राजनीतिक कक्षा सञ्चालन गरेर नेमकिपाले गर्ने भयो चुनाव प्रचार
सारांश
- नेपाल मजदुर किसान पार्टी आगामी निर्वाचनमा राजनीतिक कक्षा सञ्चालन गरेर अरु दलभन्दा फरक ढंगले चुनाव प्रचारमा सक्रिय भएको छ ।
- मंसिर २१ गते हुने प्रतिनिधि एवं प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेस र नेकपा(एमाले)का उम्मेदवारले पदयात्रासहित घरदैलो गरिहँदा नेमकिपाले भने राजनीतिक कक्षामार्फत जनतासँग मत माग्ने गरेको छ ।
- काँग्रेस र एमालेले बिहान ७ बजेदेखि हरेक दिन चुनाव चिह्नसहितको झण्डा बोकेर गलाभरी माला लगाएर घरदैलो गरिरहँदा नेमकिपाले जनतालाई राजनीतिक व्यवस्थाका बारेमा जानकारी दिँदैछ ।
नेपाल मजदुर किसान पार्टी आगामी निर्वाचनमा राजनीतिक कक्षा सञ्चालन गरेर अरु दलभन्दा फरक ढंगले चुनाव प्रचारमा सक्रिय भएको छ ।
मंसिर २१ गते हुने प्रतिनिधि एवं प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेस र नेकपा(एमाले)का उम्मेदवारले पदयात्रासहित घरदैलो गरिहँदा नेमकिपाले भने राजनीतिक कक्षामार्फत जनतासँग मत माग्ने गरेको छ । काँग्रेस र एमालेले बिहान ७ बजेदेखि हरेक दिन चुनाव चिह्नसहितको झण्डा बोकेर गलाभरी माला लगाएर घरदैलो गरिरहँदा नेमकिपाले जनतालाई राजनीतिक व्यवस्थाका बारेमा जानकारी दिँदैछ ।
नेमकिपाबाट निर्वाचन क्षेत्र नं २ प्रदेश (क) सूर्यविनायक प्रदेशमा प्रदेशसभासद् उम्मेदवार सरोजराज गोसाईंले गाउँ टोलमा बिहान र बेलुकी कार्यकर्ता र सर्वसाधारण भेला गरी निर्वाचनमा पार्टीले उठाउँदै आएको विषयमा जानकारी दिने गरेको बताउनुभयो ।
भक्तपुर क्षेत्र नं १ र २ का नेमकिपाका प्रतिनिधि तथा प्रदेशसभा उम्मेदवारले दैनिक आफ्ना निर्वाचन क्षेत्रमा खटिएर समाजवाद र पूँजीवादबीचको फरक, समाजवादले देशमा गर्ने उन्नति र अब गठन हुने प्रतिनिधि तथा प्रदेशसभाबारे जानकारी दिने गरेका छन् । जनतामाझ जाँदा संघीय , प्रदेश र स्थानीय सरकारबारे जनतालाई जानकारी नै नभएको पाइएको बताउँदै यसबारे मतदातालाई शिक्षित बनाइएको गोसाईंले बताउनुभयो ।
निर्वाचन क्षेत्र नं १ (ख) प्रदेशका उम्मेदवार सुरेन्द्रराज गोसाईंले मतदातालाई समाजवादमा निःशुल्क स्वास्थ्य उपचारको बन्दोबस्त हुने, उत्पादनका साधनको सामाजिकीकरण हुनेलगायत बारेमा जानकारी दिने गरेको बताउनुभयो ।
प्रतिक्रिया