गगन भेट्न अस्पतालमा पुगेका राजन भट्टराईमाथि दुर्ब्यवहार

Abhiyanpost Abhiyanpost
|
सोमबार, मंसिर १८, २०७४
|
३९
|
४९ पटक हेरिएको
Shares
गगन भेट्न अस्पतालमा पुगेका राजन भट्टराईमाथि दुर्ब्यवहार

सारांश

  • काठमाडौं ४ का कांग्रेस उम्मेदवार गगन थापा बम बिस्फोटमा घाइते भएको खवर पाएलगत्तै थापालाई भेट्न त्रिवि शिक्षण अस्पताल पुगेका एमाले नेता तथा थापाका प्रतिस्पर्धी डा.
  • राजन भट्टराईमाथि उनीमाथि गगनका कार्यकर्ताले दुर्ब्यवहार गरेका छन् ।
  • चपलीमा बम विष्फोट भई थापा घाइते भएको खवर पाउनासाथ आफ्नो चुनावी कार्यक्रम छोडेर डा.

काठमाडौं ४ का कांग्रेस उम्मेदवार गगन थापा बम बिस्फोटमा घाइते भएको खवर पाएलगत्तै थापालाई भेट्न त्रिवि शिक्षण अस्पताल पुगेका एमाले नेता तथा थापाका प्रतिस्पर्धी डा. राजन भट्टराईमाथि उनीमाथि गगनका कार्यकर्ताले दुर्ब्यवहार गरेका छन् । चपलीमा बम विष्फोट भई थापा घाइते भएको खवर पाउनासाथ आफ्नो चुनावी कार्यक्रम छोडेर डा. भट्टराई सिधै शिक्षण अस्पताल पुगेका थिए ।

घाइते थापासहित सबैलाई उपचारका लागि शिक्षण अस्पताल लगेको जानकारी पाएपछि भट्टराई आफ्ना दुबै प्रदेशसभाका उम्मेद्वार निर्मल कुइकेल र कुसुम कार्कीलाई सँगै लिएर त्यहाँ पुगेका थिए । तर, अस्पताल परिसरमा रहेका गगनका कार्यकर्ताले भट्टराईमाथि हातपात गर्न खोजेपछि अप्रिय स्थिति उत्पन्न हुने भन्दै भट्टराई गगनलाई नभेटी फर्के ।

भट्टराई अस्पताल पुग्ने बित्तिकै त्यहाँ रहेका थापाका सहयोगी र कांग्रेस कार्यकर्ताले ‘यो घटना नै तेरो हो भन्दै’ आक्रमणको प्रयास गरेका थिए । अस्पताल परिसरमा उपस्थित प्रत्यक्षदर्शीका अनुसार, एकजना बागबुट्टे टोपी लगाएका कानमा मुन्द्रा झुण्ड्याएका थापाका कार्यकर्ताले भट्टराईका सहयोगी पुष्प भट्टराईमाथि मुक्का प्रहार गरे । राजन भट्टराईमाथि पनि पनि गगन समर्थक युवाहरुले धक्कामुक्का गर्दै आउन थालेपछि उनी त्यहाँबाट फर्किए ।

‘गगनजीमाथि भएको आक्रमणको म तीब्र निन्दा गर्दछु । कायरतापूर्ण आक्रमणमा संलग्न तत्वको खोजी गरी कारवाही गर्न सरकारसँग माग गर्दछु’ भट्टराईले भने, ‘दुःखको यो घडीमा म गगनजीकै साथमा छु ।’ शिक्षण अस्पतालबाट फर्केपछि भट्टराईले आफ्नो फेसबुक पेज मार्फत बम बिस्फोटको कडा भत्र्सना गरे । ‘बुढानिलकण्ठ नगरपालिका–२ चपलीमा नेपाली कांग्रेसको चुनावी घरदैलो कार्यक्रम लक्षित बम बिस्फोटको भत्र्सना गर्दछु । बिस्फोटबाट घाइते हुनु भएका मेरा मित्र तथा यस क्षेत्रका प्रतिनिधिसभा उम्मेदवार गगन थापा लगायत सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु’ भट्टराईले उल्लेख गरेका छन् ।

