एनफिल्डमा गोलको वर्षा, पेनाल्टीमा लिभरपुलले मार्‍यो बाजी

Abhiyanpost Abhiyanpost
|
बिहिबार, कार्तिक १४, २०७६
|
|
५८ पटक हेरिएको
Shares
एनफिल्डमा गोलको वर्षा, पेनाल्टीमा लिभरपुलले मार्‍यो बाजी

सारांश

  • एजेन्सी ।
  • प्रिमियर लिग लिडर लिभरपुल काराबाओ कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
  •  बुधबार राति भएको खेलमा आर्सनललाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै लिभरपुल क्वाटरफाइनलमा पुगेको हो ।

एजेन्सी । प्रिमियर लिग लिडर लिभरपुल काराबाओ कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा आर्सनललाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै लिभरपुल क्वाटरफाइनलमा पुगेको हो ।

एनफिल्डमा भएको रोमान्चक खेलमा निर्धारित समय ५–५ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा लिभरपुलले बाजी मार्यो ।

पेनाल्टीमा डानियल सेबालोस चुक्दा आर्सनल प्रतियोगिताबाट बाहिरिन पुग्यो । पेनाल्टीमा आर्सनलका लागि हेक्टर बर्लिन,माटियो गुएन्डोजी, गाब्रियल मार्टिनेली र ऐन्स्ले मैट्ल्याण्ड निल्सले गोल गरेका थिए ।

लिभरपुलका लागि पेनाल्टीमा जेम्स मिल्नर, एडम लालना, रिहान ब्रेव्स्टर, डिभोक ओरिगी र कुर्टिस जोन्सले गोल गरेका थिए ।

पेनाल्टीअघि खेलको छैटौं मिनेटमा मुस्ताफीको आत्मघाती गोलबाट लिभरपुलले अग्रता बनाएको थियो । ११ औं मिनेटमा लुकास ट्रोएरिराले गोल गर्दै आर्सनललाई १–१ गोलको बराबरीमा ल्याए ।

खेलको २६ औं र ३५ औं मिनेटमा मार्टिनेलीले दुई गोल गर्दै आर्सनललाई ३–१ को अग्रता दिलाए । ४३ औं मिनेटमा जेम्स मिल्नरले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई ३–२ को स्थितिमा ल्याए ।

खेलको ५४ औं मिनेटमा मैट्ल्याण्ड निल्सले गोल गर्दा आर्सनल ४–२ ले अघि रह्यो । ५८ औं मिनेटमा लिभरपुलका एलेक्स चेम्बरलिनले गोल गर्दै खेल ४–३ मा ल्याए । ६२ औं मिनेटमा ओरिगीले गोल गर्दा लिभरपुलले ४–४ को बराबरी बनाउन सफल भयो ।

खेलको ७० औं मिनेटमा जोसेप विलकले गोल गर्दै आर्सनललाई ५–४ को अग्रता दिलाए । तर, खेलको अन्तिम समयमा ओरिगीले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ५–५ गोलको बराबरीमा फर्काएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हेर्नुस् रेडक्रस सोसाइटीको मनपरि, राज्यलाई छलेर ५ अर्ब खर्च
हेर्नुस् रेडक्रस सोसाइटीको मनपरि, राज्यलाई छलेर ५ अर्ब खर्च
सशस्त्र प्रहरीद्वारा १०१ किलोमिटर सीमाक्षेत्र शिल
सशस्त्र प्रहरीद्वारा १०१ किलोमिटर सीमाक्षेत्र शिल
यी हुन् नेपाली पत्रकारहरुलाई अस्वीकार्य मुलुकी संहिताका बुँदा
यी हुन् नेपाली पत्रकारहरुलाई अस्वीकार्य मुलुकी संहिताका बुँदा
‘हिरासतमा पानीपट्टी लगाई चरम यातना दिएर मैले नै गराएको भन्न वाध्य पारियो’ – दिलिपसिंह विष्ट
‘हिरासतमा पानीपट्टी लगाई चरम यातना दिएर मैले नै गराएको भन्न वाध्य पारियो’ – दिलिपसिंह विष्ट
सरकारको नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट पारित
सरकारको नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट पारित
नेपालमा मानव बेचबिखनका घटना बढ्दाे, यस्ताे छ कारण !
नेपालमा मानव बेचबिखनका घटना बढ्दाे, यस्ताे छ कारण !
डेनमार्क विश्वकप फुबटलका लागि छनोट
डेनमार्क विश्वकप फुबटलका लागि छनोट
म्यानमार पुर्याई बन्धक बनाएर अनलाइन स्क्यामिङ गराउने चिनियाँ नागरिक पक्राउ
म्यानमार पुर्याई बन्धक बनाएर अनलाइन स्क्यामिङ गराउने चिनियाँ नागरिक पक्राउ
बाबुरामको नयाँ शक्तीमा हालसम्म कै ठुलो पहिरो, यी केन्द्रिय नेताले गर्दैछन् माओवादी प्रबेश…
बाबुरामको नयाँ शक्तीमा हालसम्म कै ठुलो पहिरो, यी केन्द्रिय नेताले गर्दैछन् माओवादी प्रबेश…
प्रधानन्यायाधीशको सुनुवाई प्रक्रिया थालियो, उजुरीकर्तालाई वैठकमा जान नदिइने
प्रधानन्यायाधीशको सुनुवाई प्रक्रिया थालियो, उजुरीकर्तालाई वैठकमा जान नदिइने

तपाईंले छुटाउनुभयो कि?