सुनकाण्डका नाइके ‘गोरे’ले यी प्रहरीलाई पैसा दिएको डायरी भेटियो

Abhiyanpost Abhiyanpost
|
शनिबार, बैशाख १५, २०७५
|
|
४७ पटक हेरिएको
Shares
सुनकाण्डका नाइके ‘गोरे’ले यी प्रहरीलाई पैसा दिएको डायरी भेटियो

सारांश

  • काठमाडौं : प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका ‘गोरे’ उपनामका चुडामणि उप्रेतीको प्रहरीका उच्च अधिकारीसँग निकट सम्बन्ध रहेको पाइएको छ।
  • गायब पारिएको भनिएको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा छानबिन गर्न बनेको समितिले यो तथ्य फेला पारेको हो।
  • मोरङ उर्लाबारीका गोरेले सुन तस्करीको जालो फैलाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका सुरक्षा अधिकारीसँग राम्रै उठबस गरेर सम्भव बनाएको अनुसन्धान अधिकारीहरू बताउँछन्।

काठमाडौं : प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका ‘गोरे’ उपनामका चुडामणि उप्रेतीको प्रहरीका उच्च अधिकारीसँग निकट सम्बन्ध रहेको पाइएको छ। गायब पारिएको भनिएको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा छानबिन गर्न बनेको समितिले यो तथ्य फेला पारेको हो।

मोरङ उर्लाबारीका गोरेले सुन तस्करीको जालो फैलाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका सुरक्षा अधिकारीसँग राम्रै उठबस गरेर सम्भव बनाएको अनुसन्धान अधिकारीहरू बताउँछन्। गोरेले नेपाल बस्दा र भारतमा बस्दा प्रयोग गर्ने मोबाइल नम्बरको ‘कल ट्रेस’ गरेर अभिलेख हेर्दा छानबिन समितिका अधिकारीहरू चकित परेका छन्।

महानगरीय प्रहरी अपराध महाशाखाको टोली गोरे पक्राउ गर्न धरान पुग्दा पूर्वडीआईजी गोविन्द निरौला र गोरेबीच फोनमा सम्पर्क भएको तथ्य फेला परेको छ। शाक्यको हत्यापछि जिल्ला प्रहरी कार्यालय मकवानपुरका तत्कालीन एसपी विकास खनालसँग समेत गोरेको सम्पर्क देखिएको छ।

अझ रोचक कुरा त गोरेको काठमाडौंस्थित डेराबाट फेला परेको डायरीमा एसएसपी श्याम खत्री, एसपी खनाल र पूर्वडीआइजी निरौलालाई पैसा दिएको हिसाब फेला परेको छ। खनाल र खत्रीलाई डेढ करोड रुपैयाँ बढी दिएको फेहरिस्त गोरेले डायरीमा उतारेको छानबिन समितिले फेला पारेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ३३ किलो सुन विमानस्थलबाहिर पठाउने बेलासमेत डीआईजी निरौला गोरेसँग सम्पर्कमा देखिएको तथ्य छानबिन समितिले फेला पारेको छ। तत्कालीन समयमा एसएसपी खत्रीले समेत गोरेको तस्करी जालोलाई सघाएको तथ्य फेलापारेपछि उनी फरार छन्।

महाशाखा टोलीले इटहरीबाट नियन्त्रणमा लिएका कृष्ण भनिने नरेन्द्र कार्की र मोहन काफ्लेले दिएको बयान झनै रोचक छ। कार्की र काफ्लेले इलाका प्रहरी कार्यालय इटहरीका तत्कालीन डीएसपी सञ्जय राउत र गोरेबीच सम्बन्ध धेरै राम्रो रहेको र बेलाबेलामा भेट हुने गरेको बयान दिएका छन्।

