गुर्जा जोड्ने सडक निर्माण सुरु

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, माघ २७, २०७९
|
|
५३ पटक हेरिएको
Shares
गुर्जा जोड्ने सडक निर्माण सुरु

सारांश

  • म्याग्दी ।
  • म्याग्दीको धवलागिरि गाउँपालिका–१ स्थित गुर्जामा सडक पु¥याइने भएको छ ।
  • अल्पसङ्ख्यक छन्त्याल र दलित समुदायको बसोबास रहेको गुर्जा जिल्लाका छ स्थानीय तहका ४५ मध्ये सडक नपुगेको एक मात्र वडा हो ।

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ स्थित गुर्जामा सडक पु¥याइने भएको छ । अल्पसङ्ख्यक छन्त्याल र दलित समुदायको बसोबास रहेको गुर्जा जिल्लाका छ स्थानीय तहका ४५ मध्ये सडक नपुगेको एक मात्र वडा हो ।

भौगोलिक हिसाबले दुर्गम र विकट क्षेत्रमा पर्ने लुकेको बस्ती ‘हिडन भ्याली’ का रुपमा चिनिइएको छ । धवलागिरि गाउँपालिका र गण्डकी प्रदेश सरकारको बजेटमा वडा नं २ मा पर्ने लमसुङदेखि लुलाङ हुँदै गुर्जा जोड्ने सडक निर्माण थालिएको हो ।

गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले गण्डकी प्रदेश सरकारको रु ८० लाख र पालिकाको रु ४५ लाख बजेटबाट सडक निर्माण सुरु गरिएको जानकारी दिए । “गुर्जालाई सडक सञ्जालले जोड्ने हाम्रो पालिकाको गौरवको आयोजना हो,” उनले भने,“यस वर्ष लमसुङदेखि लुलाङभन्दा माथिसम्म सडक पु¥याउने लक्ष्य छ । सङ्घीय र प्रदेश सरकारसँग समन्वय गरेर यो योजनालाई निरन्तरता दिन्छौँ ।”

मुना–लुलाङ–गुर्जा सडकलाई कर्णाली प्रदेशको डोल्पाको सदरमुकाम दुनै जोड्ने छोटो मार्ग बनाउन प्रदेश र सङ्घीय सरकारलाई प्रस्ताव गरेको उपाध्यक्ष पुनले बताए । गत वर्ष गाउँपालिकाले लुलाङदेखि गुर्जा जोड्ने १० किलोमिटर सडकको विस्तृत परियोजना प्रतिवेदन बनाएको थियो ।

गुर्जाका वडाध्यक्ष झक छन्त्यालले लुलाङ र गुर्जा जोड्ने सुरुङमार्गको सम्भाव्यता अध्ययन गरी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिए पनि महँगो लागत जुटाउन नसकेपछि सडक निर्माण योजनालाई अघि बढाइएको बताए । दुई सय ५० घरधुरीको बसोबास रहेको गुर्जा पुग्न लुलाङदेखि तीन हजार पाँच सय मिटर उचाइको देउराली धुरी काटेर भिर, जङ्गल र खोल्साको बाटोमा पूरै दिन पैदलयात्रा गर्नुपर्छ । बाटोमा कतै पनि बस्ती छैन । सडक सुविधा नहुँदा आवतजावतका लागि पैदलयात्रा, ढुवानीमा घोडा खच्चर र बिरामी हुँदा अस्पताल पुग्न हेलिकप्टर चढ्नुपर्ने बाध्यता छ ।

लमसुङदेखि लुलाङतर्फ एक किलोमिटरभन्दा बढी सडकको मार्ग खनिसकिएको छ । पहिराको जोखिम र अन्य विकल्प नभएकाले लमसुङ बस्तीमाथिको भिरालो पाखोमा करिब आठ सय मिटर सडक मजदुरमार्फत खन्ने काम भइरहेको उपभोक्ता समितिका सचिव ज्ञानबहादुर पाइजाले बताए । “पाखोमा डोजर चलाउँदा स्वास्थ्य चौकी, वडा कार्यालय र विद्यालय भवनसहितको लमसुङ बस्तीमा पहिरो खस्ने देखिएकाले मानिसले नै बाटो खन्ने काम भइरहेको छ,” उनले भने, “बस्तीलाई जोगाउन डिलतर्फ ग्यावियन पर्खाल बनाएर माटोले पुर्ने र बढी भएको माटो ट्र्याक्टरमा हालेर जुगेपानीको खोल्सामा लगेर फाल्ने गरेका छौँ ।” जोखिमयुक्त बाहेकका ठाउँमा भने डोजरले सडक खनिएको छ । दुई सयभन्दा बढी घरधुरीको बसोबास रहेको लुलाङ म्याग्दीको सबैभन्दा ठूलो दलित बस्ती हो । तीन वर्षको प्रयासपछि महतलाको भिरमा सय मिटर मार्ग खोल्ने र स्तरोन्नति गरेपछि खोरिया र लमसुङ सडक यातायातको सञ्जालमा जोडिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश प्रमुख नियुक्त भएकै दिनदेखि भविष्य अन्यौलमा
प्रदेश प्रमुख नियुक्त भएकै दिनदेखि भविष्य अन्यौलमा
हवाई मार्गले जोडिएसँगै पर्यटन व्यवसायी उत्साहित
हवाई मार्गले जोडिएसँगै पर्यटन व्यवसायी उत्साहित
कान्समा यी हिरोइनले लगाएको ड्रेस भयो भाइरल
कान्समा यी हिरोइनले लगाएको ड्रेस भयो भाइरल
अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच बालकोटमा छलफल शुरु, यस्ता छन् एजेण्डा
अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच बालकोटमा छलफल शुरु, यस्ता छन् एजेण्डा
ब्राजिलको रात्रि क्लबमा गोली चल्दा तीन जनाको मृत्यु
ब्राजिलको रात्रि क्लबमा गोली चल्दा तीन जनाको मृत्यु
टंकप्रसाद प्रतिष्ठानको अध्यक्षमा पुनः रिमाल, महासचिवमा डा.आचार्य
टंकप्रसाद प्रतिष्ठानको अध्यक्षमा पुनः रिमाल, महासचिवमा डा.आचार्य
सिन्धुपाल्चोकमा जीप दुर्घटना ५ को मृत्यु, ८ जना घाइते
सिन्धुपाल्चोकमा जीप दुर्घटना ५ को मृत्यु, ८ जना घाइते
काठमाडौँ उपत्यकामा निषेधाज्ञा उलंघन गर्ने हजारभन्दा बढि सवारी कारवाहीमा
ऐतिहासिक सहमति: ईश्वर पोखरेल
ऐतिहासिक सहमति: ईश्वर पोखरेल
गुल्मीमा एमालेको गढ भत्कियो, गठबन्धनमा माओवादी केन्द्रको एक स्थानीय तह थपियो
गुल्मीमा एमालेको गढ भत्कियो, गठबन्धनमा माओवादी केन्द्रको एक स्थानीय तह थपियो

तपाईंले छुटाउनुभयो कि?