‘माधव कमरेडमात्रै नडराउने होइनन्, अरू पनि कोही डराउलान् जस्तो लाग्दैन’ ओली

Abhiyanpost Abhiyanpost
|
बिहिबार, मंसिर ४, २०७७
|
|
५० पटक हेरिएको
Shares
‘माधव कमरेडमात्रै नडराउने होइनन्, अरू पनि कोही डराउलान् जस्तो लाग्दैन’ ओली

सारांश

  • सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हटाउने तयारी गरिएको भन्दै त्यसैगरि आफूले पनि अर्का अध्यक्षलाई हट्न भन्यो भने के हुन्छ ?
  • भन्दै प्रश्न उठाएका छन् ।
  • हिजो बसेको सचिवालय बैठकमा आफ्नो कुरा राख्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हटाउने तयारी गरिएको भन्दै त्यसैगरि आफूले पनि अर्का अध्यक्षलाई हट्न भन्यो भने के हुन्छ ? भन्दै प्रश्न उठाएका छन् । हिजो बसेको सचिवालय बैठकमा आफ्नो कुरा राख्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले भनेका थिए,‘अर्को कुरा मैले भन्नुपर्छ, मलाई अध्यक्ष र प्रधानमन्त्री दुईटैबाट हटाउने तयारी पनि गरिएको छ, हट्न भनिएको पनि छ। त्यसैगरी मैले अर्का अध्यक्षलाई हट्न भन्यो भने के हुन्छरु विधि पद्धतिका कुरा के हुन्छन्रु सङ्गठनात्मक सिद्धान्तका कुरा के हुन्छन् रु त्यसमा एकपटक विचार गर्ने हो किरु किनभने मैले हट्न भनेँ भने त्यसले त अर्को वातावरण निर्माण गर्नसक्छ।’

हिजोको सचिवालय बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीले राखेको कुराको पूर्णपाठ ः

कमरेडहरू,

आजको सचिवालय बैठकको कारबाही प्रारम्भ हुन्छ। म सबै कमरेडलाई हार्दिक स्वागत गर्न चाहन्छु। मैले धेरै भनिरहनुपर्ला जस्तो लाग्दैन, बैठक धेरै जटिल मोडमा छ, पार्टी निकै जटिल मोडमा छ। सामान्य अवस्थाबाट पार्टी पनि गुज्रिराखेको छैन, हामी पनि गुज्रिराखेका छैनौं। एक दुई वटा कुरा राखौं। अस्तिको बैठकमा केही कुरा जस्तो कि बैठकको एजेन्डाका रूपमा होइन, पत्राचारका रूपमा पाँच जना साथीले मलाई बैठक बोलाइयोस् भनेर पत्र दिनुभयो।

त्यसमा गम्भीर आरोपसमेत भएको हुनाले मैले बैठक बोलाउने कुरा आफ्नो ठाउँमा छ। ती आरोप अनुत्तरित हुन पनि सक्दैनथे। मैले त्यसको जवाफ किन दिनुप(यो? वास्तवमा ती आरोप सही थिएनन्, अनुपयुक्त, अनुचित, झुठा र भ्रमपूर्ण थिए, तिनका बारेमा मैले स्पष्ट पार्नु नै जरुरी थियो। त्यसकारण मैले व्यक्तिगत तवरमा नै अगुवाइ उहाँको भएको हुनाले अर्का अध्यक्षलाई पत्र लेखेँ। त्यस पत्रको जानकारी बोधार्थका रूपमा पत्र बुझाउन आउने साथीहरूलाई त दिएँ नै, अरू साथीलाई पनि जानकारीका लागि दिएँ।

त्यसको प्रत्युत्तरमा अर्को सात पेजको जवाफ अर्का अध्यक्षले लेख्नुभयो। त्यसको जवाफ मैले दिएको छैन। स्वभाविक रूपमा त्यसको पनि उचित जवाफ दिनुपर्ने छ। त्यसबाहेक त्यसै दिन एउटा प्रस्ताव भनेर अर्का अध्यक्षले मलाई दिनुभयो, अरू सदस्यलाई पनि बाँड्नुभयो। त्यो बैठकमा प्रस्तुत भएको प्रस्ताव होइन। बैठकमा प्रस्ताव प्रस्तुत गर्ने हाम्रो विधि भिन्नै छ।

