नेकपाको पदमा विवाद : लिएनन् तीन जिल्ला सचिवले सपथ

Abhiyanpost Abhiyanpost
|
सोमबार, बैशाख १६, २०७६
|
|
३६ पटक हेरिएको
Shares
नेकपाको पदमा विवाद : लिएनन् तीन जिल्ला सचिवले सपथ

सारांश

  • काठमाडौं ।
  • नेकपाले देशैभर पद बाँडफाँड गर्दै एकता प्रक्रिया टुंगाएको छ ।
  • धनगढीमा भने पद बाँडफाँटप्रति असन्तुष्टि जनाउँदै नेकपाका तीनजना जिल्ला सचिवले शपथ लिएनन् ।

काठमाडौं । नेकपाले देशैभर पद बाँडफाँड गर्दै एकता प्रक्रिया टुंगाएको छ । धनगढीमा भने पद बाँडफाँटप्रति असन्तुष्टि जनाउँदै नेकपाका तीनजना जिल्ला सचिवले शपथ लिएनन् ।

नेकपा स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज भीम रावलले बाँकी ९ वटै जिल्लाका अध्यक्ष र सचिवलाई शपथ गराए ।

सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीमा भएको शपथ कार्यक्रममा डडेल्धुराका सचिवको जिम्मेवारी पाएका तारादत्त जोशी, बझाङका सचिव दिलबहादुर सिंह र दार्चुला सचिव रामदत्त जोशी सपथ लिन अस्विकार गरे ।

आफूहरूले मर्यादाविपरीत पद दिएको भन्दै शपथ लिन मानेनन् । तारादत्तले १० वर्षदेखि तत्कालीन एमालेको जिल्ला कमिटीको नेतृत्व गरिरहेको बताउँदै फेरि तल झारेपछि स्वीकार नगरेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?