उनीहरूकै बयान र कल डिटेलमा समेत गोरे र राउतबीच कनेक्सन भेटिएपछि छानबिन टोली राउतलाई नियन्त्रणमा लिने निष्कर्षमा पुगेका थिए। प्रहरी अधिकारीलाई पैसा बाँडेर सुन तस्करी गर्दै आएका गोरेले महाशाखा टोलीलाई दुई करोडको अफर गरेका थिए। उक्त अफर गरेको विषयमा तत्कालीन निमित्त प्रहरी महानिरीक्षक बमबहादुर भण्डारीसमेत जानकार थिए। गोरेले कुनै हतकण्डा अपनाएमा गोली हान्नेसम्मको आदेशअनुसार महाशाखा टोली धरान पुगे पनि संगठनकै उच्च अधिकारीको सूचनामा गारे भागेपछि घटनाले अर्को मोड लिएको हो।

गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले महाशाखाका तत्कालीन एसएसपी दिवेश लोहनी, डीएसपी प्रजित केसी, सईद्वय गजेन्द्र रावल र बालकृष्ण सञ्जेलसँग बयान लिइसकेको छ। रावलको कुनै भूमिका नदेखिएपछि बिहीबारै समितिले नियमित काममा खट्न निर्देशन दिइसकेको छ। महाशाखाका अधिकारीले नाटकीय ढंगबाट गोरेसँग गरेको बार्गेनिङका कल रेकर्ड समितिले सुनिसकेको छ।

प्रहरीले गोरेकै सूचनामा समेत सुन बरामद गरेको घटना अझ रोचक छ। तत्कालीन अपराध महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यको कार्यकालमा गारेले महाशाखामै पुगेर सुन तस्करीको सूचना दिएका थिए। उनकै सूचनाका आधारमा महाशाखाले झण्डै दुई किलो सून बरामद गरेको थियो।

समितिका सदस्य एसएसपी वसन्त लामाले प्रमाण पुगेकै आधारमा प्रहरी कर्मचारी नियन्त्रणमा लिएर छानबिन थालिएको बताए। उनले भने, ‘धेरै कुरा खुलेका छन्, हामी सार्वजनिक गर्छौं।’

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वकप फुटबल २०१८: यी हुन गोल्डेन बल का दाबेदार खेलाडी
विश्वकप फुटबल २०१८: यी हुन गोल्डेन बल का दाबेदार खेलाडी
भारतीय कम्पनीले सप्लाई गर्न थाले नेपालमा कोरोना विरुद्ध उपयोगी हुने औषधी
काठमाडौँमा डेरा पनि पाएनन् कृष्णबहादुर महराले
काठमाडौँमा डेरा पनि पाएनन् कृष्णबहादुर महराले
स्थानीय सरकारलाई बाधैबाधा
स्थानीय सरकारलाई बाधैबाधा
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य
प्रधानमन्त्री ओली डिस्चार्ज हुनुपहिले सचिवालय बैठक डाक्न प्रचण्डलाई दबाब
प्रधानमन्त्री ओली डिस्चार्ज हुनुपहिले सचिवालय बैठक डाक्न प्रचण्डलाई दबाब
सामाजिक सञ्जालमा भाइरल बनेको राष्ट्रपति र प्रधानमन्त्रीको टीका
सामाजिक सञ्जालमा भाइरल बनेको राष्ट्रपति र प्रधानमन्त्रीको टीका
निर्मला पन्त हत्या प्रकरण : यसरी गरियो एसपी विष्टसहित ८ जनाविरुद्ध मुद्दा
निर्मला पन्त हत्या प्रकरण : यसरी गरियो एसपी विष्टसहित ८ जनाविरुद्ध मुद्दा
मन्त्री ​महराकै सेटिङमा सुन तस्करी (सुन तस्करी चिरफार न्युज)
मन्त्री ​महराकै सेटिङमा सुन तस्करी (सुन तस्करी चिरफार न्युज)
गगन थापाको कारण कांग्रेसलाई नोक्सान पुगेको देउवाको निष्कर्ष
गगन थापाको कारण कांग्रेसलाई नोक्सान पुगेको देउवाको निष्कर्ष

तपाईंले छुटाउनुभयो कि?