संघीय समाजवादी फोरम र नेकपा माओवादी कम्युनिष्ट केन्द्रबीच एकीकरण

Abhiyanpost Abhiyanpost
|
सोमबार, माघ ७, २०७५
|
|
५० पटक हेरिएको
Shares
संघीय समाजवादी फोरम र नेकपा माओवादी कम्युनिष्ट केन्द्रबीच एकीकरण

सारांश

  • काठमाडौं।
  • संघीय समाजवादी फोरम नेपालमा नेपाल कम्युनिष्ट पार्टी  (माओवादी– कम्युनिष्ट केन्द्र) एकीकरण भएको छ।
  • फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेकपा कम्युनिष्ट केन्द्रका संयोजक केशव दाहाललाई टिका र खादा लगाएर पार्टीमा प्रवेश गराएका हुुन्।
काठमाडौं। संघीय समाजवादी फोरम नेपालमा नेपाल कम्युनिष्ट पार्टी  (माओवादी– कम्युनिष्ट केन्द्र) एकीकरण भएको छ। फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेकपा कम्युनिष्ट केन्द्रका संयोजक केशव दाहाललाई टिका र खादा लगाएर पार्टीमा प्रवेश गराएका हुुन्। 
सोमबार काठमाडौंमा आयोजित पार्टी एकीकृत घोषणा कार्यक्रममा नेकपा कम्युनिष्ट केन्द्रका संयोजक दाहालसँगै सयौंको संख्याका रहेका नेता कार्यकर्ता फोरम नेपालमा आबद्ध भएका छन्। गतसाता मात्रै दुुई वटा छुट्टाछुट्टै कम्युनिष्ट पार्टी फोरम नेपालमा प्रवेश गरेका थिए। 
फोरम नेपालमा एकीकृत भएका नेता कार्यकर्ताहरुलाई स्वागत गर्दै उपप्रधान तथा स्वास्थ्य मन्त्री समेत रहेका अध्यक्ष यादवले मुलुकमा संघीय समाजवादी फोरम नेपालको विकल्प नै नरहेको दाबी गरेका छन्। 
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसले जनताको परिवर्तनको एजेन्डा छाडिसकेकोले फोरम नेपालप्रति आमजनताको विश्वास र अपेक्षा बढ्दै गएको बताए। 
आजदेखि औपचारिक रुपमा फोरम नेपालसँग जोडिएका दाहालले सर्वहारा जनताको अधिकार, संघीयता र पहिचानको मुद्दालाई फोरम नेपालले बलियो ढंगले उठाएकोले यसमा आबद्ध भएको प्रतिक्रिया दिएका छन् । 
दाहालले आफू  केशव दाहाल संयोजक रहेको नेकपा कम्युनिष्ट केन्द्र यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको नीति सिद्यान्तप्रति असन्तुुष्टि जनाउँदै छुट्टिएको थियो । तत्कालिन नेकपा माओवादी शान्ति प्रक्रियामा गएपछि २०६२ सालमा केशव दाहालको नेतृत्वमा सो टिम विभाजित भई छुट्टै पार्टीको रुपमा क्रियाशील रहँदै आएको थियो । 
 
प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ललिता निवास प्रकरण: पूर्वप्रधानमन्त्रीहरूको बयानबारे सीआईबीको तयारी कहाँ पुग्यो?
ललिता निवास प्रकरण: पूर्वप्रधानमन्त्रीहरूको बयानबारे सीआईबीको तयारी कहाँ पुग्यो?
नेकपामाथि खनिइन् सरिता गिरी
नेकपामाथि खनिइन् सरिता गिरी
साढे ९ लाख बराबरको अवैध सामान  बरामद
साढे ९ लाख बराबरको अवैध सामान बरामद
इजरायलमा नेतन्याहू युगको अन्त्य, विपक्षी नेता गान्जलाई सरकार बनाउन निमन्त्रणा
इजरायलमा नेतन्याहू युगको अन्त्य, विपक्षी नेता गान्जलाई सरकार बनाउन निमन्त्रणा
विश्वराज पोखरेललाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय
विश्वराज पोखरेललाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय
निर्वाचनकाे मुखमा राजपामा विवाद, बहुराष्ट्रवादको विषयले बढायाे असन्तुष्टि, शीर्ष नेता अाराेप–प्रत्याराेपमा
निर्वाचनकाे मुखमा राजपामा विवाद, बहुराष्ट्रवादको विषयले बढायाे असन्तुष्टि, शीर्ष नेता अाराेप–प्रत्याराेपमा
नेपालमा कोरोना परास्त गर्नेको संख्या २० हजार माथि
रुद्राक्षले उकास्दै जीवनस्तर, कुनै बेला पैसाका लागि मृगौला समेत बेचेकी महिलाको कथा
रुद्राक्षले उकास्दै जीवनस्तर, कुनै बेला पैसाका लागि मृगौला समेत बेचेकी महिलाको कथा
गाउँपालिका, नगरपालिकामा पनि नेकपाको संसदीय दल
गाउँपालिका, नगरपालिकामा पनि नेकपाको संसदीय दल
लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुन्छ : सभापति देउवा
लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुन्छ : सभापति देउवा

तपाईंले छुटाउनुभयो कि?