आधुनिक ऊर्जाको पहुँच विस्तार गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, बैशाख ८, २०८०
|
|
५२ पटक हेरिएको
Shares
आधुनिक ऊर्जाको पहुँच विस्तार गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण

सारांश

  • काठमाडौँ ।
  • ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकमा राष्ट्रिय प्रसारण लाइन पुग्न नसक्ने गाउँमा नवीकरणीय ऊर्जा प्रविधिको माध्यमबाट जनतामा आधुनिक ऊर्जाको पहुँच विस्तार गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
  • नेपाल नवीकरणीय ऊर्जा परिसङ्घका अध्यक्ष गुणराज ढकालसहितको टोलीसँगको भेटमा मन्त्री बस्नेतले नवीकरणीय ऊर्जा प्रविधिको उपयुक्त प्रवद्र्धन र विकासका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको उल्लेख गरे ।

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकमा राष्ट्रिय प्रसारण लाइन पुग्न नसक्ने गाउँमा नवीकरणीय ऊर्जा प्रविधिको माध्यमबाट जनतामा आधुनिक ऊर्जाको पहुँच विस्तार गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

नेपाल नवीकरणीय ऊर्जा परिसङ्घका अध्यक्ष गुणराज ढकालसहितको टोलीसँगको भेटमा मन्त्री बस्नेतले नवीकरणीय ऊर्जा प्रविधिको उपयुक्त प्रवद्र्धन र विकासका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको उल्लेख गरे ।

परिसङ्घ र भारतको सौर्य ऊर्जा विकास संस्था एकापसमा अनुभव, प्राविधिक क्षमता र पुँजी व्यवस्थान गरी दुवै पक्षलाई लाभ हुने गरी समझदारी हुन लागेकोमा मन्त्री बस्नेतले खुसी व्यक्त गरे ।

सो अवसरमा ग्रामीण जनजीवनलाई आर्थिक तथा सामाजिकरुपमा उत्थान गर्न देशमा नै उपलब्ध सीप तथा पुँजी परिचालन गर्दै नवीकरणीय ऊर्जा प्रविधिको विकास तथा उपयोग गर्नुपर्ने, सङ्घीय सरकारले निर्धारण गर्ने कार्यक्रम निजी क्षेत्र मैत्री र उपभोक्तालाई अत्यधिक लाभ हुने गरी आउनुपर्ने तथा मिश्रित ऊर्जाको अवधारणा तथा साना तथा घरेलु उद्योग, कृषिका लागि पनि नवीकरणीय ऊर्जा प्रविधिलाई प्राथमिकता दिन परिसङ्घको तर्फबाट सुझाव प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ मंगलबार, विदेशी मुद्रा विनिमयदर
यस्तो छ मंगलबार, विदेशी मुद्रा विनिमयदर
आईपीएल: शेन वाट्सनको शतकमा चेन्नर्इको शीर्ष यात्रा
आईपीएल: शेन वाट्सनको शतकमा चेन्नर्इको शीर्ष यात्रा
भरतपुरमा नोक्सान भएको मत सङ्ख्या  ९०
भरतपुरमा नोक्सान भएको मत सङ्ख्या ९०
मनाेरञ्जन समाचार : अप्रिल १९ मा हुने भनिएको अर्जुन कपूर र मलाइका अरोराको विवाह रोकियो
मनाेरञ्जन समाचार : अप्रिल १९ मा हुने भनिएको अर्जुन कपूर र मलाइका अरोराको विवाह रोकियो
सत्ता पाउँदा मत्ताउने र नपाउँदा छट्पटाउने ?
सत्ता पाउँदा मत्ताउने र नपाउँदा छट्पटाउने ?
राज्यको थाप्लोमा पेन्सनको भार, अब पेन्सन खुवाउनै कठिन,,,,,,,
राज्यको थाप्लोमा पेन्सनको भार, अब पेन्सन खुवाउनै कठिन,,,,,,,
संविधान संशोधनको माग बोकेर राजपाका नेताहरु बालुवाटार
संविधान संशोधनको माग बोकेर राजपाका नेताहरु बालुवाटार
२५ वर्षपछि मनिषा र ज्याकी एकसाथ चलचित्र “प्रस्थानम” मा देखिने भएका छन्
२५ वर्षपछि मनिषा र ज्याकी एकसाथ चलचित्र “प्रस्थानम” मा देखिने भएका छन्
मन्त्रीहरु फेरबदल हुन सक्ने प्रचण्डको संकेत !
मन्त्रीहरु फेरबदल हुन सक्ने प्रचण्डको संकेत !
रहस्यमय ढंगले विमानस्थलमा प्रवेश गर्छ यो हवाई जहाज, विश्वास गर्नै गाह्रो (भिडियो सहित )
रहस्यमय ढंगले विमानस्थलमा प्रवेश गर्छ यो हवाई जहाज, विश्वास गर्नै गाह्रो (भिडियो सहित )

तपाईंले छुटाउनुभयो कि?