देवेन्द्र पौडेलको काउन्टरः हेक्का होस् प्रवेश होईन, एकीकरण गर्न खोजेका हौँ

Abhiyanpost Abhiyanpost
|
बिहिबार, माघ ११, २०७४
|
२
|
५९ पटक हेरिएको
Shares
देवेन्द्र पौडेलको काउन्टरः हेक्का होस् प्रवेश होईन, एकीकरण गर्न खोजेका हौँ

सारांश

  • काठमाडौंं, ११ माघ ।
  • नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले आफुहरु एमालेमा प्रवेश गर्न नभई दुई पार्टीबीच एकता गर्न खोजेको प्रष्ट पारेका छन् ।
  • एमाले नेताहरुले केपी शर्मा ओली नै प्रधानमन्त्री र एकीकृत पार्टीको अध्यक्ष बन्ने सार्वजनिक अभिव्यक्ति दिइरहेको भन्दै उनले उनले आफूहरु एमालेमा प्रवेश नगर्ने बताएका हुन् ।

काठमाडौंं, ११ माघ । नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले आफुहरु एमालेमा प्रवेश गर्न नभई दुई पार्टीबीच एकता गर्न खोजेको प्रष्ट पारेका छन् ।

एमाले नेताहरुले केपी शर्मा ओली नै प्रधानमन्त्री र एकीकृत पार्टीको अध्यक्ष बन्ने सार्वजनिक अभिव्यक्ति दिइरहेको भन्दै उनले उनले आफूहरु एमालेमा प्रवेश नगर्ने बताएका हुन् ।

दुई पार्टी एकीकरणको प्रयास धेरै अगाडी बढीसक्दा पनि जिम्मेवार नेताहरुले सार्वजनिक रुपमा वैचारिक र संगठनात्मक व्यवस्थाका विषयमा अनावश्यक बोलिरहेको भन्दै उनले शीर्ष नेताहरुको व्यवस्थापन सम्मानजनक हुनुपर्ने बताए ।

नेता पौडेलले दुवै पार्टीका कार्यकर्ताले अपनत्व महसुस गर्नेगरी पार्टी एकता हुनुपर्नेमा जोड दिए । नेतृत्वको व्यवस्थापन पनि त्यसैगरी हुनुपर्नेमा उनको जोड छ ।

‘सरकारको नेतृत्व र शिर्ष नेताहरुको व्यवस्थापन सम्मानजनक हुनुपर्छ’ नेता पौडेलले भने, ‘सबै संगठनात्मक संरचनाहरु, जनवर्गिय संगठनहरु सबैमा सम्मानजनक एकता हुनुपर्छ । दुबै पार्टीको फरक धरातल र अस्तित्व रहेको दुबैले स्विकार गरिसकेको अवस्थामा यसलाई भड्काउने खालका अभिव्यक्ति आउनुहुन्न ।’

हिजो मात्रै नेकपा एमालेका नेता एवं पूर्वमन्त्री शेरधन राईले एमाले–माओवादी केन्द्रबीच एकता भएपछि पनि पार्टी अध्यक्ष र प्रधानमन्त्री केपी शर्मा ओली नै हुने बताएका थिए ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    KN Regmi

    Kuri kuri

    Comment Author

    Durga Aryal

    ताइ न तुइको घमण्ड

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिजमा श्रीलंका २-१ ले विजयी
वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिजमा श्रीलंका २-१ ले विजयी
Saif Ali Khan’s elder son Ibrahim Ali Khan trolled for having beer on Eid!
Saif Ali Khan’s elder son Ibrahim Ali Khan trolled for having beer on Eid!
काठमाडौं महानगरको मेयरका लागि सिर्जना सिंहले अघि सारिन् सात संकल्प
काठमाडौं महानगरको मेयरका लागि सिर्जना सिंहले अघि सारिन् सात संकल्प
राष्ट्रहितका प्रस्ताव आए एमालेले संसद् चल्न दिने
राष्ट्रहितका प्रस्ताव आए एमालेले संसद् चल्न दिने
आर्थिक वृद्धिदर ८ प्रतिशत पुग्ने राष्ट्र बैंकको दावी
आर्थिक वृद्धिदर ८ प्रतिशत पुग्ने राष्ट्र बैंकको दावी
‘लाल पुर्जा’को दोस्रो ट्रेलर रिलिज (भिडियो)
‘लाल पुर्जा’को दोस्रो ट्रेलर रिलिज (भिडियो)
 एमालेको मुख्य लक्ष्य मुलुक र जनताको समृद्धि  : अध्यक्ष ओली
 एमालेको मुख्य लक्ष्य मुलुक र जनताको समृद्धि : अध्यक्ष ओली
बाम गठबन्धनका विशेष दूतका रुपमा चीन गएका  शेर्पाद्वारा ताइका टिके कम्पनीको निरीक्षण
बाम गठबन्धनका विशेष दूतका रुपमा चीन गएका शेर्पाद्वारा ताइका टिके कम्पनीको निरीक्षण
संघीयता खारेज गराउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजमोको ज्ञापनपत्र
संघीयता खारेज गराउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजमोको ज्ञापनपत्र
सरोज खनालको निर्देशनमा महेश्वर पन्तको ‘जिउँदा देवता’ मा गौरी मल्ल
सरोज खनालको निर्देशनमा महेश्वर पन्तको ‘जिउँदा देवता’ मा गौरी मल्ल

तपाईंले छुटाउनुभयो कि?