हात्तीको बथानले पाँच घर भत्कायो, अन्न सखाप

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, मंसिर १, २०७४
|
|
६७ पटक हेरिएको
Shares
हात्तीको बथानले पाँच घर भत्कायो, अन्न सखाप

सारांश

  • कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको तारापुर शिविरमा बस्दै आएका निकुञ्ज विस्थापित परिवारका पाँच घर हात्तीको बथानले भत्काई घरभित्र राखेको पूरै अन्न खाएर नोक्सानी गरेको छ ।
  • बुधबार राति ११ बजे २०÷२५ को सङ्ख्यामा निकुञ्ज क्षेत्रबाट शिविरमा आएको हात्तीको बथानले दिलबहादुर लुहार, जितराम चौधरी, लालबहादुर डगौरा, विजय डगौरा, दुखराम डगौराको पूरै घर भत्काई अन्न खाएर नोक्सानी गरेको इलाका प्रहरी कार्यालय, झलारीका प्रहरी नायब निरीक्षक लालमणि जोशीले बताउनुभयो ।
  • “शिविरकै लाल बहादुरको बाख्रासमेत हात्तीले मारेको र भान्सामा रहेको आगोबाट छावालाई जोगाउनका लागि हात्तीले आगो फाल्दा पूरै घर जलेर नष्ट भएको छ”, उहाँले भन्नुभयो ।

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको तारापुर शिविरमा बस्दै आएका निकुञ्ज विस्थापित परिवारका पाँच घर हात्तीको बथानले भत्काई घरभित्र राखेको पूरै अन्न खाएर नोक्सानी गरेको छ ।

बुधबार राति ११ बजे २०÷२५ को सङ्ख्यामा निकुञ्ज क्षेत्रबाट शिविरमा आएको हात्तीको बथानले दिलबहादुर लुहार, जितराम चौधरी, लालबहादुर डगौरा, विजय डगौरा, दुखराम डगौराको पूरै घर भत्काई अन्न खाएर नोक्सानी गरेको इलाका प्रहरी कार्यालय, झलारीका प्रहरी नायब निरीक्षक लालमणि जोशीले बताउनुभयो ।

“शिविरकै लाल बहादुरको बाख्रासमेत हात्तीले मारेको र भान्सामा रहेको आगोबाट छावालाई जोगाउनका लागि हात्तीले आगो फाल्दा पूरै घर जलेर नष्ट भएको छ”, उहाँले भन्नुभयो ।

“निकुञ्ज प्रशासनले धान चुट्न नदिँदा पूरै धान चुट्न पाएका थिएनौँ”, स्थानीयवासी जित बहादुरले भन्नुभयो, “घरभित्र राखेको र आँगनमा राखिएको पूरै धान हात्तीको बथानले खाएपछि बिचल्लीमा परेका छौँ । एक दर्जनभन्दा बढी चौपायासमेत हात्तीको आक्रमणले घाइते भएका छन्,” उहाँले बताउनुभयो ।

हात्तीको डरले शिविरमा बस्नसमेत सबैजना डराएर नजिकको बस्तीमा जान थालेको उहाँले बताउनुभयो । एक महिनादेखि हात्तीको बथान तारापुर शिविरकै ताराताल क्षेत्रमा बस्दै आएको छ । शिविर नजिकका जोनापुर, रानीपुर, ढकनीया लगायतका बासिन्दासमेत हात्ती आतंकमा बस्न बाध्य छन् ।

(www.bricks4kidz.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरी वृत्त बाहिर निस्कँदासाथ अपहरण !
प्रहरी वृत्त बाहिर निस्कँदासाथ अपहरण !
अमेरिकामा प्रधानमन्त्री ओलीले यी ४ वटा देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरुसंग भेट्दै
अमेरिकामा प्रधानमन्त्री ओलीले यी ४ वटा देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरुसंग भेट्दै
प्रहरी प्रमुख खनाल विरुद्ध लाग्ने समूह
प्रहरी प्रमुख खनाल विरुद्ध लाग्ने समूह
महोत्तरीका बासिन्दाको रेल चढ्ने रहर अधुरै
महोत्तरीका बासिन्दाको रेल चढ्ने रहर अधुरै
वीरगञ्जका शिवकुमारलाई कोरोनाको सङ्क्रमण नभएको पुष्टि : रिपोर्ट सहित
वीरगञ्जका शिवकुमारलाई कोरोनाको सङ्क्रमण नभएको पुष्टि : रिपोर्ट सहित
प्रधानमन्त्री ओलीलाई साढे १० बजे भारतीय प्रधानमन्त्री मोदीको बधाई
प्रधानमन्त्री ओलीलाई साढे १० बजे भारतीय प्रधानमन्त्री मोदीको बधाई
दिलबहादुरको मुक्तिका लागि ६७ लाख ब्लडमनी परराष्ट्रमन्त्रीलाई हस्तान्तरण
दिलबहादुरको मुक्तिका लागि ६७ लाख ब्लडमनी परराष्ट्रमन्त्रीलाई हस्तान्तरण
स्थानीय तहबाटै समाजवादको आधार तयार गर्ने रणनीतिमा माओवादी केन्द्र
सुविनको ‘प्रिय सुफि’ को प्रतिक्षामा पाठक !
सुविनको ‘प्रिय सुफि’ को प्रतिक्षामा पाठक !
Meet these Important people in Sanjay Dutt’s life who are missing in ‘Sanju’

तपाईंले छुटाउनुभयो कि?