बोको हरामका कारण २२ हजार नाइजेरियाली बेपत्ता

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, भाद्र २७, २०७६
|
|
५२ पटक हेरिएको
Shares
बोको हरामका कारण २२ हजार नाइजेरियाली बेपत्ता

सारांश

  • अबुजा।
  • नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा एक दशकअघि आतंकवादी संगठन बोको हरामले आक्रमण शुरु गरेयता हालसम्म करिब २२ हजार नाइजेरियाली नागरिक बेपत्ता भएका छन्।
  • अन्तर्राष्ट्रिय रेडक्रस (आइसीआरसी)ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा आइसीआरसीको रेकर्डमा यति ठूलो संख्यामा बेपत्ता नागरिकको सूची सार्वजनिक भएको यो पहिलो रहेको जनाइएको छ।

अबुजा।नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा एक दशकअघि आतंकवादी संगठन बोको हरामले आक्रमण शुरु गरेयता हालसम्म करिब २२ हजार नाइजेरियाली नागरिक बेपत्ता भएका छन्।अन्तर्राष्ट्रिय रेडक्रस (आइसीआरसी)ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा आइसीआरसीको रेकर्डमा यति ठूलो संख्यामा बेपत्ता नागरिकको सूची सार्वजनिक भएको यो पहिलो रहेको जनाइएको छ।
आइसीआरसीका अध्यक्ष पिटर माउरर हाल पाँच दिवसीय भ्रमणका सिलसिलामा नाइजेरियामा छन्।

बेपत्ता भएकाहरुमा झण्डै ६० प्रतिशत बालबालिका रहेका छन्। माउररले हजारौं अभिभावक आफ्ना बेपत्ता बालबालिका अझै पनि घर फर्किने प्रतिक्षामा रहेको बताए।उनले भने, “हरेक अभिभावकको सपना आफ्ना बालबच्चा भेटिऊन् नै भन्ने हो। यो हजारौं नाइजेरियाली बाबुआमाको दुःखद यथार्थ हो, र उनीहरु निरन्तर आफ्ना बालबच्चाको खोजीमा देखिन्छन्।”

उनले आफ्ना प्रीय आफन्तका बारेमा थाहा पाउनु जनताको थाहा पाउने अधिकार हो भन्दै पारिवारिक बिछोड हुन नदिन सबै पक्षले विशेष ध्यान दिनुपर्दछ भने।माउररले नाइजेरियाका राष्ट्रपति मुहम्मदु बुहारी, वरिष्ट सरकारी अधिकारीहरु, नागरिक समाज र व्यवसायिक नेताहरुसँग पनि भेटघाट गरेका थिए।उनले माइदुरी र मोन्गुनोमा द्वन्द्वका कारण बेपत्ता भएका परिवारका सदस्यहरुसँग पनि कुराकानी गरेका थियो। यी दुवै स्थान बोको हरामको बलियो प्रभाव रहेको बोर्नो राज्यमा पर्दछ।

आइसीआरसीले नाइजेरिया रेडक्रससँग मिलेर बेपत्ता व्यक्तिको खोजीका लागि फोटो र घरदैलो कार्यक्रम गरिरहेको छ। सन् २०१३ देखि हालसम्म आइसीआरसीले ३६७ जनाको समस्या सुल्झाएको छ।नाइजेरियाको उत्तरपश्चिमी ठूलो क्षेत्रमा सशस्त्र हिंसाको अवस्था छ, र त्यहाँ कुनैपनि मानवीय संस्थालाई काम गर्न सहज छैन । सरकारी फौज र विद्रोहीबीच भइरहने झडपका कारण यहाँबाट धेरै मानिस अन्यत्र पलायन वा विस्थापित भएका छन्।

आइसीआरसीका अनुसार यहाँ स्वास्थ्यकर्मीमाथि पनि आक्रमण हुने गरेको छ। एक वर्षपहिले पनि दुई जना मानवीय सहायताकर्मीलाई विद्रोही बोको हरामले हत्या गरेका थिए।सन् २००९ देखि नाइजेरियामा बोको हरामले सशस्त्र हिंसात्मक आन्दोलन जारी राखेको छ जसका कारण २७ हजारको मृत्यु भइसकेको छ भने करिब २० लाख मानिस विस्थापित भएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बार्सिलोनाको ला लिगामा लगातार छैटौं जित
बार्सिलोनाको ला लिगामा लगातार छैटौं जित
नेपाल टेलिकमले देशका हरेक वडामा वाईफाई उपलब्ध गराउने
नेपाल टेलिकमले देशका हरेक वडामा वाईफाई उपलब्ध गराउने
भाटभटेनीको सामान बोकेको कन्टेनर त्रिशूलीमा खस्यो
भाटभटेनीको सामान बोकेको कन्टेनर त्रिशूलीमा खस्यो
आज श्रीपञ्चमी : विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै
आज श्रीपञ्चमी : विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै
श्रीमानले अर्को विवाह गर्न नमान्दा श्रीमतिले गरीन अात्महत्या
श्रीमानले अर्को विवाह गर्न नमान्दा श्रीमतिले गरीन अात्महत्या
२३ बुँदे घोषणापत्र जारी गर्दै उद्योग वाणिज्य संघहरुको राष्ट्रिय भेला सम्पन्न, स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्नु पर्नेमा जोड
२३ बुँदे घोषणापत्र जारी गर्दै उद्योग वाणिज्य संघहरुको राष्ट्रिय भेला सम्पन्न, स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्नु पर्नेमा जोड
प्रचण्ड र माधव नेपालले गरे कानून व्यवसायीहरुसँग परामर्श, प्रचण्ड बालुवाटारमा
प्रचण्ड र माधव नेपालले गरे कानून व्यवसायीहरुसँग परामर्श, प्रचण्ड बालुवाटारमा
दुवईमा बलात्कार पछि मृत्यु भएकी अष्टमीका परिवारलाई सहयोग
दुवईमा बलात्कार पछि मृत्यु भएकी अष्टमीका परिवारलाई सहयोग
आयल  निगम नाफामा भएपनि पेट्रोलियम पदार्थको मूल्य यथावत
आयल निगम नाफामा भएपनि पेट्रोलियम पदार्थको मूल्य यथावत
विदेशमन्त्रीस्तरीय बिमस्टेक बैठक सुरु
विदेशमन्त्रीस्तरीय बिमस्टेक बैठक सुरु

तपाईंले छुटाउनुभयो कि?