सुरक्षाकर्मीबाट लुकाइछिपाई सीमा नाकाबाट पटका भित्रिदै

Abhiyanpost Abhiyanpost
|
मंगलबार, कार्तिक ५, २०७६
|
|
५४ पटक हेरिएको
Shares
सुरक्षाकर्मीबाट लुकाइछिपाई सीमा नाकाबाट पटका भित्रिदै

सारांश

  • हिन्दूहरुको महानचाड दशैँ सकिएलगत्तै तिहारपर्वलाई लक्षित गरी तस्करहरुले पर्सा तथा बारा जिल्लाको विभिन्न नाकाबाट पटका भित्र्याउन थालेका छन् ।
  • नेपाल भारतबीच रहेको खुल्ला नाकाको फाइदा उठाउँदै तस्करले सो नाकामा रहेका सुरक्षाकर्मीबाट लुकाइछिपाई ठूलो परिमाणमा पटका भित्र्याउने गरेका छन् ।
  • तस्करहरुले पर्साको भिस्वा, सिकटा, भेलाई, इनर्वा, ठोरी, सिर्सिया तथा बारा जिल्लाको मटिअर्वा, सिम्रोनगढ, कचौर्वालगायतका नाकाबाट पटका ल्याउने गरेको देखिन्छ ।

हिन्दूहरुको महानचाड दशैँ सकिएलगत्तै तिहारपर्वलाई लक्षित गरी तस्करहरुले पर्सा तथा बारा जिल्लाको विभिन्न नाकाबाट पटका भित्र्याउन थालेका छन् ।नेपाल भारतबीच रहेको खुल्ला नाकाको फाइदा उठाउँदै तस्करले सो नाकामा रहेका सुरक्षाकर्मीबाट लुकाइछिपाई ठूलो परिमाणमा पटका भित्र्याउने गरेका छन् ।तस्करहरुले पर्साको भिस्वा, सिकटा, भेलाई, इनर्वा, ठोरी, सिर्सिया तथा बारा जिल्लाको मटिअर्वा, सिम्रोनगढ, कचौर्वालगायतका नाकाबाट पटका ल्याउने गरेको देखिन्छ । प्रहरीले थोरै मात्रामा पटका समाते पनि तस्करले सीमा नाकामा रहेका प्रहरीलाई आफनो पक्षमा पारेर पटकाको व्यापक तस्करी गर्ने गरेको छ ।

कयारियरवालाहरुले भारतको रक्सौललगायतका भारतीय बजारबाट ती पटका वीरगञ्ज, कलैयालगायतका नेपाली बजारसम्म पु¥याएरबापत सम्बन्धित व्यापारीसँग ५० प्रतिशत तथा काठमाडौँसम्म पु¥याएबापत अधिकत्तम २०० सय प्रतिशतसम्म लिने गरेको वीरगञ्जस्थित मीनाबजारमा भेटिएका एक तस्करले नाम उल्लेख नगर्ने सर्तमा राससलाई बताएका छन् ।

ती कयारियरवालाले सीमा क्षेत्रमा रहेका सुरक्षाकर्मीलाई आफ्नो पक्षमा पारेर भारतबाट विभिन्न समान ल्याउँदा त्यसभित्र पटका लुकाएर ल्याउने गरेको बताएका छन् । अति प्रज्वलनशील पदार्थको रुपमा रहेको पटका नेपाल भित्रिने गरेको बारे प्रहरी अधिकारीले अस्वीकार गरेका छन् तर सीमा नाकामा प्रहरीहरुले भेटाएसम्म पटका भने समात्ने गरेको दाबी गर्दै आएका छन् खासगरी भारतबाट आउने मालबाहक सवारीसाधन जीप, कार, टागाजस्ता गाडीमा पटका लुकाइछिपाई ल्याउने गरेको देखिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश ५ को प्रदेश कानून मस्यौदासम्बन्धी आदेश स्वीकृत : प्रवक्तामा चौधरी
प्रदेश ५ को प्रदेश कानून मस्यौदासम्बन्धी आदेश स्वीकृत : प्रवक्तामा चौधरी
बाजुरामा भूकम्पको धक्का
काठमाडौँमा ४०८ सहित देशैभर १०४१ जनालाई कोरोना संक्रमण पुष्टि
काठमाडौँमा ४०८ सहित देशैभर १०४१ जनालाई कोरोना संक्रमण पुष्टि
“पशुपति शमशेर राजनिति हिसावमा अार्यघाट लगिसकेकाे मान्छे हाे”-रेशम लामा
“पशुपति शमशेर राजनिति हिसावमा अार्यघाट लगिसकेकाे मान्छे हाे”-रेशम लामा
बाग्लुङमा जीप आठ सय मिटर तल खस्यो : ४ जनाको मृत्यु, २ को अवस्था गम्भीर
बाग्लुङमा जीप आठ सय मिटर तल खस्यो : ४ जनाको मृत्यु, २ को अवस्था गम्भीर
नारायणीको सतहले खतराको विन्दु पार गर्यो
नारायणीको सतहले खतराको विन्दु पार गर्यो
रोट्रयाक्ट क्लव अफ वुद्धभुमी गठन
रोट्रयाक्ट क्लव अफ वुद्धभुमी गठन
संविधान दिवसमा सारङ्गी–आर्केष्टा प्रस्तुत हुँदै
संविधान दिवसमा सारङ्गी–आर्केष्टा प्रस्तुत हुँदै
संविधान बनाउँदा नेपाली कांग्रेसका नेता गाँजा खाएर बसेका थिए ? (चर्काचर्की भिडियो)
संविधान बनाउँदा नेपाली कांग्रेसका नेता गाँजा खाएर बसेका थिए ? (चर्काचर्की भिडियो)
म्याकफूड कम्पनीमा कार्यरत नेपालीले धुर्मुश सुन्तली फाउन्डेसनलाइ सहयोग
म्याकफूड कम्पनीमा कार्यरत नेपालीले धुर्मुश सुन्तली फाउन्डेसनलाइ सहयोग

तपाईंले छुटाउनुभयो कि?