आजदेखि नारायणगढ–मुग्लिन सडक दिउँसो बन्द हुने

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, मंसिर २७, २०७६
|
|
५६ पटक हेरिएको
Shares
आजदेखि नारायणगढ–मुग्लिन सडक दिउँसो बन्द हुने

सारांश

  • चितवन।
  • नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दुई सातासम्म दिउँसो बन्द हुनेभएको छ।
  • पहिरो रोक्ने कामका लागि दुई साताका लागि सवारीसाधन सञ्चालनमा रोक लगाईएको हो।

चितवन। नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दुई सातासम्म दिउँसो बन्द हुनेभएको छ।

पहिरो रोक्ने कामका लागि दुई साताका लागि सवारीसाधन सञ्चालनमा रोक लगाईएको हो। जिल्ला सुरक्षा समितिको बैठकले आजदेखि पुस ११ गतेसम्म दुई साताका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय यसअघि नै गरेको थियो।

सडकको निर्माण कार्य सकिए पनि पहाडको पहिरो रोक्ने काम बाँकी रहेकाले सडक बन्द गरेर काम गर्न लागिएको मुग्लिन नारायणगढ सडक आयोजनाका सूचना अधिकारी शिव खनालले बताए। “पहिरो झर्ने विभिन्न आठ स्थानमा काम गर्नुपर्ने भएकाले हामीले सूचना प्रकाशित गरेर सडक बन्द गरेका छौँ”, उनले भने, “यो अवधिमा धमाधम काम हुन्छ।”

ढुङ्गा झारेर काम गर्नको लागि ठेक्का सम्झौता भइसकेको सूचना अधिकारी खनालले बताए। रु १२ करोडको लागतमा ठेक्का भएको काम ६ महिनाभित्र सक्ने योजना छ। पहाडमा झर्न लागेका पहिरो, खुकुलो माटोलाई झारेर तारजाली हाल्ने योजना रहेको उनले बताए।

नारायणगढ–मुग्लिन सडक आयोजना कार्यालयको मागअनुसार निर्णय गरिएको भन्दै सो अवधिमा आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न जिल्ला प्रशासन कार्यालय चितवनले सबैमा आह्वान गरेको छ। सो अवधिमा नारायणगढबाट मुग्लिनतर्फ जाने यात्रुवाहक सवारीसाधन पन्ध्रकिलो र मालवाहक सवारीसाधन दासढुङगामा रोकिनेछन्।

यस्तै मुग्लिनबाट नारायणगढतर्फ आउने यात्रुवाहक सवारीसाधन मुग्लिन र बेनिटार तथा मालवाहक सवारीसाधन लेवाटार र आबुखैरहनीमा रोकिने छ। सो अवधिमा एम्बुलेन्स, शववाहन लगायतका अत्यावश्यक सवारीसाधन सुरक्षा निकाएको समन्वयमा पास गराइने जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वदेशी उखु उत्पादन बढाउन मन्त्रालयको नयाँ कदम: डेढ अर्ब रुपैयाँभन्दा बढी  अनुदान स्वीकृत
स्वदेशी उखु उत्पादन बढाउन मन्त्रालयको नयाँ कदम: डेढ अर्ब रुपैयाँभन्दा बढी अनुदान स्वीकृत
हिन्दु राष्ट्र र राजसंस्था आफनो पार्टीको प्राण हो:कमल थापा
हिन्दु राष्ट्र र राजसंस्था आफनो पार्टीको प्राण हो:कमल थापा
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
सांसदका श्रीमानले मनपरि गरेपछि ….
सांसदका श्रीमानले मनपरि गरेपछि ….
पोखराको विरौटामा दोहोरी साझँ सहित होटल रिदम एण्ड लज संचालनमा
पोखराको विरौटामा दोहोरी साझँ सहित होटल रिदम एण्ड लज संचालनमा
फाइनलका लागि नेपाल र पाकिस्तान भिड्दै!
फाइनलका लागि नेपाल र पाकिस्तान भिड्दै!
ओलीले शुभकामना दिंदै भने, ‘महाशिवरात्री राष्ट्रिय एकताको पर्व’
अनुदानको रकम नपाएको भन्दै किसानहरु प्रशासनमा धर्ना
अनुदानको रकम नपाएको भन्दै किसानहरु प्रशासनमा धर्ना
सूचना तथा संचार राज्यमन्त्री गोकुल बास्कोटाको नेपाल टेलिभिजनलाई जथाभाबी नगर्न चेतावनी !
सूचना तथा संचार राज्यमन्त्री गोकुल बास्कोटाको नेपाल टेलिभिजनलाई जथाभाबी नगर्न चेतावनी !
चिकित्सकको लापरवाहीका कारण सुत्केरीको मृत्यु
चिकित्सकको लापरवाहीका कारण सुत्केरीको मृत्यु

तपाईंले छुटाउनुभयो कि?