प्रचण्ड अत्तालिएकोमा उपेन्द्र यादवको असन्तुष्टि
सारांश
- काठमाडौं ।
- संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले एमालेसँग सरकार निर्माणका विषयमा छलफल गरिएको भनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अत्तालिएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।
- न्यूज एजेन्सी नेपालसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष यादवले निर्वाचनपछि एमाले अध्यक्ष केपी ओलीसँग एकपटक भेट भएपनि सरकार निर्माणको विषयले भने प्राथमिकता नपाएको स्पष्ट पारेका छन् ।
काठमाडौं । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले एमालेसँग सरकार निर्माणका विषयमा छलफल गरिएको भनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अत्तालिएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।
न्यूज एजेन्सी नेपालसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष यादवले निर्वाचनपछि एमाले अध्यक्ष केपी ओलीसँग एकपटक भेट भएपनि सरकार निर्माणको विषयले भने प्राथमिकता नपाएको स्पष्ट पारेका छन् ।
ओलीसँग मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गरिएको भन्दै उहाँले आफूहरुको माग अनुसार संविधान संशोधन नभई सरकारमा जाने अवस्था नरहेको बताए ।
फोरम अध्यक्ष यादवले तीन ठूला दलकै कारण निर्वाचनपछि पनि मुलुकमा संवैधानिक जटिलता देखिएको पनि बताए ।
फोरम अध्यक्ष उपेन्द्र यादवले शुक्रबार एमाले अध्यक्ष केपी ओलीलाई भेटेका थिए ।
प्रतिक्रिया