‘पर्सनालिटी अफ दि इयर’- कुलमान घिसिङ !

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आश्विन २, २०७५
|
|
६० पटक हेरिएको
Shares
‘पर्सनालिटी अफ दि इयर’- कुलमान घिसिङ !

सारांश

  • काठमाडौँ, २ असाेज ।
  • नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘पर्सनालिटी अफ दी इयर’ अवार्डबाट सम्मान गरिने भएको छ ।
  •   नेपालको ऊर्जा क्षेत्रमा विशिष्ट योगदान पुर्याइ उज्यालो नेपाल निर्माणमा महत्वपूर्ण काम गरेको भन्दै कार्यकारी निर्देशक घिसिङलाई इमेज च्यानलले सो सम्मान प्रदान गर्न लागेको हो ।

काठमाडौँ, २ असाेज । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘पर्सनालिटी अफ दी इयर’ अवार्डबाट सम्मान गरिने भएको छ ।  नेपालको ऊर्जा क्षेत्रमा विशिष्ट योगदान पुर्याइ उज्यालो नेपाल निर्माणमा महत्वपूर्ण काम गरेको भन्दै कार्यकारी निर्देशक घिसिङलाई इमेज च्यानलले सो सम्मान प्रदान गर्न लागेको हो । यसअघि सरकारले गणतन्त्र दिवस–२०७४ को अवसरमा घिसिङलाई सुप्रबल जनसेवाश्री पदक प्रदान गरेको थियो । दुई वर्षअघि कार्यकारी निर्देशकमा नियुक्त भएका घिसिङले कुशल व्यवस्थापनमार्फत मुलुकले भोगेको विद्युत् कटौती समस्या समाधानमा योगदान पुर्याएका थिए ।

घिसिङको नेतृत्वमा आर्थिक वर्ष २०७२/७३ मा रु आठ अर्ब ८९ करोड खुद नोक्सानीमा रहेको प्राधिकरण आव २०७३/७४ मा रु एक अर्ब ५१ करोड खुद नाफा कमाउन सफल भएको थियो ।  आव ०७४/७५ मा प्राधिकरणको नाफा रु एक अर्ब एक करोड आर्जन हुने प्रक्षेपण गरिएको छ । सञ्चालन नाफा रु सात अर्ब ८६ करोड रहेको छ । घिसिङकै नेतृत्वमा गत आवमा विद्युत् चुहावट २०.४५ प्रतिशतमा सीमित भएको छ । जुन प्राधिकरणको इतिहासमा सबैभन्दा कम चुहावट हो । जसमध्ये प्रसारण र वितरण प्रणालीमा भएको चुहावट क्रमशः करीब ५.५ प्रतिशत र करीब १४.५ प्रतिशत रहेको छ । चालू आवमा विद्युत् चुहावटलाई १८.५ प्रतिशतमा झार्ने लक्ष्य तय गरिएको छ ।

यसैगरी गीत सङ्गीत क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका वरिष्ठ सङ्गीतकार प्रकाश गुरुङलाई ‘इमेज लाइफटाइम अचिभमेन्ट अवार्ड’बाट सम्मान गरिनेछ । च्यानलले यस पटक २०७४ साल असार १ गतेदेखि २०७५ साल जेठ मसान्तसम्म सार्वजनिक भई दर्ता भएका नेपाली गीत र म्यूजिक भिडियोलाई पनि मनोनयनमा समावेश गरेको छ । विभिन्न १७ विधाका मनोनयनमा परेका पाँचमध्येबाट उत्कृष्ट चयनको लागि प्राविधिक मत सङ्गीत क्षेत्रका जानकारबाट नै लिइने छ । गत वर्षहरुमा जस्तै यस वर्ष पनि गीत, सङ्गीत, रचनालगायतका विभिन्न १८ विधाका उत्कृष्ट ५–५ मनोनयन सोमबार सार्वजनिक गरिएको हो ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भीम रावल र विष्णु रिमालबीचको विवाद छताछुल्ल
भीम रावल र विष्णु रिमालबीचको विवाद छताछुल्ल
यस्तो भने नेपालको बारेमा पूर्वभारतीय राजदूतहरूले
यस्तो भने नेपालको बारेमा पूर्वभारतीय राजदूतहरूले
उपसभामुखद्वारा पार्टी सदस्यताबाट राजीनामा
उपसभामुखद्वारा पार्टी सदस्यताबाट राजीनामा
राष्ट्रियसभामा कांग्रेसको पनि उपस्थिति हुनुपर्छ : प्रचण्ड
राष्ट्रियसभामा कांग्रेसको पनि उपस्थिति हुनुपर्छ : प्रचण्ड
डाक्टरको प्रश्न– यो चुनावले भीमसेन थापाजस्तो प्रधानमन्त्री जन्माउने कि शेरबहादुरजस्तो ?
डाक्टरको प्रश्न– यो चुनावले भीमसेन थापाजस्तो प्रधानमन्त्री जन्माउने कि शेरबहादुरजस्तो ?
स्वास्थ्य क्षेत्रमा धेरै सुधारको काम गरेका छौँ : स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य क्षेत्रमा धेरै सुधारको काम गरेका छौँ : स्वास्थ्यमन्त्री बस्नेत
यस्तो छ राजेशपायलको ‘मनको सारंगी’ (भिडियो)
यस्तो छ राजेशपायलको ‘मनको सारंगी’ (भिडियो)
पाँच दिनमा पनि मतपरिणाम आउन मुस्किल ! किन सुस्तायो वीरगञ्ज महानगरको गणना ?
आधुनिक ऊर्जाको पहुँच विस्तार गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण
आधुनिक ऊर्जाको पहुँच विस्तार गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण
एनआईसी एशिया बैंकको एटिएम बुथ तोडफोड गर्ने पक्राउ
एनआईसी एशिया बैंकको एटिएम बुथ तोडफोड गर्ने पक्राउ

तपाईंले छुटाउनुभयो कि?