किबी खेतीप्रति कृषक आकर्षित

Abhiyanpost Abhiyanpost
|
सोमबार, मंसिर २, २०७६
|
|
५६ पटक हेरिएको
Shares
किबी खेतीप्रति कृषक आकर्षित

सारांश

  • पछिल्लो समय जिल्लाका कृषक व्यावसायिक किबी खेतीप्रति आकर्षित बन्दै गएका छन् ।
  • बजारमा उपभोक्ताको बढ्दो माग र कम मेहनतमै पर्याप्त उत्पादन हुने भएपछि जिल्लाका कृषक व्यावसायिक किबी खेतीप्रति आकर्षित बन्दै गएका हुन् ।
  • विसं २०६८ बाट किबीको व्यावसायिक खेती शुरु गरिएको जिल्लामा अहिले अधिकांश क्षेत्रका कृषकले आ–आफ्नो क्षेत्रमा व्यावसायिक खेती शुरु गरेका छन् ।

पछिल्लो समय जिल्लाका कृषक व्यावसायिक किबी खेतीप्रति आकर्षित बन्दै गएका छन् । बजारमा उपभोक्ताको बढ्दो माग र कम मेहनतमै पर्याप्त उत्पादन हुने भएपछि जिल्लाका कृषक व्यावसायिक किबी खेतीप्रति आकर्षित बन्दै गएका हुन् । विसं २०६८ बाट किबीको व्यावसायिक खेती शुरु गरिएको जिल्लामा अहिले अधिकांश क्षेत्रका कृषकले आ–आफ्नो क्षेत्रमा व्यावसायिक खेती शुरु गरेका छन् । आफ्नो खाली रहेको जग्गा तथा भाडामा लिएर व्यावसायिक किबी खेतीमा लामो समय विदेश बसेका तथा गाउँमा बेरोजगार बसेका युवाहरुको लहर नै चलेको छ ।

दश स्थानीय तह रहेको जिल्लामा केपिलासगढी गाउँपालिका–१ फेदीका युवा कृषक धनकुमार राईले जिल्लामै पहिलोपटक किबीको व्यावसायिक खेती शुरु गर्नुभएको थियो । पहिलो वर्ष ४३३ केजी किबी उत्पादन गर्नुभएका युवा कृषक राईले यस वर्ष दुई हजार १०० केजी उत्पादन गर्नुभएको छ । रोपेको करिब चार÷पाँच वर्षमा मात्र फल दिने किबीले राईले लगाउनुभएको बगानमा तीन वर्षमै उत्पादन दिन थालेको थियो । राईले उत्पादन गर्नुभएको किबी प्रतिकेजी रु २०० देखि रु ३०० सम्ममा घरैबाट बिक्री भइरहेको छ ।

एउटै बोटबाट निरन्तर ५० वर्षसम्म उत्पादन दिने किबीको बिरुवासमेत राई आफँैले उत्पादन गरेर बिक्री गर्दै आउनुभएको छ । किबीको बिरुवा बिक्रीबाट मात्रै वार्षिक रु १५ लाख बढी आम्दानी हुने गरेको कृषक राईले बताउनुभयो । राईले उत्पादन गर्नुभएको बिरुवा प्रतिगोटा रु ३०० मा घरबाटै बिक्री हुने गरेको जनाइएको छ । जिल्लामा किबीको व्यावसायिक खेती शुरु गर्ने कृषकको सङ्ख्या दिनानुदिन बढ्दै गएकाले मागअनुसार बिरुवा उत्पादन गर्न गाह्रो भएको राईको भनाइ छ । विसं २०६७ साल माघमा दश रोपनी जग्गामा १२५ बोटबिरुवा रोपेर व्यावसायिक खेती शुरु गर्नुभएका कृषक राईले यस वर्ष मात्रै रु २१ लाख ६० हजार आम्दानी गर्नुभएको छ ।

रहरैरहरमा किबी खेती शुरु गर्नुभएका राईका लागि अहिले किबीको फल तथा बिरुवा नै आम्दानीको आकर्षक माध्यम बनेको छ । एउटा वयस्क किबीको बोटमा १०० देखि १५० केजीसम्म फल उत्पादन हुने गरेको युवा कृषक राईले बताउनुभयो । “बजार मूल्यमा अन्य फलफूलभन्दा किबी धेरै महङ्गो छ”, उहाँले भन्नुभयो, “आफूले उत्पादन गरेको किबी बजार पु¥याएपछि चाख्नकै लागि भए पनि उपभोक्ताले खरिद गर्ने गरेका छन् ।” धनकुमार जस्तै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ का शुभचन्द्र राईले किबीको बिरुवा बिक्री गरेर लोभलाग्दो आम्दानी गरिरहनुभएको छ । विगत पाँच वर्षदेखि किबीको निरन्तर नर्सरी उत्पादन गर्दै आउनुभएका राईले वार्षिकरूपमा रु छ लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजार नजिक पर्ने नेर्पाको तालखर्कमा २० रोपनी जग्गामा किबी खेती लगाउनुभएका राईले उत्पादन गर्नुभएको किबीको बिरुवा प्रतिगोटा रु ३५० मा बिक्री गर्दै आउनुभएको छ । कानूनमा स्नातक तथा समाजशास्त्र र राजनीतिक शास्त्रमा स्नातकोत्तर गर्नुभएका राईले यस वर्ष गोल्डेन, हेवार्ड र रेड प्रजातिका बिरुवा उत्पादन गर्दै आउनुभएको छ । चार वर्ष अगाडि २०७२ साल माघमा ४० रोपनी जग्गामा ३५० बोट किबीको बिरुवा रोप्नुभएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ का दोर्जी शेर्पाले पहिलो वर्ष नै दुई हजार २०० केजी उत्पादन गर्नुभएको छ । शेर्पाले उत्पादन गर्नुभएको किबी दिक्तेलबजार, हलेसी र काठमाडौँमा बिक्री भइरहेको जनाइएको छ ।

