कटारी नगरपालिकाकी उपप्रमुख भीमकुमारी राउतको प्रस्ताव ‘सुविधाको गाडीको साटो एम्बुलेन्स किनौ’

Abhiyanpost Abhiyanpost
|
मंगलबार, भाद्र १०, २०७६
|
|
३९ पटक हेरिएको
Shares
कटारी नगरपालिकाकी उपप्रमुख भीमकुमारी राउतको प्रस्ताव ‘सुविधाको गाडीको साटो एम्बुलेन्स किनौ’

सारांश

  • गाईघाट।
  • उदयपुरको कटारी नगरपालिकाका उपप्रमुखले आफ्नो सेवासुविधाका लागि गाडी किन्ने रकम कटारी अस्पतालमा एम्बुलेन्स व्यवस्थापनका लागि खर्च गर्न प्रस्ताव गरेकी छन्।
  •  नगरपालिकामा नयाँ गाडी नभएको र पुरानो गाडी पनि काम नलाग्ने भइसकेको अवस्थामा उपप्रमुख भीमकुमारी राउतका लागि नगरपालिकाले नयाँ गाडी किन्न रु ४० लाख विनियोजन गरेको थियो।

गाईघाट। उदयपुरको कटारी नगरपालिकाका उपप्रमुखले आफ्नो सेवासुविधाका लागि गाडी किन्ने रकम कटारी अस्पतालमा एम्बुलेन्स व्यवस्थापनका लागि खर्च गर्न प्रस्ताव गरेकी छन्। नगरपालिकामा नयाँ गाडी नभएको र पुरानो गाडी पनि काम नलाग्ने भइसकेको अवस्थामा उपप्रमुख भीमकुमारी राउतका लागि नगरपालिकाले नयाँ गाडी किन्न रु ४० लाख विनियोजन गरेको थियो। सो रकम आफ्नो सुविधाका लागि गाडी नकिन्ने बरु कटारी अस्पतालमा एम्बुलेन्सको आवश्यकता रहेकोले जनताको सेवा गर्न एम्बुलेन्स किन्ने प्रस्ताव उपप्रमुख राउतले गरेकी हुन्।

उपप्रमुख राउत भन्छिन्,“ हामीलाई जनताले जनताको सेवक बन्न पठाएका हुन्,जनताको कर उठाएर गाडी किन्ने र चढ्ने आफूलाई रहर छैन र विनियोजित रकम बिरामीको सेवा गर्न एम्बुलेन्सको व्यवस्था गर्ने प्रस्ताव मैले गरेकी हुँ।” पुरानो गाडी बिग्रिएपछि एक वर्षदेखि आफू गाडीविहीन नै रहेको भएपनि आफूलाई जनताले नगरको विकास र जनताको सेवा गर्न निर्वाचनमा विजय गराएकाले आफू गाडी नचढ्ने बरु हिँडेर नै कार्यालय र अन्यत्र स्थानमा आवतजावत गर्ने धारणा उपप्रमुख राउतको रहेको छ।

नगरपालिका बैठकले आफ्नो लागि गाडी किन्न रु ४० लाख व्यवस्था गरेकोमा रु १५ लाखको कटारी अस्पतालमा आवश्यक पर्ने एम्बुलेन्स तत्काल किन्ने प्रस्ताव गरिएको हो। बाँकी रकम कटारी–११ को बेतिनीमा पर्यटन मन्त्रालयले निर्माण शुरु गरेर छाडेको अधुरो पर्यटन भवन निर्माण गर्न खर्च गर्ने आफूले प्रस्ताव नगरपालिकामा राखेको उपप्रमुख राउत बताउँछिन्। उक्त प्रस्ताव नगरपालिकाबाट पारित भएको पनि उपप्रमुख राउतले बताइन्।

कटारी अस्पताल विकास समितिका अध्यक्ष कृष्णराज दनुवारले उपप्रमुख राउतले आफ्नो सुविधाको गाडी किन्ने रकमले अस्पतालको लागि एम्बुलेन्स व्यवस्थापन गरिदिने प्रस्ताव गरेकाले अब एम्बुलेन्स खरीदको प्रक्रिया अगाडि बढाउने बताए। उदयपुरका आठ स्थानीय तहमध्ये धेरै नगरपालिका तथा गाउँपालिकाका प्रमुख–उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षका लागि यसअघिनै गाडी खरीद गरी प्रयोग गर्दै आइरहेका छन्। कटारीका समाजसेवी मुकेश थापाले सबै जनप्रतिनिधिले रचनात्मक काम गर्न सकेमात्र देश बन्ने धारणा व्यक्त गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काग्रेस भन्दा एमालेसंग निटक देखिनेलाई पाखा लगाउँदै प्रचण्ड
काग्रेस भन्दा एमालेसंग निटक देखिनेलाई पाखा लगाउँदै प्रचण्ड
एमाले मुख्यालयबाट निजी निवास लगियो नेम्वाङको पार्थिव शरीर
एमाले मुख्यालयबाट निजी निवास लगियो नेम्वाङको पार्थिव शरीर
राष्ट्रियसभा निर्वाचनको मतदाता नामावली सार्वजनिक (सूचीसहित)
राष्ट्रियसभा निर्वाचनको मतदाता नामावली सार्वजनिक (सूचीसहित)
सुजुकी ड्राइभिङ सेन्टरमा पेट्रोल राखेको ठाउँमा आगलागी, चुरोट खाएर फाल्दा आगो लागेको आशंका
सुजुकी ड्राइभिङ सेन्टरमा पेट्रोल राखेको ठाउँमा आगलागी, चुरोट खाएर फाल्दा आगो लागेको आशंका
Flash News : ट्रीफरको ठक्करबाट चाहबिलमा एक महिलाको मृत्यु !!!
Flash News : ट्रीफरको ठक्करबाट चाहबिलमा एक महिलाको मृत्यु !!!
नयाँ वर्षमा प्रधानमन्त्री ओलीको योजना : आफ्नो टिम फेरबदल गर्नेदेखि मन्त्री हटाउनेसम्म !
नयाँ वर्षमा प्रधानमन्त्री ओलीको योजना : आफ्नो टिम फेरबदल गर्नेदेखि मन्त्री हटाउनेसम्म !
कुवेतले नेपाललाई दियो १४२ रनको टारगेट
कुवेतले नेपाललाई दियो १४२ रनको टारगेट
काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्गको सम्भाव्यताबारे स्थलगत अध्ययन
काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्गको सम्भाव्यताबारे स्थलगत अध्ययन
केपी शर्मा ओलीले बोले, लालीगुराँसका विद्यार्थीले निकाले हावाबाट बिजुली
केपी शर्मा ओलीले बोले, लालीगुराँसका विद्यार्थीले निकाले हावाबाट बिजुली
सिमेन्ट उद्योगको धुलो, धुवाँ र ध्वनि प्रदूषणबाट आजित
सिमेन्ट उद्योगको धुलो, धुवाँ र ध्वनि प्रदूषणबाट आजित

तपाईंले छुटाउनुभयो कि?