शिक्षण अस्पतालमा गगनलाई भेट्न जाँदा आफूमाथि हातपात भएको विषयप्रति भट्टराईले दुःख ब्यक्त गरे । ‘म गगनजीलाई प्रत्यक्ष रुपमा भेटेरै उहाँको स्वास्थ्य लाभको कामना गर्न चाहन्थेँ । तर मलाई त्यहाँ जान दिइएन । मलाई अत्यन्त दुःख लागेको छ’ भट्टराईले भने ‘बम विस्फोटको घटनाबाट म जति दुखित थिएँ, साथीहरुको व्यवहारले मलाई झन् दुखी बनायो ।’ बम बिस्फोटमा थापासहित ११ जना घाइते भएको जनाइएको छ । थापाले भने आफूलाई डा. भट्टराईप्रति बाहिर भएको दुब्र्यबहारको जानकारी नभएको बताएका छन् ।

प्रतिक्रिया

39 कमेन्ट

    Comment Author

    Indra Bhandari

    योजनाकार नइ यहि नेता हो कालो कुकुर अर्को होइन बम पड्काउने कायर

    Comment Author

    Ravi Sharma

    Kina nagarni ta xeu mai tero karalayax tesma kina padkiyana

    Comment Author

    Netra Ghimire

    बम पट्काउने मतियार सँगै लिएर हिंडेकाे भनेर अाक्रोस भन्ने लाग्छ कार्यकर्ताकाे।

    Comment Author

    Liladhar Pandey

    दुव्र्यवहार परिभाषा के हो सम्पादक महोदय ?

    Comment Author

    Raju Bhandari Toya Nath

    राम्रो गरेछन हाम्रा कार्यकर्ता ले
    किन गएका राजन मर्यो भनेर ?
    म निर्बिरोध हुन्छु भनेर खुशी भएर ?आफै धामी आफै झाक्री ?

      Comment Author

      Mohan Maharjan

      Ekdam thik kura ho !!

      Comment Author

      Baikuntha Bhandari

      Tero congress bam harne dar vayera affai padkayeko ho

    Comment Author

    Lokendra Bista

    I likes raju bhandari comments

    Comment Author

    Raju Sth

    मैले होइन भन्न गको होला नी यिनी हरु को कोखा मा दँात हुन्छ

    Comment Author

    Dirgha Bista

    Niti

    Comment Author

    Gautam Ramsharan

    कांग्रेसि हरुनियतनैगलतछ बम पडकाउने पनि कांग्रेनैहो तेसकोनाईके सेरेनैहो यदिहैन भने भयको ग्रिय मन्त्री लाई बिना बिभागिय कनायर अाफनो हात मा किन लिन्छ सेरेले अातङक मचायर चुनाभ भाडन सकिन्छकिभनेरहैनर

      Comment Author

      Tilak Guragai

      य साले कुन काग्रेसले बम पद्कायो!

    Comment Author

    Vijay Acharya

    काङ्रेस्स मा भएको अहन्कार को प्रदर्शन।

    Comment Author

    Dirgha Bista

    Sathiharule comments greka xan 10 barshe janyudha congress ko niti bidhile lyako ho yashaile feri yudha congress ko palama horay

    Comment Author

    Krishna Thakuri

    काँग्रेस मित्रहरू तपाईंहरूको साेचाई नै गलत हो

    Comment Author

    Deepak Shakya

    Kina bhetna janu paryo?bhasan chhudra garne.communist lai ta lagthyo hola gagan mareko bhaye communist ko ram rajye hunthyo hola.

    Comment Author

    Saud Rameah Singh

    Veatna gayakaa manxea lai asari haatpaat garnea pani kastaa kastaa murkh holan ramaro kaam garnea ko valohunna vanxan taie vayar holan kaam na paa kaa holan jholea haru

    Comment Author

    Prem Syangtan

    कम्तीमा सकारात्मक प्रतिक्रिया दिने संस्कारको बिकास गरौँ न हो प्रजातान्त्रिक एवम् लोकतान्त्रिक पार्टीका शुभचिन्तकहरु हो!!

