पूर्वराजदूत झा हत्या प्रकरणः कान्छाराम तामाङ पुर्पक्षका लागि जेल चलान

Abhiyanpost Abhiyanpost
|
बुधबार, भाद्र २५, २०७६
|
|
५८ पटक हेरिएको
Shares
पूर्वराजदूत झा हत्या प्रकरणः कान्छाराम तामाङ पुर्पक्षका लागि जेल चलान

सारांश

  • काठमाडौँ ।
  • जिल्ला अदालत काठमाडौँले पूर्वराजदूत केशवराज झा हत्या प्रकरणमा सुरक्षागार्ड कान्छाराम तामाङलाई थुनामा पठाउन आदेश दिएको छ ।
  • अदालतले बुधबार तामाङलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले पूर्वराजदूत केशवराज झा हत्या प्रकरणमा सुरक्षागार्ड कान्छाराम तामाङलाई थुनामा पठाउन आदेश दिएको छ । अदालतले बुधबार तामाङलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

तामाङ झण्डै एक दशकयता झाको घरमा कार्यरत थिए । उनले सुरक्षागार्डसँगै सेफको काम गर्दै आएका थिए ।

तामाङलाई गत साउन ३१ गते महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको हो । तामाङविरुद्ध झा पत्नी ज्ञानुले महानगरीय प्रहरी परिसर, टेकुमा किटानी जाहेरी दिएकी थिइन् ।

गत वर्ष भदौ ४ गते ८० वर्षीया झाको आफ्नै घरभित्र बन्द कोठामा छुरी प्रहार गरी हत्या भएको थियो । घटना लगत्तै, अनुसन्धानका लागि सुरक्षागार्ड तामाङसहित माली आइतेसिंह तामाङ र जयबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको थियो ।

तर, उनीहरु विरुद्ध प्रमाण नजुटेपछि तीनै जना छुटेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रिभुवन विमानस्थलबाट ११ किलो गाँजासहित तीन भारतीय नागरिक पक्राउ
त्रिभुवन विमानस्थलबाट ११ किलो गाँजासहित तीन भारतीय नागरिक पक्राउ
नदीकिनारका बस्ती हटाउन बालेनलाई बाटो खुल्यो
नदीकिनारका बस्ती हटाउन बालेनलाई बाटो खुल्यो
भन्सार प्रशासनलाई चुस्त बनाउन चेम्बरको माग
भन्सार प्रशासनलाई चुस्त बनाउन चेम्बरको माग
नेकपाको पदमा विवाद : लिएनन् तीन जिल्ला सचिवले सपथ
नेकपाको पदमा विवाद : लिएनन् तीन जिल्ला सचिवले सपथ
काउसो पन्छिएकोमा एमाले रमाउनुभन्दा पनि प्रवृत्ति पल्किएकोमा चिन्तित हुनुपर्छ ।
काउसो पन्छिएकोमा एमाले रमाउनुभन्दा पनि प्रवृत्ति पल्किएकोमा चिन्तित हुनुपर्छ ।
विकास लागि भौतिक पूर्वाधार क्षेत्रमा पर्याप्त लगानी आवश्यक छ : उपप्रधानमन्त्री श्रेष्ठ
देशभर १९ हजार जना डेंगुबाट संक्रमित
देशभर १९ हजार जना डेंगुबाट संक्रमित
कांग्रेसका उम्मेदवारःदेउवा सरकार ढाल्नेदेखि मुख्यमन्त्रीका दाबेदारसम्म
कांग्रेसका उम्मेदवारःदेउवा सरकार ढाल्नेदेखि मुख्यमन्त्रीका दाबेदारसम्म
फ्रेन्च लिग वानमा पिएसजीको लगातार चौथो जित
फ्रेन्च लिग वानमा पिएसजीको लगातार चौथो जित
फेरि प्रतिनिधिसभा विघटन गर्ने तयारीमा ओलीको संकेत !
फेरि प्रतिनिधिसभा विघटन गर्ने तयारीमा ओलीको संकेत !

तपाईंले छुटाउनुभयो कि?