भाले बोकेर सुत्केरी भेट्न वडाध्यक्ष

Abhiyanpost Abhiyanpost
|
बुधबार, भाद्र ११, २०७६
|
|
६३ पटक हेरिएको
Shares
भाले बोकेर सुत्केरी भेट्न वडाध्यक्ष

सारांश

  • मेलम्ची।
  • सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाले मातृ शिशु स्वास्थ्य र पोषणलाई नीति तथा कार्यक्रममा प्राथमिकतामा राखेपछि कार्यक्रम कार्यान्वयनको शुरुआत गरेको छ।
  • चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा उद्घोष गरिएअनुसार गाउँपालिकामा सुत्केरी महिलालाई लक्षित गर्दै पोषणयुक्त आहार वितरण शुरु गरिएको हो।

मेलम्ची। सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाले मातृ शिशु स्वास्थ्य र पोषणलाई नीति तथा कार्यक्रममा प्राथमिकतामा राखेपछि कार्यक्रम कार्यान्वयनको शुरुआत गरेको छ। चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा उद्घोष गरिएअनुसार गाउँपालिकामा सुत्केरी महिलालाई लक्षित गर्दै पोषणयुक्त आहार वितरण शुरु गरिएको हो।

सुत्केरी महिलाका घरमै पुगेर जनप्रतिनिधिले पोषणयुक्त आहार प्रदान गरेका हुन्। मङ्गलबार बलेफी गाउँपालिका–८ स्थित भीरकुनामा सुत्केरी महिलाका लागि पोषण सामग्री प्रदान गरिएको छ। वडा नं ८ का वडाध्यक्ष चरीबहादुर तामाङले सात दिनकी सुत्केरी महिला सन्चमाया तामाङ र ङेमा तामाङको

घरमै पुगेर पोषणयुक्त सामग्री प्रदान गरेका हुन्। उनहरुलाई लागि एकरएक भाले, गेडागुडी, आयोडिनयुक्त नुन र सरसफाइका सामग्री प्रदान गरिएको थियो। स्वास्थ्य संस्थामा नियमित गर्भ जाँच गर्दै स्वास्थ्यचौकीमै सुत्केरी हुने महिलाका लागि पोषण सामग्री प्रदान गरिएको वडासदस्य मन्दिरा कायस्थले जानकारी दिइन्।

गाउँपालिकाको नीति, कार्यक्रमअन्तर्गत सुत्केरी महिलालाई पोषण सामग्री प्रदान गरिएको वडाध्यक्ष तामाङले बताए। सोमबार वडा नं ७ मा पनि सुत्केरी महिलालाई पोषण सामग्री प्रदान गरिएको थियो। वडाध्यक्ष कार्केल लामाले सुत्केरी महिलाका घरमै पुगेर भाले, गेडागुडी, आयोडिनयुक्त नुन र सरसफाइ सामग्री प्रदान गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निजी विद्यालयको शुल्कवृद्धि फिर्ता हुँदैन् : प्यावसन अध्यक्ष
निजी विद्यालयको शुल्कवृद्धि फिर्ता हुँदैन् : प्यावसन अध्यक्ष
लगानीकर्तामा देखिएको उत्साह एमालेप्रतिको विश्वास हो : महासचिव पोखरेल
लगानीकर्तामा देखिएको उत्साह एमालेप्रतिको विश्वास हो : महासचिव पोखरेल
आगामी तीन या चार हप्तामा उत्तर कोरियासँग वार्ता गर्दै अमेरिकी राष्ट्रपति ट्रम्प !
आगामी तीन या चार हप्तामा उत्तर कोरियासँग वार्ता गर्दै अमेरिकी राष्ट्रपति ट्रम्प !
कोरोनाका कारण देशमा ६३ प्रतिशत उद्योग बन्द
कोरोनाका कारण देशमा ६३ प्रतिशत उद्योग बन्द
सरकारले गरेका १२ वटा निर्णयहरू यस्ता छन्
सरकारले गरेका १२ वटा निर्णयहरू यस्ता छन्
आजको राशिफलमा के छ तपाईंको भाग्य ? हेर्नुहोस्
आजको राशिफलमा के छ तपाईंको भाग्य ? हेर्नुहोस्
राजा छनोट गर्ने एेतिहासीक लिगलिगे दौड हुँदै !
राजा छनोट गर्ने एेतिहासीक लिगलिगे दौड हुँदै !
नेपाली सेनालाई एसपीपीको १० बुँदे प्रस्ताव आएकै छैन, अमेरिकामा कुनै हस्ताक्षर हुँदैन : प्रधानसेनापति
नेपाली सेनालाई एसपीपीको १० बुँदे प्रस्ताव आएकै छैन, अमेरिकामा कुनै हस्ताक्षर हुँदैन : प्रधानसेनापति
रक्षामन्त्री पोखरेललाई केक खुवाउँदै प्रधानमन्त्री ओली
रक्षामन्त्री पोखरेललाई केक खुवाउँदै प्रधानमन्त्री ओली
भेट्ला नेपालले २ सय ४५ रनकाे लक्ष्य ?
भेट्ला नेपालले २ सय ४५ रनकाे लक्ष्य ?

तपाईंले छुटाउनुभयो कि?