एउटा अध्यक्षलाई जानकारी नभइकन अर्का अध्यक्षले कुनै पनि प्रस्ताव ल्याउन मिल्दैन। त्यस्तो दिनु पर्ने पनि कुनै अवस्था आउला तर अर्का अध्यक्षलाई जानकारी नै नदिइकन, अर्का अध्यक्षमाथि हमला, प्रहार, आलोचना, आरोप र अभियोग सहितको प्रस्तावका नाममा अचानक त्यो मलाई दिनुभयो। अरू साथीलाई पनि वितरण गर्नुभयो तर त्यो बैठकमा प्रस्तुत भएको प्रस्ताव होइन। त्यसलाई विधिसम्मत प्रस्ताव भन्न मिल्दैन। त्यस सम्बन्धमा कमिटीमा छलफल आवश्यक छ।

त्यो प्रस्ताव भनेर जो वितरण भयो, त्यसपछि जुन अखबारवाजी गरियो। यसो गर्नु उचित भयो कि भएन? केही मतलबको कुरा भएन। अखबारवाजी गर्नसमेत त्यसो गरिएको थियो र त्यसमा केही साथीको संलग्नता र सहमति भएको पनि जानकारी भयो। त्यसो भएर यो विषय धेरै गम्भीर छ। मैले अस्ति दुई कमरेडलाई बोलाएर कुरा गरें, वामदेवजीसँग कुराकानी गरें। यसको छिनोफानो नभइकन, यी आरोपसहित, यी आरोप बोकी बोकीकन कोही पनि मानिस अध्यक्ष वा प्रधानमन्त्रीको जिम्मेवारीमा बस्न त मिल्दैन।

यी आरोप या त त्यसबाट बदर हुनुप¥यो तब प्रधानमन्त्री र अध्यक्षको जिम्मेवारीमा बस्न मिल्छ। त्यसो होइन भने सदर हुनुप¥योर ती पद र ती जिम्मेवारीबाट हट्नुप(यो। यो हटाउने माग त पहिलेदेखि आएकै थियो। यसपटक हट्ने आधार यी हुन्, यसकारण हट्नुपर्छ भन्ने कुरा पनि आएको छ। पहिले जस्तो यसमा सोझै प्रधानमन्त्रीबाट हट, अध्यक्षबाट हट भन्ने भाषा छैन, त्याग गर्नुपर्छ भन्ने कोटेड भाषा रहेको छ। त्याग भन्ने शब्द त्यहाँ राखिएको छ। यस सम्बन्धमा पहिले छिनोफानो हुनुपर्छ।

यो आरोप या त सदर ठहरिनुप¥यो अनि प्रधानमन्त्री र अध्यक्ष हट्नुप¥यो। यो आरोप सही ठहरिँदैन भने यस्तो आरोप लगाउनेले यसको जिम्मेवारी लिनुप¥यो, यसको जवाफदेही लिनुप¥यो। बाहिर बजारमा त हल्ला सुन्छु, बहुमत छ, अल्पमत छ, के छ, कसको कस्तो छ भन्ने कुरा खुबै सुन्छु। मैले त्यस्तो फर्मल्ली देखेको छैन। फर्मल्ली नदेखेसम्म त्यसलाई बहुमत, अल्पमत मान्ने कुरा पनि भएन। अब यसमा जानुपर्ने हुन्छ। यसको मैले जवाफ तयार गरिसकेको छैन। यसमा छलफल गर्न, सिम्प्ली छलफल गर्न र छिनोफानो गर्नमात्रै बैठक हुनसक्छ। यदि यो सही छ भने एउटा हट्नुपर्छ, सही छैन भने अर्को हट्नुपर्छ।

