सुविनको ‘प्रिय सुफि’ को प्रतिक्षामा पाठक !

Abhiyanpost Abhiyanpost
|
बिहिबार, भाद्र २१, २०७५
|
|
५३ पटक हेरिएको
Shares
सुविनको ‘प्रिय सुफि’ को प्रतिक्षामा पाठक !

सारांश

  • काठमाडौँ, २१ भदौ ।
  • उपन्यासकार सुविन भट्टराईको नयाँ पुस्तक ‘प्रिय सुफि’ असोजको पहिलो हप्ता लोकार्पण गरिने भएको छ ।
  • उनको पुस्तकलाई लिएर पाठकहरु अहिले देखि नै निकै उत्साहित छन् ।

काठमाडौँ, २१ भदौ । उपन्यासकार सुविन भट्टराईको नयाँ पुस्तक ‘प्रिय सुफि’ असोजको पहिलो हप्ता लोकार्पण गरिने भएको छ । उनको पुस्तकलाई लिएर पाठकहरु अहिले देखि नै निकै उत्साहित छन् ।


नेपाली उपन्यास जगतमा ‘समर लव’ बाट पदार्पण गरेका लेखक सुविन छोटो समयमा नै निकै चर्चा बटुल्न सफल भए । उनका ‘समर लव’सहित ‘साया’ र ‘मनसुन’ उपन्यास प्रकाशित छन् । तर उनको लेखन यात्रा भने ‘कथाकि पात्र’ कथा संग्रहबाट भएको हो । खासगरी प्रेमकथामा आधारित विषयवस्तु पाइने उनका कृति युवा पुस्ताले निकै चाख लिएर पढ्ने गर्छन् । यससँगै उनलाई यो बाहेक अन्य विषमा लेख्न सक्दैन भन्ने आरोप पनि बेलाबेलामा लाग्ने गरेको छ । सोही आरोपको खण्डन गर्दै प्रिय सुफि लेखिएको सुविनको भनाई छ । उपन्यासमा सामाजिक कथा र मित्रताको विषयलाई बढी प्रथमिकता दिईएको उनी बताउँछन् ।


‘प्रिय सुफि’ले सामाजिक सञ्जालमा एक किसिमको लहर ल्याएको छ । सुविनलाई मेन्सन गरेर ट्वीटरमा हजारौँ ट्वीटहरु गरिएको छ । प्रिय सुफिलाई लिएर आफू पनि निकै उत्साहित रहेको लेखक सुविन बताउँछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?