विश्वकपमा ४८ देश सहभागी हुन पाउने

Abhiyanpost Abhiyanpost
|
मंगलबार, पौष २६, २०७३
|
|
१३४ पटक हेरिएको
Shares
विश्वकपमा ४८ देश सहभागी हुन पाउने

सारांश

  • अबको १० वर्षपछि विश्वको सर्वाधिक लोकप्रिय खेल फुटबलको विश्वकपमा ४८ देश सहभागी हुन पाउने छन्।
  • मंगलबार ज्युरिचमा बसेको फिफा कार्यसमितिको बैठकले सन् २०२६ को विश्वकपदेखि ४८ देश सहभागी हुन पाउने नयाँ नियमलाई अनुमोदन गरेको हो।
  • गत वर्ष फिफा अध्यक्षमा इटालीका जियानी इन्फान्टिनो विजयी भएपछि उनले विश्वकपमा ४८ देश समावेश गर्ने वकालत गर्दै आइरहेका थिए।

अबको १० वर्षपछि विश्वको सर्वाधिक लोकप्रिय खेल फुटबलको विश्वकपमा ४८ देश सहभागी हुन पाउने छन्। मंगलबार ज्युरिचमा बसेको फिफा कार्यसमितिको बैठकले सन् २०२६ को विश्वकपदेखि ४८ देश सहभागी हुन पाउने नयाँ नियमलाई अनुमोदन गरेको हो।

गत वर्ष फिफा अध्यक्षमा इटालीका जियानी इन्फान्टिनो विजयी भएपछि उनले विश्वकपमा ४८ देश समावेश गर्ने वकालत गर्दै आइरहेका थिए। इन्फान्टिनोले गत डिसेम्बरमा आयोजना भएको फिफा कंग्रेसमा पनि आफ्नो प्रस्ताव अगाडि सारेका थिए।

जसलाई मंगलबार कार्यसमितिले अनुमोदन गर्यो। नयाँ नियमअनुसार अब समूह चरणको खेलमा तीन टिमको सहभागिता हुनेछ भने सबै टोली १६ समूहमा विभाजन हुनेछन्। यसबाट छानेर आएका ३२ टोलीले नकआउट चरणको खेल खेल्ने छन्।

देशको संख्या बढ्ने वित्तिकै विश्वकपमा खेलको संख्या पनि बढ्ने छ। हाल ३२ टिम हुँदा ६४ वटा खेल हुने गथ्र्यो। अब ८० वटा खेल हुनेछ। खेलको संख्या बढेपनि विजेता टिमले अहिले जति नै ७ वटा खेल खेल्ने छ। विश्वकप समापन हुन ३२ दिन लाग्नेछ। आफ्नो व्यस्त तालिकाका कारण युरोपेली क्लबले फिफाको नयाँ प्रयोगको विरोध गर्दै आइरहेका थिए।

सन् १९९८ को विश्वकपमा ३२ टिम खेलाउने निर्णयको पनि त्यतिबेला विरोध भएको थियो। नयाँ प्रयोगले विश्वभरी फुटबल विकाश र विस्तारमा नयाँ आयाम थप्ने इन्फान्टिनोले विश्वास लिएका छन्।
विश्वकपको विस्तारले आयआर्जनमा पनि ठूलो लाभ हुने विश्वास गरिएको छ।

सन् १९३० -१३
१९३४ -१६
१९५० -१५
१९५४ -१६
१९८२ -२४
१९९८ -३२

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?