उपेन्द्र यादवले प्रधानमन्त्रीसँग सरकार छोड्नेबारे फाइनल कुरा गर्ने

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, मंसिर ६, २०७६
|
|
४७ पटक हेरिएको
Shares
उपेन्द्र यादवले प्रधानमन्त्रीसँग सरकार छोड्नेबारे फाइनल कुरा गर्ने

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुर्नगठन गर्दा उपप्रधानमन्त्री उपेन्द्र यादवलाई स्वास्थ्य मन्त्रालयबाट सरुवा गरेर कानुन मन्त्रालयमा पुर्याएपछि समाजवादी पार्टी्भित्र सरकारबाट हट्नुपर्ने आवाज बढेको छ ।
  • शुक्रबार दिल्लीबाट काठमाडौं आएलगत्तै यादवले प्रधानमन्त्री ओलीलाई भेट्ने प्रयास गर्ने भएका छन् ।
  • समाजवादी पार्टीका तर्फबाट अध्यक्ष यादवले निर्णायक कुरा गर्ने सो दलका नेता रकम चेम्जोङले बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुर्नगठन गर्दा उपप्रधानमन्त्री उपेन्द्र यादवलाई स्वास्थ्य मन्त्रालयबाट सरुवा गरेर कानुन मन्त्रालयमा पुर्याएपछि समाजवादी पार्टी्भित्र सरकारबाट हट्नुपर्ने आवाज बढेको छ । शुक्रबार दिल्लीबाट काठमाडौं आएलगत्तै यादवले प्रधानमन्त्री ओलीलाई भेट्ने प्रयास गर्ने भएका छन् ।

समाजवादी पार्टीका तर्फबाट अध्यक्ष यादवले निर्णायक कुरा गर्ने सो दलका नेता रकम चेम्जोङले बताएका छन् । उनले भने, ‘अध्यक्षज्यू स्वदेश फर्किएपछि प्रधानमन्त्रीज्यूसँग फाइनल कुरा हुन्छ ।’ निर्णायक कुरामा संविधान संशोधनको विषयमा छलफल हुने चेम्जोङले बताए ।

संविधान संशोधनका लागि भनेरै ओलीले यादवलाई कानुन मन्त्रालयको जिम्मेवारी दिएका छन् । तर, यादव रुष्ट भएका छन् । उनले आफूमाथि अपमान भएको भन्दै निर्णय लिने भएका छन् ।

भारतमा रहँदा सत्तारुढ भारतीय जनता पार्टीका विदेश विभाग समेत हेर्ने महासचिव राम माधवलगायत नेतासँग भेटेका यादवले विदेशमा हुँदा आफूसँग सल्लाह नगरी मन्त्रालय हेरफेर गरेकोमा असन्तुष्टि व्यक्त गरेको बुझिएको छ । यसलाई उनले सत्ताबाट हटाउने ओलीको रणनीतिका रुपमा बुझेको उनी निकटस्थ एक नेताले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?