डाक्टरको प्रश्न– यो चुनावले भीमसेन थापाजस्तो प्रधानमन्त्री जन्माउने कि शेरबहादुरजस्तो ?

Abhiyanpost Abhiyanpost
|
सोमबार, मंसिर १८, २०७४
|
१३
|
४७ पटक हेरिएको
Shares
डाक्टरको प्रश्न– यो चुनावले भीमसेन थापाजस्तो प्रधानमन्त्री जन्माउने कि शेरबहादुरजस्तो ?

सारांश

  • वरिष्ठ चिकित्सक तथा हृदयरोग विशेषज्ञ अरुण सायमीले आसन्न चुनावले भीमसेन थापाजस्ता देशभक्त प्रधानमन्त्री जन्माउने कि शेरबहादुर जस्ता देशविरोधी प्रधानमन्त्री जन्माउने विषयमा निर्णय लिने वताउनु भएको छ ।
  • एमाले महासचिव ईश्वर पोखरेलको वसुन्धरास्थित चुनावी अभियानमा सहभागिता जनाउनु भएका सायमीले शेरबहादुर देउवाले भनेजस्तो यो चुनाव प्रजातन्त्र र अधिनायकवाद बीच नभएको वताउनुभयो ।
  • ‘प्रधानमन्त्री शेरबहादुरजी भन्दै हुनुहुन्छ, यो चुनाव प्रजातन्त्र र अधिनायकवाद मध्ये कुन चुन्ने भन्ने हो ।

वरिष्ठ चिकित्सक तथा हृदयरोग विशेषज्ञ अरुण सायमीले आसन्न चुनावले भीमसेन थापाजस्ता देशभक्त प्रधानमन्त्री जन्माउने कि शेरबहादुर जस्ता देशविरोधी प्रधानमन्त्री जन्माउने विषयमा निर्णय लिने वताउनु भएको छ । एमाले महासचिव ईश्वर पोखरेलको वसुन्धरास्थित चुनावी अभियानमा सहभागिता जनाउनु भएका सायमीले शेरबहादुर देउवाले भनेजस्तो यो चुनाव प्रजातन्त्र र अधिनायकवाद बीच नभएको वताउनुभयो ।

‘प्रधानमन्त्री शेरबहादुरजी भन्दै हुनुहुन्छ, यो चुनाव प्रजातन्त्र र अधिनायकवाद मध्ये कुन चुन्ने भन्ने हो । तर, यो झुठ कुरा हो’ सायमीले भन्नुभयो, ‘यो चुनाव भीमसेन थापाजस्ता प्रधानमन्त्री बनाउने कि शेरबहादुर जस्ता लेण्डुपदोर्जेलाई प्रधानमन्त्री बनाउने भन्ने चुनाव हो । देशभक्त र जनप्रिय प्रधानमन्त्री मनमोहन अधिकारी र केपी ओलीको सरकारलाई ढाल्ने शेरबहादुर देउवाजस्तालाई यो चुनावले फेरि प्रधानमन्त्री बन्न नसक्ने बनाउनुपर्छ ।’

उहाँले नेपालका लोकप्रिय प्रधानमन्त्रीहरु विरुद्ध अविश्वास प्रस्ताव राख्ने र प्रजातन्त्र दरवारमा बुझाउने पात्र देउवा मात्रै पर्नु संयोग मात्र नभएको वताउनुभयो । ‘शेरबहादुर नै हो मनमोहन अधिकारीको जनप्रिय सरकारलाई ढाल्ने, शेरबहादुृर नै हो केपी ओलीको लोकप्रिय सरकार ढालेर भारत पुगेर मैले बहुमत पाएँ भने संविधान संशोधन गर्छु हजुर भन्ने’ सायमीले भन्नुभयो, ‘यस्ता पात्रलाई सधैंका लागि किनारा लगाउन यो चुनावले जनतालाई अवसर दिएको छ ।’

प्रतिक्रिया

13 कमेन्ट

    Comment Author

    Shyam Fayal

    Khadge udantari kasari Bhimsen Thapa jasto hunchha? Bhimsen Thapako byajjat nagarau.

    Comment Author

    Indra Bhandari

    यो कउनो केपिको दलाल हो मनमोहन हस्पिटलको दलालता होइन

    Comment Author

    Indra Bk

    Yes ,very nice Sher bahadur deuba lai haraunu jaruri x kina ki desh bikash nachahane ra sthirsarkar hunanadene ,varatiya Dalal ko pattasaap garau jantako valai ra desh bikas baam ghathabandan le matra garx

    Comment Author

    Rabi Prakash Malla

    Sher bahadur deuwa bhaneko sher nai hun.bhimsen thapa jasto pani unai hun. Kinki uni pani xetri hun.kidni bigreko manxe kasari bhimsen thapa jasto hunxa?

    Comment Author

    Rajendra Bhattachan

    भीम सेन जस्ता राष्ट्रसेबकको बदनाम कीन बदनाम गर्न खोज्नु भयेको महाशये। के ओली, प्रचण्ड जस्ता उटपट्यांहरुलाइ भीमसेन थापा संग तुलना गर्न मील्छ ? कहाँ राजा भोज, कहाँ गङ्गु तेलीया। बरु येसो भने कसोहोला, जङ्ग बाहादुर रोज्ने कि देउवा।

    Comment Author

    Kulbahadur Bohra

    शेरे सगं तुलना ग्ररनु प्ररने हलका मिस्टिगं

    Comment Author

    Manoj Lamichhane

    भीमसेन थापा को ईज्जत गरौ! तुलना गर्न लायक छन र?

    Comment Author

    Chuda Mani Acharya

    उखानमा पहिलो प्रधानमन्त्री होलान् अरू पनि तर नेपालको पहिलो प्रधानमन्त्री भीमसेन थापा जस्तो राष्ट्रवादी प्रधानमन्त्री यहाँ कोही पनि हुन सक्दैनन् ,जसले अँग्रेजहरूलाई नेपालबाट मात्र होइन , एशियाबाट नै लखेट्न चाहन्थे ।

    Comment Author

    Bharat Sharma

    होईन कम्युनिष्ट तानाशाही

    Comment Author

    Deepak Shakya

    Prachanda jasto chai hoina.

    Comment Author

    Milan Thapa

    Sher B. Deuba jasto. ..

    Comment Author

    Bhimsen Timalsina

    Khoi mathi coment garnejati sereko jutho khayaka jasta chan kuro bujejasto lagena malai ta.katti aattyeka hun k. P sanga?mero bicharma nispachya vanda aba bhimsen jasto nai p.m. hunuparcha.

    Comment Author

    Amar Ghotane

    उखानेको झोले मिडिया केभन्छ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 13
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?