मन्त्रालयबाट विदा भएपछि ट्याक्सी चढेर घर गए विष्ट

Abhiyanpost Abhiyanpost
|
बिहिबार, मंसिर ५, २०७६
|
|
६५ पटक हेरिएको
Shares
मन्त्रालयबाट विदा भएपछि ट्याक्सी चढेर घर गए विष्ट

सारांश

  • काठमाडाैं।
  • निवर्तमान श्रम तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट ट्याक्सी चढेर सिंहदरबारबाट घरतर्फ प्रस्थान् गरेका छन् ।
  • हिजामात्रै बर्खास्तमा परेका निवर्तमान मन्त्री विष्ट आज सिंहदरबार पुगेर नवनियुक्त मन्त्री रामेश्वर राय यादवलाई बधाई तथा शुभकामना दिएका थिए ।

काठमाडाैं। निवर्तमान श्रम तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट ट्याक्सी चढेर सिंहदरबारबाट घरतर्फ प्रस्थान् गरेका छन् । हिजामात्रै बर्खास्तमा परेका निवर्तमान मन्त्री विष्ट आज सिंहदरबार पुगेर नवनियुक्त मन्त्री रामेश्वर राय यादवलाई बधाई तथा शुभकामना दिएका थिए ।

उनले मन्त्रालयमा कार्यरत कर्मचारीलाई पनि धन्यवाद दिएका थिए । लगत्तै, उनी सिंहदरबारबाट हिँड्दै बाहिरिएका थिए । बाहिर सडकमा सार्वजनिक ट्याक्सी (भाडाको) चढेर उनी सामाखुशीस्थित् आफ्नो निजी निवास गएका हुन् ।
विष्टले आफू मन्त्री पदमा रहँदा ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेको बताएका थिए । उनले आफ्नो कार्यकालमा धेरै राम्रा काम गर्ने प्रयास गरेको र केहि काम सफल भएपनि केहि काम प्रक्रियामै रहेको उल्लेख गरेका थिए। विष्टले समाजिक सञ्जाल मार्फत आफुलाई मन्त्रीपद छोड्नु पर्दा छोड्नु पर्दा कुनै दुःख नलागेको पनि स्पष्ट पारेका थिए ।

आज बिहान फेसबुकमा स्टाटस लेख्दै उनले वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरु, पसिनाको मूल्य नपाएका श्रमिकको पक्षमा इमानदारीपूर्वक काम गरेको प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्री केपी ओलीले गयराति ६ मन्त्री र ३ राज्यमन्त्री फेरबदल गरेका थिए । उनले सुधार अभियानमा साथ दिने सहयोगी, शुभचिन्तक एवं सबै दाजुभाइ दिदीबहिनीहरुलाई धन्यवादसमेत दिएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओलीलाई भारतले सम्मान गर्नुका पछाडि गलत नियत : चित्रबहादुर केसी
प्रधानमन्त्री ओलीलाई भारतले सम्मान गर्नुका पछाडि गलत नियत : चित्रबहादुर केसी
सत्याग्रही गंगामाया अधिकारीको खस्किँदो स्वास्थ्य अवस्थाप्रति चिन्ता
सत्याग्रही गंगामाया अधिकारीको खस्किँदो स्वास्थ्य अवस्थाप्रति चिन्ता
नमोबुद्ध नगरपालिका र इँटा व्यवसायीबीच उद्योग हटाउन सम्झौता
नमोबुद्ध नगरपालिका र इँटा व्यवसायीबीच उद्योग हटाउन सम्झौता
सन्दिपले दिल्लीमा किन लगाउन पाएनन् २५ नम्बरको जर्सी?
सन्दिपले दिल्लीमा किन लगाउन पाएनन् २५ नम्बरको जर्सी?
दोहोरो नागरिकता लिने महिला पक्राउ
दोहोरो नागरिकता लिने महिला पक्राउ
OMG! Television actress Sara Khan goes nude in bathtub, deletes video later
OMG! Television actress Sara Khan goes nude in bathtub, deletes video later
कांग्रेसलाई राहत दिलाए यादवले
कांग्रेसलाई राहत दिलाए यादवले
पत्रकारको आन्दोलनको कुनै तुक नभएको भन्दै मिडिया विधेयकमा केही प्रावधान हटाउने निष्कर्षमा प्रम
पत्रकारको आन्दोलनको कुनै तुक नभएको भन्दै मिडिया विधेयकमा केही प्रावधान हटाउने निष्कर्षमा प्रम
राजनीतिक कक्षा सञ्चालन  गरेर नेमकिपाले गर्ने भयो चुनाव प्रचार
राजनीतिक कक्षा सञ्चालन गरेर नेमकिपाले गर्ने भयो चुनाव प्रचार
हिमालयन एयरलाइन्सको तेस्रो एयरबस भोलि काठमाडौं आइपुग्ने
हिमालयन एयरलाइन्सको तेस्रो एयरबस भोलि काठमाडौं आइपुग्ने

तपाईंले छुटाउनुभयो कि?