडफोड गरिएको हुन सक्ने अनुमान गरेको छ ।

प्रहरी कार्यालयमै बुद्ध मूर्ति

विसं २०७१ मा सुर्खेतका बौद्ध धर्मावलम्बीहरुले बुद्ध जयन्तीको अवसर पारी बुद्ध मूर्ति प्रतिस्थापना गर्ने योजनामा थिए । काँक्रेविहारलाई संरक्षित क्षेत्रका रुपमा संरक्षण गर्दै आएका हिन्दू समुदाय बौद्ध विशेषको सम्पदा गराउन तयार भएनन् । पुरातत्व विभागले पुनर्निर्माणको योजना सञ्चालन गरिरहेका बेला बुद्ध मूर्ति प्रतिस्थापन गर्न नहुने हिन्दू समुदायको तर्क रह्यो ।

उता, बौद्ध धर्मावलम्बीले काँक्रेविहार क्षेत्रमा छरिएका मूर्तिहरु, विहार शैलीका अवशेषले बुद्ध विशेषकै सम्पदा भएको जिकिर गर्न थाले । विवादले उग्र रुप लिन थाल्यो । बुद्ध प्रतिमाले गर्दा दुई समुदायबीच आपसी मनमुटावको बिजारोपण हुन पुग्यो । हिन्दू–बौद्ध तनाव बढ्न नदिन स्थानीय प्रशासनले सहमति नहुञ्जेलसम्मका लागि बुद्ध मूर्ति जिल्ला प्रहरी कार्यालयकै हाताभित्र राख्ने निर्णय ग¥यो ।

काँक्रेविहार क्षेत्रमा प्रतिस्थापन हुनुपर्ने बुद्धको ठूलो प्रतिमा ५ वर्षदेखि प्रहरी परिसरमा राखिएको छ । त्यसयता बर्सेनी बुद्ध जयन्तीमा यहाँका बौद्ध धर्मावलम्बीहरु प्रहरी हाताभित्रै पुगेर पूजापाठ गर्दै आएका छन् । काँक्रेविहारको पहिचानलाई लिएर यहाँका हिन्दू र बौद्ध समुदाय विभाजित छन् । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश २ की पहिलो महिला मेयर भन्छिन्– ‘पुरुषले भन्दा राम्रो काम गरेर देखाउँछु’
प्रदेश २ की पहिलो महिला मेयर भन्छिन्– ‘पुरुषले भन्दा राम्रो काम गरेर देखाउँछु’
असिनाले बाली नष्ट : किसान चिन्तित
असिनाले बाली नष्ट : किसान चिन्तित
योगलाई आधुनिक जीवनशैलीका दूष्परिणाम न्यूनीकरण गर्ने पद्धतिका रूपमा स्थापित गरौँः प्रधानमन्त्री
योगलाई आधुनिक जीवनशैलीका दूष्परिणाम न्यूनीकरण गर्ने पद्धतिका रूपमा स्थापित गरौँः प्रधानमन्त्री
The X couple Ranbir and Katrina Kaif are shooting in a different schedule for IPL final party toh banti hai !!!
The X couple Ranbir and Katrina Kaif are shooting in a different schedule for IPL final party toh banti hai !!!
कञ्चनपुरमा ११ महिनामा १० जना महिला तथा बालबालिकाको उद्धार
कञ्चनपुरमा ११ महिनामा १० जना महिला तथा बालबालिकाको उद्धार
सूर्यदर्शन सहकारी प्रकरण : पूर्व डीआईजी जोशीको घरमा प्रहरीको छापा
सूर्यदर्शन सहकारी प्रकरण : पूर्व डीआईजी जोशीको घरमा प्रहरीको छापा
गगन भेट्न अस्पतालमा पुगेका राजन भट्टराईमाथि दुर्ब्यवहार
गगन भेट्न अस्पतालमा पुगेका राजन भट्टराईमाथि दुर्ब्यवहार
जसपामा विवाद: दल नेता चयनसँगै सरकारमा जाने कि नजाने ?
जसपामा विवाद: दल नेता चयनसँगै सरकारमा जाने कि नजाने ?
‘मुलुकको समृद्धिका लागि वाम गठबन्धन’
‘मुलुकको समृद्धिका लागि वाम गठबन्धन’
३३ किलो सुन काण्डः थप दुई न्यायाधीश तानिए
३३ किलो सुन काण्डः थप दुई न्यायाधीश तानिए

तपाईंले छुटाउनुभयो कि?