लगानीकर्तामा देखिएको उत्साह एमालेप्रतिको विश्वास हो : महासचिव पोखरेल

Abhiyanpost Abhiyanpost
|
बिहिबार, माघ १२, २०७९
|
|
५८ पटक हेरिएको
Shares
लगानीकर्तामा देखिएको उत्साह एमालेप्रतिको विश्वास हो : महासचिव पोखरेल

सारांश

  • काठमाडौँ ।
  • नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले देशमा आज सिर्जना भएको राजनीतिक अस्थिरताको आधार परमादेशी फैसला भएका बताउनुभएको छ ।
  • पार्टीको केन्द्रीय स्कुल विभागद्वारा आयोजित विशेष अनुशिक्षण कार्यक्रममा सहभागीहरूलाई प्रशिक्षण दिँदै महासचिव पोखरेलले उहाँले कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउने योजनाका साथ नेकपालाई विभाजन गरी सरकार ढाल्ने जुन षडयन्त्र भयो, त्यो मुलुकमा राजनीतिक स्थायित्व कायम हुन नदिने योजनाका साथ भएको बताउनुभयो ।

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले देशमा आज सिर्जना भएको राजनीतिक अस्थिरताको आधार परमादेशी फैसला भएका बताउनुभएको छ ।

पार्टीको केन्द्रीय स्कुल विभागद्वारा आयोजित विशेष अनुशिक्षण कार्यक्रममा सहभागीहरूलाई प्रशिक्षण दिँदै महासचिव पोखरेलले उहाँले कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउने योजनाका साथ नेकपालाई विभाजन गरी सरकार ढाल्ने जुन षडयन्त्र भयो, त्यो मुलुकमा राजनीतिक स्थायित्व कायम हुन नदिने योजनाका साथ भएको बताउनुभयो ।

परमादेशी पाँच दलीय गठबन्धन सरकारको समयमा देशको अर्थ व्यवस्था तहसनहस भएको बताउँदै महासचिव पोखरेलले वर्तमान सरकार गठनपछि पूँजीबजार नाटकीय रूपमा सकारात्मक दिशामा उकालो लागेको छ, लगानीकर्ता उत्साहित भएका छन्, यो हामी (एमाले)प्रतिको विश्वास हो भन्नुभयो ।

उहाँले पार्टीको समग्र कामको योजना वर्तमान सरकारलाई सफल पार्दै आगामी निर्वाचनमा बहुमतको सरकार बनाउने दिशामा अगाडि बढ्ने रहेको बताउनुभयो । मुलुकलाई अस्थिरता र जनमतको प्रतिकूलतातिर जान नदिन साझा नीति र कार्यक्रमका साथ वर्तमान सरकार गठन गरिएको र यसलाई सफल पार्नुपर्ने उहाँको भनाई छ ।

जब जब नेकपा (एमाले)ले सरकारमा गएर देश र जनताका लागि राम्रो काम सुरु गर्छ, त्यति बेला एमाले विरुद्ध घेराबन्दी सुरु हुने गरेको भन्नुहुँदै उहाँले गत निर्वाचनको परिणामले एमाले जस्तोसुकै घेराबन्दी चिर्न सक्ने सामर्थ्य भएको बलियो पार्टी हो भन्ने पुष्टि गरेको पनि बताउनुभयो ।

“देशको विकासको गतिलाई तीव्रता दिने एमाले, सामाजिक सुरक्षा कार्यक्रम सुरु गर्ने एमाले, नाकाबन्दीको डटेर सामना गर्ने एमाले, भोट भने अर्कोले लैजाने कुरा स्वीकार्य छैन”, उहाँले भन्नुभयो, “आगामी दिनमा जनताका सरोकारका विषय प्रभावकारी ढङ्गले उठाउने पार्टीका रूपमा आफूलाई तयार गर्दै एमालेलाई देशको बहुमत प्राप्त पार्टीका रूपमा स्थापित गर्ने छौँ ।”

उहाँले वर्तमान निर्वाचन प्रणालीबाट कुनै एउटा पार्टीको बहुमत प्राप्त हुने कुरा असम्भव छ भन्ने गरिएपछि पार्टीका नीति, कार्यक्रम जनतामा पुर्‍याउन सक्दा यही निर्वाचन प्रणालीमा पनि बहुमत प्राप्त गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वविद्यालयमा तोडफोड गर्ने १४ विद्यार्थी प्रहरीको नियन्त्रणमा
विश्वविद्यालयमा तोडफोड गर्ने १४ विद्यार्थी प्रहरीको नियन्त्रणमा
आज राष्ट्रिय धान दिवस, दही च्यूरा खाँदै रोपाइँ गरिँदै
आज राष्ट्रिय धान दिवस, दही च्यूरा खाँदै रोपाइँ गरिँदै
कोभिड-१९ विरुद्धको औषधी परीक्षणको परिणाम ’उत्साहजनक’
कोभिड-१९ विरुद्धको औषधी परीक्षणको परिणाम ’उत्साहजनक’
कर्जा सुरक्षण कार्यक्रमलाई विविधीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री डा महत
कर्जा सुरक्षण कार्यक्रमलाई विविधीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री डा महत
मंसिर २२ गते सोमवारको राशिफल यस्तो छ
मंसिर २२ गते सोमवारको राशिफल यस्तो छ
५ प्रतिशत ब्याजदरमा पाइने ७ करोड रुपैयाँ कृषि ऋण कसरी लिने ?
गमलामै फलाउन सकिने फल पेपिनो मेलनको नेपालमा व्यवसायिक सम्भावना
गमलामै फलाउन सकिने फल पेपिनो मेलनको नेपालमा व्यवसायिक सम्भावना
असोज २३ गते विहिबारको राशिफल यस्तो छ
अङ्ग्रेजी बोर्डिङ स्कुलमा संस्कृत पठनपाठन
अङ्ग्रेजी बोर्डिङ स्कुलमा संस्कृत पठनपाठन
प्रधानमन्त्रीले आज सचिवहरुलाई निर्देशनात्मक सम्बोधन गर्नुहुँदै
प्रधानमन्त्रीले आज सचिवहरुलाई निर्देशनात्मक सम्बोधन गर्नुहुँदै

तपाईंले छुटाउनुभयो कि?