प्रहरी प्रमुख खनाललाई गृहमन्त्री थापाको निर्देशन–निष्पक्ष छानवीनका लागि कसैको दवाव नसुन्नुस्

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आश्विन १४, २०७६
|
|
५८ पटक हेरिएको
Shares
प्रहरी प्रमुख खनाललाई गृहमन्त्री थापाको निर्देशन–निष्पक्ष छानवीनका लागि कसैको दवाव नसुन्नुस्

सारांश

  • नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनाललाई गृहमन्त्री रामबहादुर थापा बादलले अचानक बोलाए ।
  • उनले दिउँसो खनाललाई बोलाएर निवर्तमान सभामुख कृष्णबहादुर महरा मुछिएको महिलामाथिको जर्बजस्ती घटनाबारे प्रारम्भिक अनुसन्धानबारे जानकारी लिए ।
  •  आइजीपीले घटनाबारे ब्रिफिङ गरेपछि गृहमन्त्री बादलले गल्ती गर्ने कसैलाई नछाड्न निर्देशन दिएको बुझिएको छ ।

नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनाललाई गृहमन्त्री रामबहादुर थापा बादलले अचानक बोलाए । उनले दिउँसो खनाललाई बोलाएर निवर्तमान सभामुख कृष्णबहादुर महरा मुछिएको महिलामाथिको जर्बजस्ती घटनाबारे प्रारम्भिक अनुसन्धानबारे जानकारी लिए । आइजीपीले घटनाबारे ब्रिफिङ गरेपछि गृहमन्त्री बादलले गल्ती गर्ने कसैलाई नछाड्न निर्देशन दिएको बुझिएको छ ।

गृह स्रोतका अनुसार गृहमन्त्रीले कोही नफसोस् र कोही दोषीले उन्मुक्ति नपाओस् भन्दै अनुसन्धानमा अगाडि बढ्न निर्देशन दिए । घटनाको छानविन कसरी अगाडि बढाउने भन्नेबारे आइजीपी सर्वेन्द्र खनालसँग गृहमन्त्री थापाले छलफल गरेका हुन् । उनले घटनाबारे प्रारम्भिक जानकारी लिएपछि महराको संलग्नता छ वा छैन भन्नेबारे समेत प्रारम्भिक जानकारी लिएको बुझिएको छ ।

प्रहरी स्रोतका अनुसार बादलले आइजीपी खनाललाई घटनाको निष्पक्ष छानविनका लागि कुनै दबाब नसुन्न निर्देशन दिएका छन् । गल्ती गर्ने आफ्नै भाईलाई समेत नछाडेको उदाहरण दिंदै बादलले दोषी भए महराले पनि उन्मुक्ति नपाउने तर उनलाई फसाइएको भए त्यसबारे समेत गम्भीरतापूर्वक छानविन गर्न निर्देशन दिएका छन् ।

गृहमन्त्रीको निर्देशनलगत्तै प्रहरीले अनुसन्धानलाई गति दिइसकेको छ । अब यो घटना प्रहरीको अनुसन्धानको दायराभित्र परेको छ । घटनास्थलको सुरक्षा गरि सकिएको छ र घटनाबारे बाहिर आएको विषयलाई दृष्टिगत गरी प्रहरीको प्रारम्भिक अनुसन्धान अगाडि बढिसकेको छ । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि संसद भवनकी कर्मचारीले लगाएको

जर्बजस्तीको आरोप मिडियाबाट बाहिर नआउँदै प्रहरीले आफ्नो तर्फबाट अनुसन्धान अगाडि बढाइसकेको थियो । आइतबार साँझ घटना घटेलगत्तै पीडित भनिएकी महिलाले प्रहरी हटलाइनबाट टेलिफोन गरेकी थिइन् । त्यसका आधारमा प्रहरी त्यहाँ पुगेको बुझिएको छ । महिलालाई प्रहरीले किटानी जाहेरी दिन भनेपनि अस्वीकार गरेको प्रहरीको भनाई छ ।

तीनकुनेस्थित महिला बस्ने गरेको कोठाको प्रकृति अवलोकन गरिसकिएको छ । घटनास्थल भनिएको ठाउँको प्रमाणको सुरक्षा समेत गरिसकिएको बुझिएको छ । आइतबार साँझबाट प्रहरीको उच्च तहमा घटनाबारे सूचना पुगिसकेपनि घटना मिडियामार्फत् बाहिर आएपछि गम्भीर बन्यो । घटनास्थलमा भेटिएको चश्मा र जुत्ता पनि नियन्त्रणमा लिइएको बुझिएको छ ।

त्यबाहेक अन्य अवस्थाबारे समेत प्रारम्भिक बयान लिइएको छ । महिलाले आइतबार साँझ किटानी जाहेरी दिन नमानेको भनिएपनि मंगलबार दिने तयारी गरेकी छिन् । अब उनको स्वास्थ्य परीक्षण हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तनहुँमा रामचन्द्र पौडेल करिब १३ सय मतले पछि परे
तनहुँमा रामचन्द्र पौडेल करिब १३ सय मतले पछि परे
गर्भवति छोरी र ज्वाइँलाई बाबुले जिउँदै जलाए
गर्भवति छोरी र ज्वाइँलाई बाबुले जिउँदै जलाए
रोनाल्डो र मेसीका कारण एक जोडीको १६ वर्ष लामो सम्बन्ध टुंगियो
रोनाल्डो र मेसीका कारण एक जोडीको १६ वर्ष लामो सम्बन्ध टुंगियो
रोहित अन्तराष्ट्रिय टी–२० मा सबै भन्दा धेरै छक्का प्रहार गर्ने ब्याट्सम्यास, क्रिस गेलको रेकर्ड तोडे
रोहित अन्तराष्ट्रिय टी–२० मा सबै भन्दा धेरै छक्का प्रहार गर्ने ब्याट्सम्यास, क्रिस गेलको रेकर्ड तोडे
दीपकराज गिरी भन्छन :मरेर जाने मान्छे मरेर गए तर म छिनछिनमा मरिरहेछु
दीपकराज गिरी भन्छन :मरेर जाने मान्छे मरेर गए तर म छिनछिनमा मरिरहेछु
अन्त:त सहमतिबाट पछि हट्याे भारत !
अन्त:त सहमतिबाट पछि हट्याे भारत !
छाडा, अश्लील खालका वेभसाइट बन्द हुने
छाडा, अश्लील खालका वेभसाइट बन्द हुने
”धेरै टाढा” बाट पाच बर्षमा फर्किए मदन
”धेरै टाढा” बाट पाच बर्षमा फर्किए मदन
महत सहभागी कार्यक्रममा झडप, ४७ राउन्ड गोली प्रहार, एक प्रहरीसहित सात घाइते f
महत सहभागी कार्यक्रममा झडप, ४७ राउन्ड गोली प्रहार, एक प्रहरीसहित सात घाइते f
ढल्केबर–मुजफ्फरपुरबाट थप दुई सय मेगावाट बिजुली लैजान भारत सहमत
ढल्केबर–मुजफ्फरपुरबाट थप दुई सय मेगावाट बिजुली लैजान भारत सहमत

तपाईंले छुटाउनुभयो कि?