अर्को कुरा मैले भन्नुपर्छ, मलाई अध्यक्ष र प्रधानमन्त्री दुईटैबाट हटाउने तयारी पनि गरिएको छ, हट्न भनिएको पनि छ। त्यसैगरी मैले अर्का अध्यक्षलाई हट्न भन्यो भने के हुन्छ? विधि पद्धतिका कुरा के हुन्छन्? सङ्गठनात्मक सिद्धान्तका कुरा के हुन्छन् ? त्यसमा एकपटक विचार गर्ने हो कि? किनभने मैले हट्न भनेँ भने त्यसले त अर्को वातावरण निर्माण गर्नसक्छ।

अर्को कुरा के हो भने अस्तिको प्रस्ताव नामक अभियोगपत्र आइसकेपछि यसअघिका हाम्रा सहमति, समझदारीको त त्यसैले अन्त्यको घोषणा ग(यो। त्यो पत्र बन्नुभन्दा पछि पुराना सहमति कायमै छन् भन्ने कुरा रहेन। अब पुराना सहमति कायम रहेको अवस्था नरहेको हुनाले एउटा नयाँ निकास पार्टीले खोज्यो। हामीले एउटा नयाँ निकास खोज्नैपर्छ। म चाहन्छु मिलेर जाऔँ, मिलेर जान सकियोस्, पार्टी बचाउन सकियोस् र पार्टीलाई ऐक्यवद्ध राख्न सकियोस्।

म के भन्छु भने, मिलेर मात्रै पार्टी बचाउन सकिन्छ। लडेर पार्टी बच्दैन, जालझेल र तिक्डम गरेर पार्टी बच्दैन। गुटबन्दी गरेर पार्टी बच्दैन। सबै कुरामा पछि छलफल गरौंंला। आज म त्यो लाञ्छना पत्र, जो मलाई दिइएको थियो, त्यस पत्रका सम्पूर्ण आरोप, अभियोग, लाञ्छना, तिरस्कार, अपमान सबै खारेज गर्छु। यो मेरो राजनीतिक जीवन नै सिध्याउने गरी ल्याइएको आरोप पत्रलाई म पूर्ण रूपमा अस्वीकार गर्छु।

त्यसको यथोचित जवाफ म लिखित रूपमा नै प्रस्तुत गर्नेछु। मैले त्यो पत्रले परिस्थिति अलिक गम्भीर मोडमा पु(यायो भनेर माधव कमरेडलाई भनें। उहाँले अँ धम्क्याउने? धम्क्याएर कोही डराउँदैन भन्नुभयो। अब डराउने खालको त यहाँ कोही छ जस्तो लाग्दैन। माधव कमरेडमात्रै नडराउने होइनन्, अरू पनि कोही डराउलान् जस्तो लाग्दैन। कोही पनि डराउँदैनन्।

यस्तै राजनीति गरेर आएका मान्छे कोही डराउलान् जस्तो लाग्दैन। सबै शूरैशूरा हुँदा शूरैचाहिँ बुद्धिमत्तापूर्ण कति हुन्छ र कति हुँदैन? फेरि पनि विचार गर्न मेरो आग्रह छ। अहिले अब बैठकमा जुन विषयमा छलफल हुनुपर्छ पहिले र निष्कर्ष निस्किनुपर्छ त्यसो नगरिकन अगाडि जान सकिँदैन। यही विषयमा छलफल गर्न म तयारीमा पुगिसकेको छैन, मेरो जवाफ पत्र पनि तयार भइसकेको छैन। मैले त्यो पत्र मसिनोगरी हेर्नुपर्ने आवश्यकता छ। यत्ति हो कि मैले परिस्थिति अत्यन्त गम्भीर देखेको छु।

मैले पहिलेदेखि भन्ने गरेको छु, यो धम्क्याएको होइन। यस्तो हैरानी, यति हुर्मत, यति अपमान, यति घटिया लाञ्छना जीवनमा मैले पहिलोपल्ट यति गरिमामय ठाउँमा वितरण भएको भोग्दै छु। यसभन्दा अगाडि यस स्तरको भाषा, शैली र आरोप लगाइएको अनुभव कमिटीभित्र मेरो थिएन, सायद अरू कसैको पनि थिएन।

