प्रम ओली शुक्रबार स्वदेश फर्कने

Abhiyanpost Abhiyanpost
|
सोमबार, भाद्र १६, २०७६
|
|
५१ पटक हेरिएको
Shares
प्रम ओली शुक्रबार स्वदेश फर्कने

सारांश

  • प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली यही शुक्रबार स्वदेश फर्किने भएका छन् ।
  • भोलि (मंगलबार) सम्म सातौं चरणको उपचार प्रक्रिया सकिएपछि प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्किने भएका हुन् ।
  • आईतबार नेकपा संसदीय दलका कार्यवाहक नेता सुवास नेम्वाङसँगको फोनवार्तामा प्रधानमन्त्री ओलीले आफ्नो उपचारबारे जानकारी गराउँदै शुक्रबार आउने बताएका हुन् ।

प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली यही शुक्रबार स्वदेश फर्किने भएका छन् । भोलि (मंगलबार) सम्म सातौं चरणको उपचार प्रक्रिया सकिएपछि प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्किने भएका हुन् ।

आईतबार नेकपा संसदीय दलका कार्यवाहक नेता सुवास नेम्वाङसँगको फोनवार्तामा प्रधानमन्त्री ओलीले आफ्नो उपचारबारे जानकारी गराउँदै शुक्रबार आउने बताएका हुन् । नेता नेम्बाङसँगको कुराकानीमा ओलीले आफू ठीकठाक रहेको सन्देश प्रवाह गरिदिनसमेत आग्रह गरेका थिए ।

भदौ ५ गते स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका ओलीको प्लाज्मा फेरेसिस प्रक्रियाबाट एण्टीबडीको मात्रा घटाउन उपचार भइरहेको छ । हिजोमात्रै प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा। दिव्या सिंहलाई उद्धृत गर्दै प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले पनि बुधबार नै उपचार प्रक्रिाय पूरा हुने बताएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?