    Comment Author

    Chuda Mani Acharya

    अध्यक्षले गाली गरेर भाषण गर्ने , उनी भने भेट्न जाने ।

    Comment Author

    Hari Kharel Nirdosh

    एस्कै इसारा मा आकर्मन् भएको होकि

    Comment Author

    Bhim Bista Abhagi

    आफै हत्त्या को योजना बनायर बम पड्काउने मर्योकी भनेर बिचार गर्न गयको होला राजन अस्पतालमा किन जानू पर्यो तेस्ले अस्पतालमा तेस्को काम नै छैन जाने आफू काठमाडौ ४ मा चुनाब हार्ने भय पछि हत्याको योजना बनेको हो

      Comment Author

      Aakriti Kharel

      आफ्नै प्रम गृह र रक्षा मन्त्रीको अयोग्यता प्रमाणित भयको छ

    Comment Author

    Bharat Sharma

    कायॅकताॅ ठिकै गरे कि ?

    Comment Author

    Manoj Khatri

    No need to be there Mr.bhattrai bcoz all are in bad situation so they react…it is common every living being react…..

    Comment Author

    Hem Jung Tripathi

    Yo chie cogress shathiharw liya thiek garnu vayana.vitna jada durbibhahar nagrnu vako vaya ramrohunithiyo.mapani cogress ho.ghatana gagan daj lae shuniyojit taricaliya gariko dikhencha tiyo junshuki hoshe carbieko dayara ma liwenu parcha.

    Comment Author

    Tilak Guragai

    सालेलाइ लात लात मार साथी हो बम पद्कायर भेट्न जाने ओ लि कुकुर!!!!!

    Comment Author

    Yam Kumar Katuwal

    काग्रेज नीयत का राम्रो यसबेला देस कहा पुग्थीयो तर गगनलाइ भन्नमीलदैन अरूको कामै कार्यकर्ता झोले पनी तेस्तै रहेछन

    Comment Author

    Pramod Bhattarai

    Boxi/jaknri

    Comment Author

    Krishna Thokra

    मुर्खहरुले सहि र गलत छुताउन सकदैन राजन दाइ

    Comment Author

    RaW-mes Stha

    Karyakarta lae ramrai garex gud job?????????

    Comment Author

    Shyam Shubham Giri

    तिमी ९टंकी हरू लाई कस्ले चिन्या छैन र ? तिमी भेटेन होईन निऊ खोज्न गएका हौ

    Comment Author

    Indra Thapa

    kasto neayate

    Comment Author

    Suresh Timalsina

    Gagan is not godd

    Comment Author

    Khagaraj Dahal

    kasko sarkar kasko guriyamantri dos arulae laj xaena

    Comment Author

    Pradeep Bhattarai

    Jangali para

    Comment Author

    Nabaraj Baral

    अाफ्नै पाटि ले गृहमन्त्रालय समालेर अाफ्नै उमेदवार लाई सुरक्षा दिन नसक्ने सरकार काे के काम यस्ताे सरकार चुनाब पछि नहाेस

    Comment Author

    Gokarna Poudel

    आफैं बोक्सि,आफैं झाक्रि राजन हाहाहा

    Comment Author

    Krish Gorkhali

    Sale kutta hami bujhxam yo ekkaisau satabdi ho kina bujh pachaune kam hunxa ha ?

    Comment Author

    Ashok Poudel

    हारको नजिक पुगेको महशुस गरी व्यक्ति हत्या गरी आफूलाई बलवान ठान्ने हे कायर ,घृणीत,फोहोरी राजनीतिज्ञ हरू तिमीहरूले हानेको बम गगन थापा लाई मात्र हैन तिमीहरूकै नाबलक छोरा छोरी को भविश्यलाई हाने का हौ राष्ट्र को संमृधीको बिरूधमा हाने का हौ तिमीहरूको यो हर्कत ले हामी किंचित विचलीत हूनेछैनौ ,सिघ्र स्वाथ्थलाभ तथा विजयकालागी अगृम शुभकामना…… गगन दाई…. ‌‌

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 39
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?