कहिल्यै कसैले यस्ता आरोप लगाएको यस ढङ्गले राजनीति नै सिध्याउने मनसायका साथ उत्रिएको मैले पाएको थिइनँ। त्यो पत्र जुन मैले देखेको छु, त्यसमा जुन भाषा प्रयोग भएको छ, त्यसमा जुन आरोप लगाइएका छन् र जुन लाञ्छना लगाइएका छन्, ती हल्का ढङ्गले लगाइएका रूपमा मैले लिएको छैन। यो अवश्य नै अत्यन्त गम्भीरतापूर्वक लगाइएको छ।

राजनीतिमा जुनसुकै कुरा आइपरे पनि सहन हुनुपर्ने नै हुन्छ? म त जेलनेल, कुटाइ, यातना सबै भोगेर आएको छु। लाठी, बुट, जुत्ता मैले भोगेर आएको छु। ती सबै कुरा भोगिएको छ भने अँ, फेरि पनि कुनै परिस्थिति भोग्न मलाई कुनै कठिनाइ छैन। त्यो पत्रका प्रस्तोता र त्यसको पृष्ठभूमिमा रहेका साथीले कुन बाटोबाट जाने च्वाइस गर्नुस्।

अँ, त्यस्ता झुठा र निकृष्ट लाञ्छना मैले सहन्छु भन्ने कुरा नसोचे पनि हुन्छ। तसर्थ आज बैठक अगाडि बढ्न सक्ने देख्दिनँ। म त्यसमा बहस गर्न अहिले तयार छैन किनभने मेरो तयारी नै पुगेको छैन, बुँदा पुगेका छैनन् भन्ने कुरा त भनिसकेको छु। त्यसमा फेरि थप के भन्नु छ र? त्यसमा अरूको पानी चित्र त देखेको छु नि! त्यसमा त यसो हेर्दा पानी चित्र त आउँछ नि ! मैले कुरा गरेको छु र सबै सुनेको छु नि! अहिलेलाई यत्ति नै। धन्यवाद।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बलात्कारमा दोषी प्रहरीलाई कारवाहीको माग
बलात्कारमा दोषी प्रहरीलाई कारवाहीको माग
गोविन्द केसीकाे तर्फबाट पूर्वशर्त छाडेपछि सरकार र गोविन्द केसीसमुहबीच वार्ता सुरू , के थियाे पुर्वशर्त ?
चट्याङबाट बच्न रक्सी छर्केर घरभित्र पस्छन् फलामखानीवासी
चट्याङबाट बच्न रक्सी छर्केर घरभित्र पस्छन् फलामखानीवासी
काठमाडौँमा काँग्रेसले पराजय भोग्नुपरेको कारण बताउँदै नेता सिंह…
काठमाडौँमा काँग्रेसले पराजय भोग्नुपरेको कारण बताउँदै नेता सिंह…
‘दाङलाई क्यापिटल सिटीका रुपमा विकास गर्छौं’
‘दाङलाई क्यापिटल सिटीका रुपमा विकास गर्छौं’
भक्तपुरको भोलाछेंमा एमाले र नेमकिपाबीच झडप, मतदान अप्रभावित
भक्तपुरको भोलाछेंमा एमाले र नेमकिपाबीच झडप, मतदान अप्रभावित
अन्ततः प्रचण्ड पनि मिडिया विधेयककै पक्षमा
अन्ततः प्रचण्ड पनि मिडिया विधेयककै पक्षमा
काठमाडाैमै पानीकाे हाहाकार, स्थानिय बसाइँ सर्न थाले
काठमाडाैमै पानीकाे हाहाकार, स्थानिय बसाइँ सर्न थाले
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
ग्यास सिलिन्डर विस्फोट हुँदा कांग्रेस नेता भण्डारी घाइते
ग्यास सिलिन्डर विस्फोट हुँदा कांग्रेस नेता भण्डारी घाइते

तपाईंले छुटाउनुभयो कि?