विश्व विजेता फ्रान्सको सहज जित, यूरो छनोटको शीर्ष स्थानमा

Abhiyanpost Abhiyanpost
|
आइतबार, भाद्र २२, २०७६
|
|
६६ पटक हेरिएको
Shares
विश्व विजेता फ्रान्सको सहज जित, यूरो छनोटको शीर्ष स्थानमा

सारांश

  • एजेन्सी ।
  • विश्व विजेता फ्रान्स युरो छनोटको शीर्ष स्थानमा उक्लिएको छ ।
  • शनिबार राति भएको खेलमा अल्बानियालाई ४–१ गोल अन्तरले हराउँदै फ्रान्स युरोपियन च्याम्पियनसिपको छनोटको शीर्ष स्थानमा उक्लिएको हो ।

एजेन्सी । विश्व विजेता फ्रान्स युरो छनोटको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा अल्बानियालाई ४–१ गोल अन्तरले हराउँदै फ्रान्स युरोपियन च्याम्पियनसिपको छनोटको शीर्ष स्थानमा उक्लिएको हो ।

आयोजकले पाहुना टोली अल्बानियाको राष्ट्रिय गान ढिलो गरि मात्र बजाउँदा खेल १० मिनेट ढिला सुरु भएको थियो । सुरुमा अल्बानियाको राष्ट्रिय गानको समयमा आयोजकले गलत धुन बजाएका थिए । अन्तिममा आयोजकले माफी मागेका थिए ।

किंग्सले कोमनले दुई गोल गरेको खेलमा फ्रान्सले फराकिलो जित निकाल्न सफल भएको हो । फ्रान्सका लागि ओलिभर जिराउड र जोनाथन इकोनिले समेत गोल गरेका थिए ।

राफेल भरानोको पासमा खेलको आठौं मिनेटमा कोमनले फ्रान्सलाई सुरुवाती अग्रता दिलाएका थिए । २७ औ मिनेटमा लुकास हर्नाल्डेजको क्रममा जिराउडले फ्रान्सको अग्रता दोब्बर पारे ।

६८ औ मिनेटमा जिराउडले ब्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई ३–० ले अघि बढाए । ८५ औ मिनेटमा इकोनिले डेब्यु गोल गर्दै फ्रान्सको फराकिलो जितको आधार तयार गरेका थिए ।

खेलको अन्तिम मिनेटमा सोकोल सिकलेशीले पेनाल्टीमा गोल गर्दै पाहुना टोलीको हार अन्तर घटाउने काम गरे । फ्रान्स चोटका कारण मुख्य खेलाडी केलियन एम्बाप्पे, पाउल पोग्बा र उसमान डेम्बेलेबिना मैदान उत्रिएको थियो । समुह एचको शीर्ष स्थानको फ्रान्सले ५ खेलबाट १२ अंक जोड्यो । अल्बानिया ६ अंक सहित तालिकाको चौथो स्थानमा रह्यो ।

(https://linksmagazine.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकाले अनलाइन कक्षा लिएर बसेका विदेशी विद्यार्थीको भिसा रद्द गर्ने
अमेरिकाले अनलाइन कक्षा लिएर बसेका विदेशी विद्यार्थीको भिसा रद्द गर्ने
प्रतिनिधिसभा बैठक सञ्चालनका लागि सभामुखले भेटे दलका प्रमुख सचेतक तथा सचेतकहरुलाई
लुम्बिनी प्रदेशसभा सदस्यहरूको शपथ ग्रहण आज
लुम्बिनी प्रदेशसभा सदस्यहरूको शपथ ग्रहण आज
हेटौंडालाई उत्कृष्ट बनाँए, मुख्यमन्त्री भए प्रदेश नं. ३ लाई उत्कृष्ट प्रदेश बनाउँछु : पौडेल
लक्ष्मीपूजा र दीपावलीका केहि तस्बिरहरु !
लक्ष्मीपूजा र दीपावलीका केहि तस्बिरहरु !
गरिमा विकास बैंककाे ‘गरिमा रेमिट’ संचालनमा !
गरिमा विकास बैंककाे ‘गरिमा रेमिट’ संचालनमा !
विगत पाँच दिनदेखि बन्द सप्तरी खुल्ला !!! मधेसी मोर्चाद्वारा  सप्तरी बन्द फिर्ता !!!
विगत पाँच दिनदेखि बन्द सप्तरी खुल्ला !!! मधेसी मोर्चाद्वारा सप्तरी बन्द फिर्ता !!!
चाडपर्वसँगै सार्वजनिक यातायातमा निगरानी
चाडपर्वसँगै सार्वजनिक यातायातमा निगरानी
अमेरिका प्रवेशमा रोकको आदेश उल्टाउने फैसलाविरुद्ध ट्रम्पको अपील
अमेरिका प्रवेशमा रोकको आदेश उल्टाउने फैसलाविरुद्ध ट्रम्पको अपील
काठमाडौँ महानगरपालिकाको प्रमुखका उम्मेदवारले कहाँबाट गर्दैछन् मतदान ?
काठमाडौँ महानगरपालिकाको प्रमुखका उम्मेदवारले कहाँबाट गर्दैछन् मतदान ?

तपाईंले छुटाउनुभयो कि?