चीनतिर ‘ढल्कियो’ नेकपा, सि जिन पिङको विचारको ओली–दाहालद्वारा प्रशंसा

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आश्विन ७, २०७६
|
|
७६ पटक हेरिएको
Shares
चीनतिर ‘ढल्कियो’ नेकपा, सि जिन पिङको विचारको ओली–दाहालद्वारा प्रशंसा

सारांश

  • सत्तारूढ नेकपा चीनतिर ढल्किएको छ।
  • चिनियाँ कम्युनिस्ट पार्टीले अवलम्बन गर्दै आएको ‘सी चिनफिङ विचारधारा’ बारे दुवै देशका कम्युनिस्ट पार्टीले काठमाडौंमा छलफल गरी भाइचारा सम्बन्ध स्थापना गर्ने घोषणा गरेका हुन्।
  • दुई पार्टीले एकअर्काका विचार, सिद्धान्त र प्रयोगलाई बुझ्ने तथा समाजवादको दिशातिर जाने रणनीतिक योजनाबारे छलफल चलाएका छन्।

सत्तारूढ नेकपा चीनतिर ढल्किएको छ। चिनियाँ कम्युनिस्ट पार्टीले अवलम्बन गर्दै आएको ‘सी चिनफिङ विचारधारा’ बारे दुवै देशका कम्युनिस्ट पार्टीले काठमाडौंमा छलफल गरी भाइचारा सम्बन्ध स्थापना गर्ने घोषणा गरेका हुन्। दुई पार्टीले एकअर्काका विचार, सिद्धान्त र प्रयोगलाई बुझ्ने तथा समाजवादको दिशातिर जाने रणनीतिक योजनाबारे छलफल चलाएका छन्।

आगामी दिनमा दुई देशका केन्द्रीय पार्टी स्कुलमा प्रयोग गरिने पाठ्यक्रमको तयारी र अध्यापन विधि, नेता कार्यकर्ताको द्विपक्षीय अध्ययन भ्रमणमार्फत अनुभव आदानप्रदान गर्ने अवसरको सिर्जना गर्ने प्रतिबद्धता दुवै पार्टीका नेताहरूले गरेका छन्।

नेकपा स्कुल विभाग र चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागले काठमाडौंमा संयुक्त रूपमा औपचारिक कार्यक्रम आयोजना गरी एकअर्कालाई सहयोग गर्ने नीति प्रस्ट्याएका हुन्। दुई दिनसम्म चल्ने अन्तरक्रियामा नेकपाका झन्डै तीन सय र चिनियाँ कम्युनिस्ट पार्टीका ४० जना नेता सहभागी छन्।

कम्युनिस्ट पार्टी स्थापनाको झन्डै १०० वर्ष, जनवादी गणतन्त्र चीन स्थापनाको ७० औं वर्ष र चिनियाँ राष्ट्रपतिको हुन लागेको आसन्न नेपाल भ्रमणको पूर्वसन्ध्यामा दुई पार्टीबीच विकसित भइरहेको सम्बन्धले नेकपा चीनतिर ढल्किएको स्पष्ट हुन्छ।

अन्तरक्रिया उद्घाटन गर्दै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले दुई पार्टीबीचको विचारधारात्मक छलफलले नयाँ थालनी गरेको भन्दै चिनियाँ कम्युनिस्ट पार्टीको नीति कार्यक्रमको प्रशंसा गरेका थिए। अन्नपुर्ण पोष्टबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?