कलमी बिरुवा रोपिएको किबीले उत्पादन दिन थालेको पहिलो वर्ष नै रु छ लाख ६० हजारभन्दा बढी आम्दानी भएको शेर्पाले बताउनुभयो । “किबी खेतीलाई अन्य बालीजस्तो दैनिकरूपमा हेरचाह गरिरहनुपर्दैन रहेछ १”, उहाँले भन्नुभयो, “कम मिहिनेनतमा बढी आम्दानी दिने हुँदा यस वर्ष थप विस्तार गर्ने तयारीमा लागेको छु ।” छदेखि आठ मिटरको दूरीमा रोपिने किबीलाई अन्य बालीनालीलाई भन्दा कम मिहिनेत गर्दा पनि पर्याप्त उत्पादन दिने र किबी खेती गरिएको क्षेत्रभित्र अन्य बालीनाली लगाएर दोहोरो फाइदा लिनसमेत सकिने कृषकले बताएका छन् ।

समुद्री सतहबाट दुई हजार ५०० मिटरमाथि अर्थात् सुन्तला फल्ने क्षेत्रभन्दा माथि र स्याउ फल्ने क्षेत्रभन्दा तल्लो क्षेत्रमा किबी खेती गर्न उपयुक्त भूगोल मानिन्छ । ब्रुनो र मन्टी प्रजातिको किबीसमेत उत्पादन हुँदै आएको जिल्लामा सबैभन्दा बढी हेवार्ड र रेड प्रजातिको किबीको राम्रो सम्भावना रहेको कृषि विज्ञहरुले बताएका छन् । किबीलाई प्रशस्त पानीको स्रोत र चिस्यान भएको ठाउँ उपयुक्त हुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देउवा, ओली र प्रचण्डबीच वार्ता सुरु,चुनाव र विवादित राष्ट्रिय सभाका विषयमा छलफल हुने
देउवा, ओली र प्रचण्डबीच वार्ता सुरु,चुनाव र विवादित राष्ट्रिय सभाका विषयमा छलफल हुने
ओली(मोदीले गरे विराटनगर(जोगवनी इन्टिग्रेटेड चेक पोस्ट उद्घाटन)
ओली(मोदीले गरे विराटनगर(जोगवनी इन्टिग्रेटेड चेक पोस्ट उद्घाटन)
प्रमोद खरेलको स्वरमा रहेको गीत ‘अर्कैको सिन्दुर लायौ’को भिडियो सार्वजनिक
प्रमोद खरेलको स्वरमा रहेको गीत ‘अर्कैको सिन्दुर लायौ’को भिडियो सार्वजनिक
देउवा सरकारले ल्याएको ‘कर्मचारी स्वेच्छिक अवकास’ ओली सरकारलाई निल्नु न ओकल्नु
देउवा सरकारले ल्याएको ‘कर्मचारी स्वेच्छिक अवकास’ ओली सरकारलाई निल्नु न ओकल्नु
Tips to Quit Smoking,
Tips to Quit Smoking,
साउन २९ गतेभित्र प्रदेश नं. २ को उम्मेदवार टुंगो लगाउन निर्देशन
साउन २९ गतेभित्र प्रदेश नं. २ को उम्मेदवार टुंगो लगाउन निर्देशन
चंकी पाण्डेकी छोरी अनन्या सँग रोमान्स गर्दै भेटिय अभिनेता कार्तिक आर्यन  !
चंकी पाण्डेकी छोरी अनन्या सँग रोमान्स गर्दै भेटिय अभिनेता कार्तिक आर्यन !
देशभर मौसम बदलीः भारी वर्षााको सम्भावना
देशभर मौसम बदलीः भारी वर्षााको सम्भावना
पाम आयल आयातमा प्रतिबन्ध खुलाउन भारतलाई पत्र
पाम आयल आयातमा प्रतिबन्ध खुलाउन भारतलाई पत्र
नवरात्रको छैटौं दिन : कात्यायनीे देवीको पूजा आराधना गरिँदै
नवरात्रको छैटौं दिन : कात्यायनीे देवीको पूजा आराधना गरिँदै

तपाईंले छुटाउनुभयो कि?